सुदूरपश्चिम खबर
sudurpashimkhabar.com
Bedkot Samudayik Ban

बैतडीको सुर्नया गाउँपालिकामा नवनिर्वाचित प्रतिनिधिहरुलाई प्रमाण–पत्र प्रदान

192
Sana Kishan

बैतडीको सुर्नया गाउँपालिकाका नवनिर्वाचित जनप्रतिनिधिहरुलाई निर्वाचित भएको प्रमाणपत्र प्रदान गरिएको छ । गाउँपालिकामा आज एक कार्यक्रमको आयोजना गरी नवनिर्वाचित जनप्रतिनिधिहरुलाई प्रमाण–पत्र प्रदान गरिएको निर्वाचन अधिकृत सिद्धराज जोशीले बताए ।

गाउँपालिकाका अध्यक्ष, उपाध्यक्ष, वडा अध्यक्ष, सदस्यहरुलाई प्रमाण पत्र प्रदान गरिएको जोशीले बताए । सुर्नया गाउँपालिकामा अध्यक्ष, उपाध्यक्ष, वडा अध्यक्ष र सदस्य गरेर स्थानीय तहको निर्वाचनबाट ४२ जना जनप्रतिनिधि चुनिएका छन् ।

Arus
Karnali Traders

गाउँपालिकाको अध्यक्षमा एमालेका अम्मरबहादुर कुँवर र उपाध्यक्षमा नेपाली कांग्रेसकी मञ्जु बोहरा विजयी भएका छन् । यस्तै आठ वडा रहेको सुर्नयामा ४ वडा नेपाली कांग्रेस, २ वडामा एमाले, एक वडामा माओवादी र एक वडामा राप्रपा विजयी भएको छ ।

 

Nepali Khaja

(सगुन खबर बाट सभार)

kfg mit mart
सम्वन्धित समाचार
Ganesh Samudayik Ban
जवाफ छाड्नुस्

Your email address will not be published.