Sudurpashim Khabar
No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
No Result
View All Result
Sudurpashim Khabar
No Result
View All Result

यी ११ खाद्यपदार्थले बढाउँछ स्मरण शक्ति !!

सुदूरपश्चिमखबर संंवाददाता by सुदूरपश्चिमखबर संंवाददाता
२०७९ बैशाख १८, आईतवार ०७:०५
0
SHARES
2
VIEWS
Share on FacebookShare on Twitter

मस्तिष्क मानव शरीरको एक महत्त्वपूर्ण र संवेदनशील अङ्ग हो । मस्तिष्कले नै शरीरको सम्पूर्ण भागलाई नियन्त्रणमा राख्ने काम गर्छ । मानिसले गर्ने हरेक क्रियाकलापमा मस्तिष्कको महत्त्वपूर्ण भूमिका रहेको छ । मानिस सफल ÷असफल हुनका लागि सकारात्मक सोच हुनु जरुरी छ । त्यसका लागि स्मरण शक्ति बलियो हुनुपर्छ । स्वस्थ मस्तिष्कका लागि भोजनमा विशेष ध्यान दिनुपर्ने हुन्छ ।

 

तपाईँले खानु भएको खानाले तपाईँको मस्तिष्कलाई स्वस्थ राख्न मद्दत पु¥याउँछ । जसले स्मृति र एकाग्रता जस्ता विशिष्ट मानसिक कार्यहरू सुधार गर्न सक्दछन्। स्मरण शक्ति ह्रास हुनबाट बचाउनको लागि स्वस्थ जीवनशैली हुनुपर्छ । यस्तै योग, ध्यान, प्राणायाम जस्ता विधिले पनि मस्तिष्कको कार्य सञ्चालनलाई सही राख्छ ।

सामान्यता स्वास्थ्यकर, पोषिलो खानेकुरा सेवन गर्नुपर्छ । शरीरमा विकार पैदा गर्ने खानेकुराले स्मरण क्षमता कमजोर बनाउँछ । मदिराजन्य एवं तामसिक खानेकुराले स्मरण शक्ति नष्ट गर्छ । त्यसबाहेक अरू केही यस्ता खानेकुरा छन्, जसले स्मरण क्षमता बढाउँछ ।

यी ११ खाद्य पदार्थ जसले दिमाग बलियो बनाई स्मरण शक्ति बढाउन मदत गर्छ ।

१ . फ्याट माछा
स्मरण शक्ति बढाउन महत्त्वपूर्ण भूमिका खेल्छ फ्याट माछा । सामन, ट्राउट र सार्डिन जातका माछा महत्त्वपूर्ण ओमेगा ३ फ्याटी एसिडका स्रोत हुन् । तपाईँको मस्तिष्कको ६० प्रतिशत भाग बोसोले बनेको हुन्छ । जसको आधा भाग ओमेगा ३ हो । ओमेगा ३ ले मस्तिष्क र स्नायु कोशिका निर्माण गर्न मदत गर्छ । ओमेगा ३ स्मरण शक्ति बढाउन आवश्यक हुन्छ । ओमेगा ३ सँग दिमागका लागि चाहिने केही अन्य फाइदाहरू पनि छ ।

ओमेगा ३ ले मानसिक गिरावट र अल्जाइमरबाट बचाउन मदत गर्छ । पर्याप्त ओमेगा नहुनुले सिकाइमा समस्या आउनु र डिप्रशन हुनु जस्ता समस्या निम्त्याउँछ । सामान्यतया माछाले सकारात्मक स्वास्थ्य लाभ पनि दिन्छ । समग्रमा बोसोयुक्त माछा दिमागका लागि एकदमै राम्रो मानिन्छ ।

२. कफी
ठिक्क मात्रामा नियमित कफी पिउनाले स्मरण क्षमतामा सकारात्मक असर गर्ने विभिन्न अध्ययनले देखाएका छन् । बिहानको कफी वा चियाले स्मरण तेज गर्छ । कफीको असर लामो समयसम्म रहने भएकोले दिमागलाई फुर्तिलो बनाउन महत्त्वपूर्ण मानिन्छ ।

३. गोलभेँडा
एन्टीअक्सिडेन्ट तथा लाइकोपिनले भरपुर गोलभेँडाले मस्तिष्कको शक्ति बढाउँछ । फ्री रेडिकलले मस्तिष्कलाई हानी पु¥याउँछ ।द दैनिक गोलभेँडाको सेवनले फ्री रेडिकलको समस्या हटेर जान्छ । जुनसुकै ठाउँमा पाइने गोलभेँडालाई तरकारी, सलाद तथा अचारमा पनि प्रयोग गर्न सकिन्छ ।

४.ओखर
मस्तिष्क आकारको ओखमा ओमेगा ३ फ्याटी एसिड अत्यधिक मात्रामा पाइन्छ । ओमेगा ३ का कारण मस्तिष्कमा सूचनाको आदानप्रदान राम्रोसँग हुन्छ । जसका कारण ओख्खर खानाले मस्तिष्क तेजिलो हुन्छ ।

५.हल्दी
हल्दी र यसको सक्रिय कम्पाउन्ड कर्क्यूमिनसँग बलियो एन्टी–इन्फ्लेमेटरी र एन्टिअ‘ाक्सिडन्ट लाभहरू हुन्छन्, जसले मस्तिष्कलाई मद्दत गर्दछ । अनुसन्धानमा यसले डिप्रेसन र अल्जाइमर रोगका लक्षणहरूलाई कम गरेको छ।

६. ब्रोकोली : ब्रोकोलीमा धेरै यौगिक, शक्तिशाली एन्टिआक्सिडन्ट, एन्टी–इन्फ्लेमेटरी प्रभाव र भिटामिन के हुन्छन् । जसले मस्तिष्कलाई क्षति हुनबाट बचाउँछ ।

७. ग्रिन टी : एन्टीअक्सिडेन्ट तत्वले भरपुर ग्रिन टीले सम्झना शक्ति बढाउन मद्दत गर्छ । यसमा पोलिफिनोल तत्त्व पाइन्छ, जसले स्मरण शक्ति अझै बढाउँछ । दैनिक दुई कप ग्रिन टी नियमित सेवनले स्मरण शक्ति बढाउन निकै मत गर्छ ।

८. पालुङ्गो : पालुङ्गोमा पोटासियम हुन्छ । यसले मस्तिष्कको कोशिकामा राम्रो सम्पर्क बनाउँछ । साथै सोच्ने तथा याद राख्ने शक्ति बढाउँछ । पालुङ्गोमा एन्टीअक्सिडेन्ट बाहेक म्याग्नेसियम, फोलेट, भिटामिन ‘ई’ तथा भिटामिन ‘के’ पाइन्छ, जसले डिमेन्सिया हुनबाट जोगाउँछ । पालुङ्गोले स्मरण क्षमता बढाउनुका साथै क्याल्सियमको समेत राम्रो स्रोत हो ।

९. बदाम : बदाममा भिटामिन ३ प्रचुर मात्रामा पाइन्छ । यसले मस्तिष्कमा फाइदा पु¥याउँछ साथै स्मरण क्षमता बढाउन मद्दत गर्छ ।

१०. अण्डा : अण्डा दिमागको स्वास्थ्यसँग जोडिएको धेरै पौष्टिक तत्त्वहरूको राम्रो स्रोत हो । अण्डामा भिटामिन बी, बी १२, फोलेट र कोलीन उपलब्ध हुन्छ । जसले मानसिक गिरावटलाई बचाउँछ । स्मरण शक्ति बलियो बनाउँछ । फालेट र भिटामिन बी १२ ले डिप्रेसनबाट बचाउँछ । फोलेटले डिमेन्सियाबाट बचाउँछ । भिटामिन बी र कोलीनले मस्तिष्कको विकासका सार्थ मुडलाई नियमित गर्न मदत गर्छ ।

११. फर्सीको बिउ : फर्सीको बिउमा तामा , फलाम, म्याग्नेसियम र जिङ्क पाइन्छ । जसमा धेरै सूक्ष्म पोषकतत्वहरू हुन्छन् जो मस्तिष्कको लागि महत्त्वपूर्ण मानिएको छ ।

यस्तै विभिन्न खानाले तपाईँको दिमाग स्वस्थ राख्न मद्दत गर्दछ। केही खानाहरू, जस्तै फल र तरकारी, साथ साथै चिया र कफीमा एन्टिआक्सीडन्ट छ । जसले तपाईँको मस्तिष्कलाई क्षतिबाट बचाउन मद्दत गर्दछ। नट र अण्डाहरूमा पोषण तत्त्व हुन्छन् जसले मेमोरी र मस्तिष्कको विकासलाई समर्थन गर्दछ। मस्तिष्कको स्वास्थ्यलाई समर्थन गर्न र सतर्कता, मेमोरी र मुडलाई बढवा दिन सकिन्छ । रणनीतिक रूपमा तपाईँको भोजनमा यी खाद्य पदार्थहरू समावेश गर्नु जरुरी छ । मकालु खबर बाट सभार

 

सुदूरपश्चिमखबर संंवाददाता

सुदूरपश्चिमखबर संंवाददाता

सम्बन्धित

बौद्ध र स्वयम्भूमा श्रद्धालुको घुइँचो
जीवनशैली

बौद्ध र स्वयम्भूमा श्रद्धालुको घुइँचो

२०७९ बैशाख १८, आईतवार ०७:०५
देशभरिका बालबालिकालाई भिटामिन ‘ए’ र जुकाको औषधि खुवाउन सुरु
स्वास्थ्य

देशभरिका बालबालिकालाई भिटामिन ‘ए’ र जुकाको औषधि खुवाउन सुरु

२०७९ बैशाख १८, आईतवार ०७:०५
काठमाण्डौको असनमा आजदेखि हरेक शनिबार सवारी साधन प्रवेश निषेध : मौलिकता फिर्ता गराउने उद्देश्य
जीवनशैली

काठमाण्डौको असनमा आजदेखि हरेक शनिबार सवारी साधन प्रवेश निषेध : मौलिकता फिर्ता गराउने उद्देश्य

२०७९ बैशाख १८, आईतवार ०७:०५

Discussion about this post

फेसबुक पेज

नयाँ प्रकाशित

तनहुँ जलविद्युत् आयोजनाको ७५ प्रतिशत भौतिक प्रगती पूरा

तनहुँ जलविद्युत् आयोजनाको ७५ प्रतिशत भौतिक प्रगती पूरा

२०७९ बैशाख १८, आईतवार ०७:०५
आगामी बजेट निजी क्षेत्रमैत्री हुनेछ: अर्थमन्त्री डा. स्वर्णिम वाग्ले

आगामी बजेट निजी क्षेत्रमैत्री हुनेछ: अर्थमन्त्री डा. स्वर्णिम वाग्ले

२०७९ बैशाख १८, आईतवार ०७:०५
राष्ट्रपतिद्वारा सम्पत्ति शुद्धीकरण अध्यादेश जारी

राष्ट्रपतिद्वारा सम्पत्ति शुद्धीकरण अध्यादेश जारी

२०७९ बैशाख १८, आईतवार ०७:०५
दाउन्नेमा एकतर्फी ढलान सकियो

दाउन्नेमा एकतर्फी ढलान सकियो

२०७९ बैशाख १८, आईतवार ०७:०५
डिजिटल इकोसिस्टम निर्माण सरकारको प्राथमिकताः सञ्चारमन्त्री डा. विक्रम तिमिल्सिना

डिजिटल इकोसिस्टम निर्माण सरकारको प्राथमिकताः सञ्चारमन्त्री डा. विक्रम तिमिल्सिना

२०७९ बैशाख १८, आईतवार ०७:०५
‘वर्ल्ड लिङ्क बिट द स्पीड’ को तेस्रो संस्करणका लागि एन्ड्रयु लियोनार्ड महेन्द्रनगर आउँदै

‘वर्ल्ड लिङ्क बिट द स्पीड’ को तेस्रो संस्करणका लागि एन्ड्रयु लियोनार्ड महेन्द्रनगर आउँदै

२०७९ बैशाख १८, आईतवार ०७:०५

आशिर्वाद मिडिया प्रा. लि.  द्वारा सञ्चालित

सुदूरपश्चिमखबर डट्कम

sudurpashimkhabar.com

कम्पनी दर्ता नम्बरः २२४७९७-०७६-७७

सूचना बिभाग दर्ता नम्बर: २१७५-०७७-०७८

प्रेस काउन्सिल सूचिकरण न : २३४५

सञ्चालक: मनिषा भट्ट

अतिथि सम्पादक: हिरा कुमारी भट्ट

सम्पादक: बिरेन्द्र कलौनी

कार्यकारी प्रमुख: प्रकाश भट्ट

फोटो पत्रकार: दिपक नाथ

संवाददाता: रबि भट्ट

सम्पर्कका लागि...

सुदूरपश्चिमखबर डट्कम

ठेगानाः वेदकोट-९ लालपुर, कञ्चनपुर

सम्पर्क नम्बर: 9848358880

इमेल: [email protected]

© 2026Aashirbad Media Pvt.Ltd. All rights reserved.

Design & Developed by: Donoo Logo

No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व