Sudurpashim Khabar
No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
No Result
View All Result
Sudurpashim Khabar
No Result
View All Result

गेडागुडी कसरी, कति खाने ?

सुदूरपश्चिमखबर संंवाददाता by सुदूरपश्चिमखबर संंवाददाता
बैशाख २१, २०७९
0
SHARES
1
VIEWS
Share on FacebookShare on Twitter

रेशादार खाद्य पदार्थको रुपमा समेत चिनिने गेडागुडी हामी हरेक मौसम र अवसरमा खान सक्छौं । वर्षायाममा यो बढी उपयोगी हुन्छ ।

रेशादार खानेकुराका फाइदाहरु प्रसस्त छन् । रेशादार खाना खाँदा हाम्रो पेट प्राकृतिक रुपले नै सफा हुन्छ । ठूला मान्छेलाई नै यसले कब्जियतबाट जोगाउँछ भने बालबालिकालाई त यो पोषणयुक्त खुराक हुन्छ । यस्ता खानेकुराले उनीहरुको मोटोपनालाई नियन्त्रण गर्न समेत सहज हुन्छ । रेशादार खानेकुरामा क्यालोरी, भिटामिन, खनिज जस्ता तत्व नभए पनि यो बालबालिकादेखि वयष्कसम्मलाई उत्तिकै उपयोगी छ ।

रेशादार खानेकुराले हाम्रो पाचन प्रकृयालाई पनि स्वस्थ राख्न सहयोग पु¥याउँछ । हाम्रो पेटमा हुने आन्द्रालाई प्राकृतिक रुपले नै काम गर्नलाई यो खानेकुराले सहयोग गरिरहेको हुन्छ । त्यसैले यो खानेुकुराको नियमित सेवनले आन्द्रासँग सम्बन्धित समस्या नै उत्पन्न हुँदैन ।

त्यति मात्र होइन, रेशादार खानाले हाम्रो शरीरको ब्लड सुगरको लेभललाई पनि स्थिर बनाइराख्छ । रगतमा हुने ग्लूकोजको मात्रालाई यसले नियन्त्रण राख्दछ ।

रेशादार खानेकुराबाट शरीरले आवश्यक पोषण प्राप्त गर्दछ, जसबाट शरीरलाई उर्जापनि प्राप्त हुन्छ । यो खानेकुराले कोलेस्ट्रोललाई समेत नियन्त्रण गर्दछ । जसका कारण हाम्रो मुटु सुरक्षित हुन्छ । मुटु सम्बन्धि रोग लाग्ने सम्भावना न्यून हुन्छ ।

चिकित्सकहरुका अनुसार रेशादार खाना एक प्रकारको कार्बोहाइड्रेट हो, जुन रुख–बिरुवामा पाइन्छ । स्वास्थ सम्बन्धि अध्ययनहरुका अनुसार रेशादार खानाले मधुमेयलाई समेत कम गर्न सहयोग पुर्याउँछ । रेशादार खानाको नियमित सेवनले क्यान्सरबाट समेत जोगिन सकिने चिकित्सकहरुको भनाइ छ ।

कुन उमेरदेखि खाने ? कति खाने ?

रेशादार खानेकुराले शरीरलाई राम्रो गर्छ भन्दैमा एकै पटकमा धेरै मात्रामा खानु पनि हुँदैन । एकैपटक धेरै खाएमा अपच हुने निश्चित छ । अझ बालबालिकाहरुलाई त आवश्यकता भन्दा बढि रेशादार खानेकुरा दिनै हुँदैन ।

रेशादार खानामात्र खाइरहँदा शरीरलाई आवश्यक खनिज तत्वको अभाव हुनसक्छ । रेशायुक्त खानाको मात्र बढाइयो भने यसले नकारात्मक प्रभाव पार्न सक्छ । जस्तै पेटमा ग्यास बढ्ने, पेट फुल्ने, कब्जियत हुने जस्ता समस्या देखा पर्न सक्छ । त्यसैले रेशादार खाना खाँदा थोरै, बिस्तारै तथा मात्रा मिलाएर खानु उचित हुन्छ ।

बालबालिकाहरुलाई त धेरै मात्रामा रेशादार खाना दिन थालियो भने उनीहरुको भेट भरिएको अनुभव गर्छन् । जसबाट उनीहरुको शरीरमा अन्य पोषक तत्वहरु जानै पाउँदैन । बालबालिकाहरुलाई रेशायुक्त खानेकुराको साथमा पानी पनि प्रसस्त पिलाउनु पर्छ । यद्यपि, धेरै पानी पिइयो भने डाइरिया हुन सक्छ भने थोरै पानी पिइयो भने कब्जियत समेत हुनसक्छ । त्यसैले पानी पनि ठिक्क मात्रामा पिउनु पर्छ ।

चिकित्सकहरूका अनुसार एकदेखि तीन वर्षसम्मका बालबालिकाहरुलाई खानामा १५ ग्राम तथा ४ देखि ८ वर्षसम्मका बालबालिकाहरुलाई २५ ग्राम रेशादार खाना दिनु आवश्यक हुन्छ । यसका साथै बालबालिकाहरुलाई सन्तुलित डाइट प्रदान गर्नुपर्छ । त्यस्तो डाइटमा चिल्लो पदार्थ, डेरी प्रोडक्ट, फलफूल, साग–सब्जी, मासु, दाल आदि पर्याप्त मात्रामा समावेश गर्नु पर्छ । यस्ता खाद्य पदार्थबाट शरीरले ग्यालोरी प्राप्त गर्छ । अनलाइनखबर बाट सभार

 

सुदूरपश्चिमखबर संंवाददाता

सुदूरपश्चिमखबर संंवाददाता

सम्बन्धित

जापानिज इन्सेफलाइटिसको जोखिम बढ्यो, स्वास्थ्य सेवा विभागद्वारा सतर्क रहन आग्रह
फ्ल्यास हेडिङ

जापानिज इन्सेफलाइटिसको जोखिम बढ्यो, स्वास्थ्य सेवा विभागद्वारा सतर्क रहन आग्रह

भदौ ८, २०८३
काउन्सिलको विशेष लाइसेन्स परीक्षामा ९८.३७% चिकित्सक उत्तीर्ण, १५ जना अनुत्तीर्ण
स्वास्थ्य

काउन्सिलको विशेष लाइसेन्स परीक्षामा ९८.३७% चिकित्सक उत्तीर्ण, १५ जना अनुत्तीर्ण

साउन २२, २०८३
डा. आशिष गोविन्द अमात्य शहीद गंगालाल हृदय केन्द्रको निर्देशकमा नियुक्त
स्वास्थ्य

डा. आशिष गोविन्द अमात्य शहीद गंगालाल हृदय केन्द्रको निर्देशकमा नियुक्त

साउन २२, २०८३

Discussion about this post

फेसबुक पेज

नयाँ प्रकाशित

छोचेन–पुरेपु दोभान क्षेत्रमा विशाल ताल बनेपछि चीनको सतर्कता सूचना

छोचेन–पुरेपु दोभान क्षेत्रमा विशाल ताल बनेपछि चीनको सतर्कता सूचना

भदौ ११, २०८३
रसुवा बाढीपछि उद्धार तीव्र, ४५ विदेशी सहित ३३६ जनाको हवाई उद्धार

रसुवा बाढीपछि उद्धार तीव्र, ४५ विदेशी सहित ३३६ जनाको हवाई उद्धार

भदौ ११, २०८३
कर्णालीमा नेकपाको नयाँ समीकरण, तीन महिला मन्त्री बने

कर्णालीमा नेकपाको नयाँ समीकरण, तीन महिला मन्त्री बने

भदौ ११, २०८३
हिमपहिरोका कारण रसुवामा आएको हुन सक्ने बाढीबारे आशंका

हिमपहिरोका कारण रसुवामा आएको हुन सक्ने बाढीबारे आशंका

भदौ ११, २०८३
रसुवाको बाढीपछि कञ्चनपुरका २६ जना सम्पर्कविहीन

रसुवाको बाढीपछि कञ्चनपुरका २६ जना सम्पर्कविहीन

भदौ ११, २०८३
उद्धार, सेवा र राहतका लागि हिन्दू स्वयंसेवक संघ नेपालको आह्वान

उद्धार, सेवा र राहतका लागि हिन्दू स्वयंसेवक संघ नेपालको आह्वान

भदौ ११, २०८३

आशिर्वाद मिडिया प्रा. लि.  द्वारा सञ्चालित

सुदूरपश्चिमखबर डट्कम

sudurpashimkhabar.com

कम्पनी दर्ता नम्बरः २२४७९७-०७६-७७

सूचना बिभाग दर्ता नम्बर: २१७५-०७७-०७८

प्रेस काउन्सिल सूचिकरण न : २३४५

सञ्चालक: मनिषा भट्ट

अतिथि सम्पादक: हिरा कुमारी भट्ट

सम्पादक: बिरेन्द्र कलौनी

कार्यकारी प्रमुख: प्रकाश भट्ट

फोटो पत्रकार: दिपक नाथ

संवाददाता: रबि भट्ट

सम्पर्कका लागि...

सुदूरपश्चिमखबर डट्कम

ठेगानाः वेदकोट-९ लालपुर, कञ्चनपुर

सम्पर्क नम्बर: 9848358880

इमेल: [email protected]

© 2026Aashirbad Media Pvt.Ltd. All rights reserved.

Design & Developed by: Donoo Logo

No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व