Sudurpashim Khabar
No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
No Result
View All Result
Sudurpashim Khabar
No Result
View All Result

कस्तो र कति नुन खाँदा स्वास्थ्यलाई फाइदा गर्छ ?

सुदूरपश्चिमखबर संंवाददाता by सुदूरपश्चिमखबर संंवाददाता
बैशाख २०, २०७९
0
SHARES
2
VIEWS
Share on FacebookShare on Twitter

नुन खानाका लागि सोडियमको प्रमुख स्रोत हो । हाम्रो शारीरिक प्रक्रियामा विभिन्न किसिमले सोडियमको आवश्यकता परेको हुन्छ । कोशिकाले ठीकसँग काम गर्नका लागि शरीरमा रहेको तरल पदार्थ र इलेक्ट्रोलाइट्स सन्तुलित रहोस् र ब्लड प्रेसर कन्ट्रोल गर्नका लागि पनि सोडियमले भूमिका खेल्ने गर्छ ।

यसकारण सोडियम हाम्रो शरीरको एक जरुरी हिस्सा हो । यसका अलावा सोडियमले शरीरमा कस्तो कस्तो भूमिका खेल्छ त ? हाम्रो शरीरलाई जति सोडियमको जरुरी पर्छ, त्यसको ९० प्रतिशत हिस्सा टेबल साल्ट या हामीले प्रयोग गर्ने नुनबाट पूरा हुन्छ । वैज्ञानिक भाषामा यसमा सोडियम क्लोराइड समेत भनिन्छ ।

विश्व स्वास्थ्य संगठनले स्वस्थ मानिसलाई दैनिक पाँच ग्रामभन्दा कम नुन खान सल्लाह दिने गर्छ । यो करिब एक चम्चा बराबर हुन्छ ।

नुन धेरै खाँदा के नोक्सानी हुन्छ ?

कुनै पनि उमेरका मान्छेले धेरै नुन खाँदा रक्तचाप बढ्न सक्छ । यसका अलावा खानपानमा नुन अधिक खानु पनि खतराको कुरा हो ।

अधिक नुन प्रयोगले मुटुको बिरामी, ग्यास्ट्रिक, क्यान्सर र मस्तिस्कमा रगतको प्रवाहमा नकारात्मक असर पर्न सक्छ । दिमागको कुनै नसा फुट्ने खतरा पनि हहुन्छ । साथै, हामीले खानपानमा नुनको मात्रालाई कम गरेर रक्तचापको स्तर कम गर्न सकिन्छ ।

कस्तो प्रकारको नुनमा सबैभन्दा कम सोडियम हुन्छ ?

बजारमा कैयौं प्रकारका नुन उपलब्ध छन् । जसको प्रयोग गरेर भोजनलाई प्रभावकारी बनाउने कोशिश गरिन्छ । सबैभन्दा स्वास्थ्यवद्र्धक नुन त्यही हो, जसमा सबैभन्दा कम मात्रामा सोडियम पाइन्छ ।

संसारका अलग–अलग स्थानमा नुन तयार गर्ने भिन्दाभिन्दै तरिका छन् । यसमा सामेल चिज, रंग र स्वादको आधारमा कैयौं प्रकारको नुन बजारमा पाइन्छन् । रिफाइन्ड नुन वा आम नुन सबैभन्दा धेरै प्रयोग गर्ने नुनमध्ये एक हो । यसमा ९७ देखि ९९ प्रतिशत सोडियम क्लोराइड हुन्छ ।

यो यतिधेरै प्रशोधित हुन्छ कि यसमा कुनै पनि कुरा अशुद्ध हुँदैन । तर पोषकतत्वको प्रयोगले समस्या निम्त्याउन सक्छ ।

उदाहरणका लागि समुद्री नुनको उदाहरण लिनुहोस्, यो समुद्रको नुन पानी वाष्पीकरण गरेर तयार पारिन्छ । यसमा प्रशोधन गरिंदैन । यसबाहेक यसमा आयोडिनको मात्रा पनि धेरै हुन्छ । जुन हाम्रो शरीरको लागि राम्रो मानिन्छ । समुद्री नुनमा सामान्य नुन भन्दा १० प्रतिशत कम सोडियम पाइन्छ ।

त्यसैगरी हिमालयबाट निकालिएको नुनमा पनि सोडियमको मात्रा कम हुन्छ । यसमा म्याग्नेसियम र पोटासियम जस्ता खनिज लवण धेरै पाइन्छन् । सेल्टिक नुन वा खैरो नुनमा पनि सोडियमको मात्रा कम हुन्छ । अन्य खनिज र लवण प्रशस्त मात्रामा हुन्छ ।

कम सोडियमयुक्त नुन

बजारमा कम सोडियमयुक्त नुन पनि पाउने गरिन्छ । जसमा सोडियमको मात्रा ५० प्रतिशतभन्दा कम हुन्छ । यससँगै पोटासियम नुनमा सोडियम नहुने वा भएपनि नगण्य मात्रामा हुन्छ । यो नुन चिकित्सकको सल्लाहमा मात्रै सेवन गर्नुपर्छ । धेरै नुनका कारण बिरामी भएकाले यस्तो नुन प्रयोग गर्न सक्छन् ।

के डिनर टेबलबाट नुन हटाउन सम्भव छ ?

धेरै नुन खानु स्वास्थ्यका लागि राम्रो होइन । यस्तो अवस्थामा आफ्नो लागि नुनको प्रकार छनोट गर्नुभन्दा पनि यसको मात्रालाई नियन्त्रण गर्नुपर्छ ।

युएस फुड एण्ड ड्रग एडमिनिस्ट्रेसनका अनुसार हाम्रो आहारमा ७० प्रतिशतभन्दा बढी सोडियम प्याकिङ गरिएको खानाबाट आउँछ । त्यसैले शरीरमा नुनको मात्रा कम गराउन तरकारीमा राख्ने नुनको मात्रा मात्रै घटाएर पुग्दैन ।

सुप, नुन परेको मासु, ससेज, नुन, माछा आदिमा पनि नुनको मात्रा पाइन्छ । चिप्स, फ्राइड नट र पपकर्न जस्ता नुनयुक्त खानाले पनि असर गरिरहेको हुन सक्छ । त्यसलाई पनि बिर्सनु हुँदैन ।

स्वादमा सम्झौता नगरी नुन कसरी घटाउने ?

नुनसँग सम्बन्धित यी सबै कुरा थाहा पाएपछि हामीले आफ्नो खानामा नुनको मात्रा घटाउन छुट्टै उपाय अपनाउन सक्छौं ।

ड्राइफुड र व्यावसायिक ससेजको प्रयोग कम गर्ने, नुनिलो खाजा खानुको सट्टा नुन नभएको खाजा खाने गर्नुपर्छ । जस्तै, प्राकृतिक नट, फलफूल, भटमास र नुनविना घरमै बनाएका परिकार खाने । नुन र मोनोसोडियम ग्लुटामेट भएका खानेकुरा सकेसम्म खानुहुँदैन । अनलाइखबर बाट सभार

 

सुदूरपश्चिमखबर संंवाददाता

सुदूरपश्चिमखबर संंवाददाता

सम्बन्धित

जापानिज इन्सेफलाइटिसको जोखिम बढ्यो, स्वास्थ्य सेवा विभागद्वारा सतर्क रहन आग्रह
फ्ल्यास हेडिङ

जापानिज इन्सेफलाइटिसको जोखिम बढ्यो, स्वास्थ्य सेवा विभागद्वारा सतर्क रहन आग्रह

भदौ ८, २०८३
काउन्सिलको विशेष लाइसेन्स परीक्षामा ९८.३७% चिकित्सक उत्तीर्ण, १५ जना अनुत्तीर्ण
स्वास्थ्य

काउन्सिलको विशेष लाइसेन्स परीक्षामा ९८.३७% चिकित्सक उत्तीर्ण, १५ जना अनुत्तीर्ण

साउन २२, २०८३
डा. आशिष गोविन्द अमात्य शहीद गंगालाल हृदय केन्द्रको निर्देशकमा नियुक्त
स्वास्थ्य

डा. आशिष गोविन्द अमात्य शहीद गंगालाल हृदय केन्द्रको निर्देशकमा नियुक्त

साउन २२, २०८३

Discussion about this post

फेसबुक पेज

नयाँ प्रकाशित

छोचेन–पुरेपु दोभान क्षेत्रमा विशाल ताल बनेपछि चीनको सतर्कता सूचना

छोचेन–पुरेपु दोभान क्षेत्रमा विशाल ताल बनेपछि चीनको सतर्कता सूचना

भदौ ११, २०८३
रसुवा बाढीपछि उद्धार तीव्र, ४५ विदेशी सहित ३३६ जनाको हवाई उद्धार

रसुवा बाढीपछि उद्धार तीव्र, ४५ विदेशी सहित ३३६ जनाको हवाई उद्धार

भदौ ११, २०८३
कर्णालीमा नेकपाको नयाँ समीकरण, तीन महिला मन्त्री बने

कर्णालीमा नेकपाको नयाँ समीकरण, तीन महिला मन्त्री बने

भदौ ११, २०८३
हिमपहिरोका कारण रसुवामा आएको हुन सक्ने बाढीबारे आशंका

हिमपहिरोका कारण रसुवामा आएको हुन सक्ने बाढीबारे आशंका

भदौ ११, २०८३
रसुवाको बाढीपछि कञ्चनपुरका २६ जना सम्पर्कविहीन

रसुवाको बाढीपछि कञ्चनपुरका २६ जना सम्पर्कविहीन

भदौ ११, २०८३
उद्धार, सेवा र राहतका लागि हिन्दू स्वयंसेवक संघ नेपालको आह्वान

उद्धार, सेवा र राहतका लागि हिन्दू स्वयंसेवक संघ नेपालको आह्वान

भदौ ११, २०८३

आशिर्वाद मिडिया प्रा. लि.  द्वारा सञ्चालित

सुदूरपश्चिमखबर डट्कम

sudurpashimkhabar.com

कम्पनी दर्ता नम्बरः २२४७९७-०७६-७७

सूचना बिभाग दर्ता नम्बर: २१७५-०७७-०७८

प्रेस काउन्सिल सूचिकरण न : २३४५

सञ्चालक: मनिषा भट्ट

अतिथि सम्पादक: हिरा कुमारी भट्ट

सम्पादक: बिरेन्द्र कलौनी

कार्यकारी प्रमुख: प्रकाश भट्ट

फोटो पत्रकार: दिपक नाथ

संवाददाता: रबि भट्ट

सम्पर्कका लागि...

सुदूरपश्चिमखबर डट्कम

ठेगानाः वेदकोट-९ लालपुर, कञ्चनपुर

सम्पर्क नम्बर: 9848358880

इमेल: [email protected]

© 2026Aashirbad Media Pvt.Ltd. All rights reserved.

Design & Developed by: Donoo Logo

No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व