सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

बझाङ जयपृथ्वी नगरपालिकाको मेयरमा कांग्रेस र उपमेयरमा माओवादी केन्द्र विजयी

बझाङको सदरमुकाम समेत रहेको जयपृथ्वी नगरपालिकाको मेयर र उपमेयरमा गठबन्धनका उम्मेदवार विजयी भएका छन् । गठबन्धनका तर्फबाट मेयर पदमा नेपाली कांग्रेसका चेतराज बजाल र उपमेयरमा नेकपा (माओवादी केन्द्र)का रतनबहादुर सिंह निर्वाचित भएका छन् ।

मेयरमा निर्वाचित बजालले ४ हजार ९ सय ७० मत प्राप्त गरेका छन् । उनका निकटतम प्रतिस्पर्धी नेकपा (एमाले)का उम्मेदवार सुरतबहादुर सिंहले ३ हजार ४ सय ९९ मत पाएका थिए ।

Sana Kishan

यस्तै, उपमेयर पदमा निर्वाचित नेकपा (माओवादी केन्द्र)का सिंहले ४ हजार ६ सय २७ मत प्राप्त गरेका छन् । उनका निकटतम प्रतिद्वन्द्वी एमालेकी उम्मेदवार जमुना चन्दले ३ हजार ३ सय ९१ मत पाइन् ।

World Link Ads
Mahakali Polytechnic

जयपृथ्वी नगरपालिकाका ११ वडामध्ये तीन वडामा एमालेका अध्यक्ष निर्वाचित भएका छन् भने कांग्रेस, माओवादी केन्द्र, एकीकृत समाजवादीले दुई–दुई वडाका अध्यक्ष जितेका छन् । यो नगरपालिकाका २ वडाध्यक्षमा भने स्वतन्त्र उम्मेदवार विजयी भएका छन् । सगुन खबर बाट सभार

 

Purnagiri Ads
Indreni
सम्वन्धित समाचार
New digital House
जवाफ छाड्नुस्

Your email address will not be published.