सुदूरपश्चिम खबर
sudurpashimkhabar.com
Bedkot Samudayik Ban

बैतडीमा निर्वाचन अवधिभर  मदिरा विक्रिवितरणमा पूर्ण रुपमा रोक लगाइने

130
Sana Kishan

बैतडी – आसन्न स्थानीय तहको निर्वाचनलाई शान्तपूर्ण रुपमा सम्पन्न गर्नका लागि बैतडीमा निर्वाचन अवधिभर मदिरा विक्रि वितरणमा पूर्ण रुपमा रोक लगाइने भएको छ । शुक्रबार जिल्ला प्रशासन कार्यालयमा बसेको सर्वपक्षीय बैठकले वैशाख २६ गतेदेखि मतपरिणाम नआउँदा सम्म मदिरा विक्रि वितरणमा रोक लगाउने निर्णय भएको हो ।

Karnali Traders

निर्वाचनलाई शान्तिपूर्ण र भयरहित वातावरणमा सम्पन्न गर्नका लागि वैशाख २६ गतेदेखि मदिरा विक्रि वितरणमा र सेवनमा रोक लगाउने निर्णय भएको जिल्ला प्रशासन कार्यालयका सूचना अधिकारी खगेन्द्र भारतीले बताए । उनले भने ‘मदिराका कारण विभिन्न खालका घटनाहरु हुन सक्ने भएकाले मदिराको कारोबार र सेवनमा रोक लगाइएको हो । कसैले निर्णय विपरीत काम गरेको पाइएमा कानुन अनुसार कारबाही हुन्छ ।’

Arus

मदिराकै कारण धेरै ठाउँमा झै–झगडा, अशान्ति भएको पाइएकाले मदिराको कारोबारमा पूर्ण रुपमा रोक लगाउने निर्णय भएको हो । व्यवसायीका प्रतिनिधि समेत सहभागी बैठकले निर्वाचनलाई शान्तपूर्ण र भयरहित वातावरणमा सम्पन्न गर्नका लागि यस्तो निर्णय गरिएको सूचना अधिकारी भारतीले बताए । सगुन खबर बाट सभार

 

kfg mit mart
Indreni
सम्वन्धित समाचार
Ganesh Samudayik Ban
जवाफ छाड्नुस्

Your email address will not be published.

  +  61  =  71