Sudurpashim Khabar
No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
No Result
View All Result
Sudurpashim Khabar
No Result
View All Result

यी ७ कमजोरी, जसले मान्छेको स्टामिनामा कमी ल्याउँछ !!

सुदूरपश्चिमखबर संंवाददाता by सुदूरपश्चिमखबर संंवाददाता
बैशाख २२, २०७९
0
SHARES
3
VIEWS
Share on FacebookShare on Twitter

हामीले कतिपय मान्छे देख्छौं जो सामान्य शारीरिक अभ्यास गर्दैमा पूरा थकित महसुस गर्छन् । बढी थकाइका कारण मान्छे छिटोछिटो सास फेर्न थाल्छ । यसको अर्थ यो हो उनीहरुमा स्टामिनाको कमी छ । अब प्रश्न उठ्छ कि स्टामिना भनेको के हो ? जो मान्छे लामो समयसम्म शारीरिक रुपमा सक्रिय रहन सक्छ त्यसैलाई स्टामिना भनिन्छ ।

सामान्य भाषामा भन्नुपर्दा कुनै पनि काम गर्दा मान्छेले नथाकेरै लामो समयसम्म सक्रिय रहन सक्नु नै स्टामिना हो । तर मान्छेले दैनिक क्रियाकलापमा यस्ता सामान्य गल्ती गर्दा पनि शरीरमा हुने स्टामिना दिन प्रतिदिन घट्दै जान्छ ।

१. कम पानी पिउने

कम पानी पिउने बानीले मान्छेको स्टामिनामा कमी ल्याउँछ । पानीको कमीले शरीरमा डिहाइड्रेसन हुन्छ । यस्तो अवस्थामा यसले मान्छेको स्टामिनामा असर गर्छ । पानी शरीरको लागि आवश्यक मात्र होइन, यसले शरीरलाई ऊर्जावान पनि बनाउँछ । त्यसैले मान्छेले दिउँसोको समयमा प्रशस्त पानी पिउनुपर्छ ।

२. मदिरा सेवन

अत्याधिक मदिरा सेवनले शरीरमा नकारात्मक असर पार्न सक्छ । जसले गर्दा मान्छेको स्टामिनामा कमी आउँछ । रक्सीले मान्छेको शारीरिक ऊर्जाको स्तरमा मात्र असर गर्दैन, यसले व्यक्तिमा थकानको महसुस गराउँछ । यस्तो अवस्थामा रक्सी पिउनेहरुको स्टामिना कमजोर हुन्छ ।

३. प्रोटिनयुक्त आहारको कमी

मानिसले खाने आहार स्वाद वा मनस्थिति अनुसार फरक हुने गर्छ । वास्तवमा स्वादलाई भन्दा खानामा पोषणलाई ध्यान दिनुपर्ने हो । तर यस्तो नहुँदा प्रोटिनयुक्त आहारको कमीले मान्छेको शरीरमा स्टामिना कमजोर हुन सक्छ । प्रोटिनयुक्त खानेकुराको सेवनले मांसपेशीको विकास मात्र गर्दैन, बलियो पनि बनाउँछ । यसले नयाँ मांसपेशीको निर्माण गर्न पनि सहयोग गर्छ । यस्तो अवस्थामा शरीरमा प्रोटिनयुक्त खानाको कमीले ऊर्जाको स्तर घटाउँछ । जसले स्टामिना पनि कमजोर हुन थाल्छ । त्यसैले प्रोटिनयुक्त खानेकुरा आफ्नो आहारमा थप्नुपर्छ । उदाहरणका लागि एक व्यक्तिले आफ्नो आहारमा तिल, बदाम, काजु, सूर्यमुखी बीउ, बदाम, पालक, च्याउ, काउली, ब्रोकाउली, मटर, ओट्स आदिलाई खानाको रुपमा समेट्न सक्छन् ।

४. सोडियमको कमी

शरीरमा सोडियमको कमी हुँदा पनि स्टामिना कमजोर हुन सक्छ । यसबारेमा एउटा अनुसन्धान पनि बाहिर आएको छ, जसमा सोडियमको मात्रा कम हुनु पनि स्टामिना कमीको कारणले हुनसक्ने देखाएको छ । यस्तो अवस्थामा कसरत गर्ने वा कुनै किसिमको व्यायाम गर्ने व्यक्तिको शारीरिक कार्य क्षमता बढाउन शरीरमा सोडियमको मात्रा बढाउनु आवश्यक हुन्छ ।

५. कफिनको कमी

शरीरमा कफिनको कमीले पनि स्टामिना कमजोर हुन सक्छ । आजकल स्वास्थ्य समस्या आउने भन्दै धेरैले क्याफिनको बढी प्रयोग गर्दैनन् । तर आफ्नो खानामा कफिनलाई पूर्ण रुपमा हटाउनु उचित हुँदैन । यस्तो अवस्थामा यसको सेवनले शरीरमा ऊर्जाको तहलाई सन्तुलित मात्रै गराउँदैन, यसले शरीरमा ऊर्जा पनि मिल्छ ।

६. जीवनमा व्यायामको कमी

जाडो शुरु भएको छ । यस्तो अवस्थामा मानिसहरु बाहिर निस्कन हिच्किचाउँछन् र आफ्नो कोठामा कम्बल लगाएर सुत्न रुचाउँछन् । जसका कारण उनीहरूले आफ्नो जीवनबाट व्यायाम जस्ता शारीरिक क्रियाकलाप गर्न रुचाउँदैनन् । शारीरिक क्रियाकलापको कमीले व्यक्तिमा स्टामिनाको कमी हुन्छ । यस्तो अवस्थामा मानिसले आफ्नो दिनचर्यामा दौडने, पौडी खेल्ने, छिटो हिँड्ने, नृत्य गर्ने आदिलाई बढावा दिनुपर्छ । यसबाहेक व्यक्तिले आफ्नो दैनिक दिनचर्यामा पनि शारीरिक अभ्यासको कामलाई बढी प्राथमिकता दिनुपर्छ ।

७. अत्याधिक धुम्रपान

आजको समयमा मानिसहरु धुम्रपानको बढी सेवन गर्ने गर्छन् । यसबाहेक वरपर उपस्थित व्यक्तिलाई पनि अरुले खाएको चुरोटको धुवाँले असर गरिरहेको हुन्छ । त्यो धुवाँ शरीरभित्र पस्दा पनि असर धेरै हुन्छ । धुम्रपानले रक्तनलीलाई साँघुरो बनाउन सक्छ, जसले मुटुको स्वास्थ्य, मांसपेशी र शरीरका धेरै भागमा रगतको प्रभावलाई कम गराउने गर्छ । यस्तो अवस्थामा व्यक्तिको स्टामिना पनि कमजोर हुनसक्छ । यदि कुनै व्यक्ति आफ्नो स्टामिना बढाउन चाहन्छ भने धुम्रपान सेवनमा कमी ल्याउनुपर्छ । अनलाइनखबर बाट सभार

 

सुदूरपश्चिमखबर संंवाददाता

सुदूरपश्चिमखबर संंवाददाता

सम्बन्धित

जापानिज इन्सेफलाइटिसको जोखिम बढ्यो, स्वास्थ्य सेवा विभागद्वारा सतर्क रहन आग्रह
फ्ल्यास हेडिङ

जापानिज इन्सेफलाइटिसको जोखिम बढ्यो, स्वास्थ्य सेवा विभागद्वारा सतर्क रहन आग्रह

भदौ ८, २०८३
काउन्सिलको विशेष लाइसेन्स परीक्षामा ९८.३७% चिकित्सक उत्तीर्ण, १५ जना अनुत्तीर्ण
स्वास्थ्य

काउन्सिलको विशेष लाइसेन्स परीक्षामा ९८.३७% चिकित्सक उत्तीर्ण, १५ जना अनुत्तीर्ण

साउन २२, २०८३
डा. आशिष गोविन्द अमात्य शहीद गंगालाल हृदय केन्द्रको निर्देशकमा नियुक्त
स्वास्थ्य

डा. आशिष गोविन्द अमात्य शहीद गंगालाल हृदय केन्द्रको निर्देशकमा नियुक्त

साउन २२, २०८३

Discussion about this post

फेसबुक पेज

नयाँ प्रकाशित

एनसेलले बाढी प्रभावित क्षेत्रमा निःशुल्क भ्वाइस, डेटा र एसएमएस सेवा अवधि ७ दिन बढायो

एनसेलले बाढी प्रभावित क्षेत्रमा निःशुल्क भ्वाइस, डेटा र एसएमएस सेवा अवधि ७ दिन बढायो

भदौ १२, २०८३
‘बझाङ्गी बाघ’ रवीन्द्र ढाँट ‘रोड टू यूएफसी’ को फाइनलमा

‘बझाङ्गी बाघ’ रवीन्द्र ढाँट ‘रोड टू यूएफसी’ को फाइनलमा

भदौ १२, २०८३
व्यवसायी हितसँगै बजार सौन्दर्यीकरण र कोसेली घर सञ्चालन गर्ने वाणिज्य संघको योजना

व्यवसायी हितसँगै बजार सौन्दर्यीकरण र कोसेली घर सञ्चालन गर्ने वाणिज्य संघको योजना

भदौ १२, २०८३
रसुवा बाढीपीडितका लागि सुदूरपश्चिम सरकारले २ करोड सहयोग गर्ने

रसुवा बाढीपीडितका लागि सुदूरपश्चिम सरकारले २ करोड सहयोग गर्ने

भदौ १२, २०८३
रसुवा बाढी प्रभावितको राहतका लागि कञ्चनपुर उद्योग वाणिज्य संघद्वारा पाँच लाख पच्चीस हजार सहयोग

रसुवा बाढी प्रभावितको राहतका लागि कञ्चनपुर उद्योग वाणिज्य संघद्वारा पाँच लाख पच्चीस हजार सहयोग

भदौ १२, २०८३
छोचेन–पुरेपु दोभान क्षेत्रमा विशाल ताल बनेपछि चीनको सतर्कता सूचना

छोचेन–पुरेपु दोभान क्षेत्रमा विशाल ताल बनेपछि चीनको सतर्कता सूचना

भदौ ११, २०८३

आशिर्वाद मिडिया प्रा. लि.  द्वारा सञ्चालित

सुदूरपश्चिमखबर डट्कम

sudurpashimkhabar.com

कम्पनी दर्ता नम्बरः २२४७९७-०७६-७७

सूचना बिभाग दर्ता नम्बर: २१७५-०७७-०७८

प्रेस काउन्सिल सूचिकरण न : २३४५

सञ्चालक: मनिषा भट्ट

अतिथि सम्पादक: हिरा कुमारी भट्ट

सम्पादक: बिरेन्द्र कलौनी

कार्यकारी प्रमुख: प्रकाश भट्ट

फोटो पत्रकार: दिपक नाथ

संवाददाता: रबि भट्ट

सम्पर्कका लागि...

सुदूरपश्चिमखबर डट्कम

ठेगानाः वेदकोट-९ लालपुर, कञ्चनपुर

सम्पर्क नम्बर: 9848358880

इमेल: [email protected]

© 2026Aashirbad Media Pvt.Ltd. All rights reserved.

Design & Developed by: Donoo Logo

No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व