Sudurpashim Khabar
No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
No Result
View All Result
Sudurpashim Khabar
No Result
View All Result

मजदुर नेताको विरासत थाप्ने एमालेका युवा नेता पन्तः भीमदत्त मेयरको बलियो दावेदार

सुदूरपश्चिमखबर संंवाददाता by सुदूरपश्चिमखबर संंवाददाता
२०७९ बैशाख १८, आईतवार १८:०९
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

सुदूरपश्चिमकै ट्रेड आन्दोलनका एक अगुवा नेताको रुपमा चिनिने नाम हो धर्मानन्द पन्त । २०४८ को प्रतिनिधिसभाको निर्वाचनपछि काँग्रेसको सरकार बन्यो । प्रधानमन्त्री गिरिजाप्रसाद कोइराला र गृहमन्त्री शेर बहादुर देउवा थिए । कोइराला सरकारले निजामति कर्मचारीमाथि गरेको ज्यादतीविरुद्ध आन्दोलन चर्कियो । कञ्चनपुरमा सवारी चालकको रुपमा कार्यरत धर्मानन्द पन्त पनि आन्दोलनमा होमिए ।

काँग्रेसकै नेताहरुको सुराकमा सरकारले उनलाई नौकरीबाट निकाल्यो । त्यसपछि मजदुरहरुलाई संगठित गर्दै नेपाल ट्रेड युनियन महासंघको महाकाली अञ्चलको नेतृत्वमा पुगे । त्यसपछि केन्द्रीय नेतृत्वमा समेत पुगे । सालघारी क्षेत्रका सुकुम्बासी मजदुरहरुको हकहितका लागि पनि पन्तले लामो समय आन्दोलन गरे । तत्कालिन नगर विकास समिति विरुद्ध सुकुम्बासीलाई जमिन उपलब्ध गराउन माग गर्दै उनकै नेतृत्वमा आन्दोलन समेत चल्यो ।

नेता पन्तको मृत्युपछि मजदुरको नेतृत्व छोरो महेश प्रशाद पन्तले लिए । उनी पनि मजदुरको हकहितसंगै जमिन उपलब्ध गराउन निरन्तर आन्दोलनमै छन् । मजदुर नेताको विरासत थामेका तिनै पन्त अहिले भीमदत्त नगरपालिकाको मेयर पदमा उम्मेदवार बनेका छन् । पन्तलाई नेकपा एमालेले भीमदत्त नगरपालिकाको प्रमुखको उम्मेदवार बनाएको छ । युवा र विद्यार्थीमाझ लोकप्रिय पन्त जनज्योति काण्डका ज्युदा शहीदका नामले चिनिन्छन् ।

२०५८ मा राजा ज्ञानेन्द्रले कु गर्दै सत्ता हातमा लिएर संकटकाल घोषणा ग¥यो । राजनीतिक दलका नेताहरुलाई नजरबन्दमा राख्न थालियो । सेनाको गतिविधिहरु बढन थाले । सर्वसाधारणदेखि राजनीतिक दलका नेताहरु समेत त्रसित हुन थालेका थिए । सोही समयमा अनेरास्ववियुका नेताहरु महेश पन्त, बचन बहादुर सिंह र नरबहादुर धामीले कञ्चनपुरमा राजाको कु विरुद्ध आन्दोलन चर्काउनुपर्नेमा केन्द्रित भए । यहि विषयमा जनज्योति बहुमुखी क्याम्पसमा अनेरास्ववियुको भेला आयोजना गरिएको थियो । भेला स्थलमा चारैतिरबाट ततकालिन शाही नेपाली सेनाले घेरा हाल्यो । अन्धाधुन्ध गोली चल्यो । पन्तलाई सुताएर खुट्टामा गोली हानियो ।

लामो समयको उपचारपछि केही सन्चो लागेका पन्तको शरिरमा अहिले पनि गोलीका छर्रा छन् । तिनै गोलीका छर्रा उनि चुनावि घरदैलो अभियानमा दौडिरहेका छन् । मावि तहमा अध्ययनरत पन्तलाई पनि बुवामाथि भएको अन्यायबारे सबै थाहा थियो । त्यहि कारणले उनी उच्च तहमा अध्ययन गर्दा अनेरास्ववियुमा संगठित भए । उच्च शिक्षा अध्ययनकै क्रममा उनी २०६२ मा तत्कालिन सिद्धनाथ बहुमुखी क्याम्पसको स्ववियु सभापति समेत भए । अनेरास्ववियुमा आबद्ध भएदेखि उनले जिल्लामा निरन्तर संगठन सुदृढिकरणमा योगदान दिइरहे । त्यसकै फलस्वरुप उनी सहजै स्ववियु सभापति समेत हुन सफल भए ।

कानुनमा स्नातक महेश शैक्षिक रुपमा पनि अब्बल मानिन्छन् । जिल्लाकै पुरानो र ठुलो नगरपालिकाको नेतृत्व लिन यतिबेला पन्त घरदैलो कार्यक्रममा छन् । उनले सुशासनदेखि विकास निर्माणका विभिन्न योजनाहरु अघि सारेका छन् । ‘विद्यार्थी अवस्थादेखि नै विपन्न र मजदुरका लागि लडिरहेको छु, अब नगरपालिकामा पनि नमुना विकास गरेर देखाउन सक्छु,’ उनले भने, ‘बुवादेखि न्यायको लडाइमा लागेका हामीले यो क्षेत्रका जनताको माया पाउनेमा विश्वस्त छु ।’

सुदूरपश्चिमखबर संंवाददाता

सुदूरपश्चिमखबर संंवाददाता

सम्बन्धित

कांग्रेस केन्द्रीय अनुशासन समितिको बैठक आज बस्दै
फ्ल्यास हेडिङ

संसद् स्थगित गरी अध्यादेशमार्फत शासन चलाउने सरकारको कदमप्रति नेपाली कांग्रेस असहमत

२०७९ बैशाख १८, आईतवार १८:०९
नेकपा एमालेको प्रमुख सचेतकमा महर चयन
राजनीति

नेकपा एमालेको प्रमुख सचेतकमा महर चयन

२०७९ बैशाख १८, आईतवार १८:०९
साना तथा लघुउद्यमीहरूका लागि बजार प्रणालीको विकास सम्बन्धी एकदिने तालिम सम्पन्न
कन्चनपुर

साना तथा लघुउद्यमीहरूका लागि बजार प्रणालीको विकास सम्बन्धी एकदिने तालिम सम्पन्न

२०७९ बैशाख १८, आईतवार १८:०९

Discussion about this post

फेसबुक पेज

नयाँ प्रकाशित

आगामी बजेट निजी क्षेत्रमैत्री हुनेछ: अर्थमन्त्री डा. स्वर्णिम वाग्ले

आगामी बजेट निजी क्षेत्रमैत्री हुनेछ: अर्थमन्त्री डा. स्वर्णिम वाग्ले

२०७९ बैशाख १८, आईतवार १८:०९
राष्ट्रपतिद्वारा सम्पत्ति शुद्धीकरण अध्यादेश जारी

राष्ट्रपतिद्वारा सम्पत्ति शुद्धीकरण अध्यादेश जारी

२०७९ बैशाख १८, आईतवार १८:०९
दाउन्नेमा एकतर्फी ढलान सकियो

दाउन्नेमा एकतर्फी ढलान सकियो

२०७९ बैशाख १८, आईतवार १८:०९
डिजिटल इकोसिस्टम निर्माण सरकारको प्राथमिकताः सञ्चारमन्त्री डा. विक्रम तिमिल्सिना

डिजिटल इकोसिस्टम निर्माण सरकारको प्राथमिकताः सञ्चारमन्त्री डा. विक्रम तिमिल्सिना

२०७९ बैशाख १८, आईतवार १८:०९
‘वर्ल्ड लिङ्क बिट द स्पीड’ को तेस्रो संस्करणका लागि एन्ड्रयु लियोनार्ड महेन्द्रनगर आउँदै

‘वर्ल्ड लिङ्क बिट द स्पीड’ को तेस्रो संस्करणका लागि एन्ड्रयु लियोनार्ड महेन्द्रनगर आउँदै

२०७९ बैशाख १८, आईतवार १८:०९
इन्धनको मूल्य समायोजनः पेट्रोल-डिजेल सस्तो, एलपी ग्यास महँगियो

इन्धनको मूल्य समायोजनः पेट्रोल-डिजेल सस्तो, एलपी ग्यास महँगियो

२०७९ बैशाख १८, आईतवार १८:०९

आशिर्वाद मिडिया प्रा. लि.  द्वारा सञ्चालित

सुदूरपश्चिमखबर डट्कम

sudurpashimkhabar.com

कम्पनी दर्ता नम्बरः २२४७९७-०७६-७७

सूचना बिभाग दर्ता नम्बर: २१७५-०७७-०७८

प्रेस काउन्सिल सूचिकरण न : २३४५

सञ्चालक: मनिषा भट्ट

अतिथि सम्पादक: हिरा कुमारी भट्ट

सम्पादक: बिरेन्द्र कलौनी

कार्यकारी प्रमुख: प्रकाश भट्ट

फोटो पत्रकार: दिपक नाथ

संवाददाता: रबि भट्ट

सम्पर्कका लागि...

सुदूरपश्चिमखबर डट्कम

ठेगानाः वेदकोट-९ लालपुर, कञ्चनपुर

सम्पर्क नम्बर: 9848358880

इमेल: [email protected]

© 2026Aashirbad Media Pvt.Ltd. All rights reserved.

Design & Developed by: Donoo Logo

No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व