सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

दार्चुलाको महाकालीको मेयरमा एमालेका चैसिर र उपमेयरमा विष्ट निर्वाचित

242
Sana Kishan

काठमाडौँ – दार्चुलाको महाकाली नगरपालिकामा नेकपा एमालेले लोकप्रिय मतका साथ जित हासिल गरेको छ ।

नगर प्रमुखमा एमालेका नरसिंह चैसिरले ५ हजार १३ मत पाए भने उनका निकटम प्रतिद्वन्दी नेपाली काँग्रेसका हंसराज भट्टले ३ हजार ८ सय ८७ मत पाए । भट्ट २०७४को स्थानीय तहको निर्वाचनमा चैसिरलाई पछाडी पार्दै विजयी भएका थिए ।

Arus

तर अहिले नतिजा ठिक उल्टो भएको छ । भट्टलाई नगरपालिकामा कार्यसम्पादन राम्रो गर्न नसकेको भनेर पटक–पटक आरोप लाग्दै आएको थियो ।

Karnali Traders

यस्तै उपप्रमुखमा एमालेकी दुर्गा विष्टले जीत हासिल गरेकी छिन् । उनले ४ हजार ६ सय २६ मत पाए भने उनका निकटम प्रतिद्वन्दी नेपाली काँग्रेसकी सुना बोहराले ४ हजार १ सय ८२ मत पाए ।

यस्तै नेकपा एमाले बहुमत वडा सदस्य सहित नगर कार्यपालिकामा आएको छ । उपहार खबर

 

kfg mit mart
Indreni
सम्वन्धित समाचार
Ganesh Samudayik Ban
जवाफ छाड्नुस्

Your email address will not be published.