Sudurpashim Khabar
No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
No Result
View All Result
Sudurpashim Khabar
No Result
View All Result

अण्डा शाकाहारी कि मांसाहारी ?

सुदूरपश्चिमखबर संंवाददाता by सुदूरपश्चिमखबर संंवाददाता
२०७९ बैशाख १५, बिहीबार १३:३५
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

सामान्यतः शाकाहारी भन्नाले जनावरको निश्चित उत्पादन नखाने व्यक्तिलाई जनाउँछ । सबै शाकाहारीले मासु खाँदैनन् । तर, शाकाहारीले अण्डा खान्छन् भन्दा तपाईंलाई अचम्म लाग्न सक्छ ।

प्रायःजसो शाकाहारी खानेकुरा भन्नाले जनावरको मासु नखानु भन्ने बुझिन्छ । तसर्थ, कतिपय शाकाहारीले अण्डा खान्छन् । यद्यपि, उनीहरूले कुखुरा र माछालाई भने आफ्नो दैनिक खानेकुरामा समावेश गरेका हुँदैनन् ।

अझै धेरै व्यक्तिले अण्डालाई शाकाहारी खानेकुराका रूपमा मान्यता दिँदैनन् । यदि पोथी र भालेको सम्भोगपछि उत्पादित अण्डाबाट चल्ला कोरलिन्छ । त्यही भएर जनावरको मासु नखाने शाकाहारीले अण्डा खान नहुने तर्क राख्छन् ।

यदि अण्डा निषेचित गरिएको छैन र चल्ला कोरलिने सम्भावना छैन भने त्यसलाई शाकाहारी मान्नुपर्छ भन्ने तर्क पनि छ । त्यस्तो अण्डालाई दूध र नौनीजस्तै जनावरको उत्पादन मान्ने गरिन्छ । व्यवसायिक रूपमा उत्पादित ग्रसरीमा पाइने अण्डा अनिषेचित हुन्, तिनीहरूबाट चल्ला कोरल्न मिल्दैन । हिन्दु, जैनजस्ता केही धर्मले शाकाहारी खानेकुरालाई जोड दिन्छन् र उनीहरूले अण्डालाई पूर्ण रूपमा निषेध गर्नुका साथै पटक्कै शाकाहारी मान्दैन ।

तर, पछिल्लो समयमा विज्ञानले भने अण्डा शाकाहारी भएको पुष्टि गरिसकेको छ । वैज्ञानिकहरूका अनुसार अण्डामा बाहिरी बोक्रा, सेतो र पहेलो गरी तीन भाग हुन्छ । सेतो भागमा प्रोटीन हुन्छ भने पहेलो भागमा प्रोटीन, कोलेस्टेरोल र फ्याट हुन्छ । हामीले खाने अण्डा निषेचित (फर्टिलाइज्ड) नभएको हुनाले त्यसबाट चल्ला कोरिलिने सम्भावना हुँदैन । त्यही भएर वैज्ञानिकहरूले अण्डालाई शाकाहारी पुष्टि गर्दै वर्षौदेखिको विवाद अन्त्य गरिदिएका छन् ।

शरीरमा पौष्टिक पदार्थ परिपूर्ति गर्नका लागि अण्डा खानुपर्ने विज्ञहरूको सुझाव छ । अण्डालाई अत्यधिक पौष्टिक पदार्थ भएको वस्तु मानिन्छ । एउटा ठूलो अण्डामा ६ ग्राम प्रोटिनका साथै भिटामिन र मिनरल्स पाइन्छ । वस्तवमा अण्डाको पहेलो भाग शरीरलाई तन्दुरुस्त राख्न चाहिने कोलिन भन्ने तत्त्वको सबैभन्दा उत्कृष्ट स्रोत हो । कतिपय शाकाहारी व्यक्तिले मासु र माछा नखाए पनि अण्डालाई पोषक खानेकुराका रूपमा छनोट गर्छन् ।

अर्कोतर्फ, कतिपय अवस्थामा अण्डामा उच्च मात्रामा कोलेस्टेरोल हुने भएकाले यसलाई अस्वस्थ खानेकुरा पनि मानिन्छ । केही अनुसन्धानले कोलेस्टेरोलयुक्त अण्डा खाँदा रगतमा यसको मात्रा बढ्ने देखाएका छन् भने केही अनुसन्धानले चाहिँ खानेकुरामा भएको कोलेस्टेरोलले मुटुसम्बन्धी रोगमा जोखिम नपार्ने उल्लेख गरेका छन् ।

एक अध्ययनअनुसार अण्डा खाने ७० प्रतिशत व्यक्तिमा यसको मात्रा बढेको पाइएन । अनुसन्धानमा एकरूपता नभएको अवस्थामा केही शाकाहारीले अण्डा त्याग गरिरहेको देखिन्छ भने अन्यलाई डाइटको भागकै रूपमा अण्डा खाइरहेका छन् ।

कुनै शाकाहारी व्यक्तिले अण्डा खायो भने उसलाई फरक नामले सम्बोधन गरिन्छ ।शकाहारीका पनि विभिन्न प्रकार रहेका छन् । अण्डा, माछा र मासु नखाने तर दूध मात्र खाने शाकाहारीलाई लेक्टो–भेजेटरियन भनिन्छ । मासु, माछा र दूध नखाने तर अण्डा चाहिँ खानेलाई ओभो भेजेटरियन भनिन्छ । त्यसैगरी, मासु र माछा नखाए पनि अण्डा र दूध चाहिँ खानेलाई लेक्टो–ओभो भेजेटरियन भनिन्छ । मासु, माछा, दूधजनयअण्डा, महजस्ता जनावरको कुनै पनि उत्पादन नखाने व्यक्तिलाई भेगान भनिन्छ । मकालु खबर बाट सभार

सुदूरपश्चिमखबर संंवाददाता

सुदूरपश्चिमखबर संंवाददाता

सम्बन्धित

बौद्ध र स्वयम्भूमा श्रद्धालुको घुइँचो
जीवनशैली

बौद्ध र स्वयम्भूमा श्रद्धालुको घुइँचो

२०७९ बैशाख १५, बिहीबार १३:३५
देशभरिका बालबालिकालाई भिटामिन ‘ए’ र जुकाको औषधि खुवाउन सुरु
स्वास्थ्य

देशभरिका बालबालिकालाई भिटामिन ‘ए’ र जुकाको औषधि खुवाउन सुरु

२०७९ बैशाख १५, बिहीबार १३:३५
काठमाण्डौको असनमा आजदेखि हरेक शनिबार सवारी साधन प्रवेश निषेध : मौलिकता फिर्ता गराउने उद्देश्य
जीवनशैली

काठमाण्डौको असनमा आजदेखि हरेक शनिबार सवारी साधन प्रवेश निषेध : मौलिकता फिर्ता गराउने उद्देश्य

२०७९ बैशाख १५, बिहीबार १३:३५

Discussion about this post

फेसबुक पेज

नयाँ प्रकाशित

तनहुँ जलविद्युत् आयोजनाको ७५ प्रतिशत भौतिक प्रगती पूरा

तनहुँ जलविद्युत् आयोजनाको ७५ प्रतिशत भौतिक प्रगती पूरा

२०७९ बैशाख १५, बिहीबार १३:३५
आगामी बजेट निजी क्षेत्रमैत्री हुनेछ: अर्थमन्त्री डा. स्वर्णिम वाग्ले

आगामी बजेट निजी क्षेत्रमैत्री हुनेछ: अर्थमन्त्री डा. स्वर्णिम वाग्ले

२०७९ बैशाख १५, बिहीबार १३:३५
राष्ट्रपतिद्वारा सम्पत्ति शुद्धीकरण अध्यादेश जारी

राष्ट्रपतिद्वारा सम्पत्ति शुद्धीकरण अध्यादेश जारी

२०७९ बैशाख १५, बिहीबार १३:३५
दाउन्नेमा एकतर्फी ढलान सकियो

दाउन्नेमा एकतर्फी ढलान सकियो

२०७९ बैशाख १५, बिहीबार १३:३५
डिजिटल इकोसिस्टम निर्माण सरकारको प्राथमिकताः सञ्चारमन्त्री डा. विक्रम तिमिल्सिना

डिजिटल इकोसिस्टम निर्माण सरकारको प्राथमिकताः सञ्चारमन्त्री डा. विक्रम तिमिल्सिना

२०७९ बैशाख १५, बिहीबार १३:३५
‘वर्ल्ड लिङ्क बिट द स्पीड’ को तेस्रो संस्करणका लागि एन्ड्रयु लियोनार्ड महेन्द्रनगर आउँदै

‘वर्ल्ड लिङ्क बिट द स्पीड’ को तेस्रो संस्करणका लागि एन्ड्रयु लियोनार्ड महेन्द्रनगर आउँदै

२०७९ बैशाख १५, बिहीबार १३:३५

आशिर्वाद मिडिया प्रा. लि.  द्वारा सञ्चालित

सुदूरपश्चिमखबर डट्कम

sudurpashimkhabar.com

कम्पनी दर्ता नम्बरः २२४७९७-०७६-७७

सूचना बिभाग दर्ता नम्बर: २१७५-०७७-०७८

प्रेस काउन्सिल सूचिकरण न : २३४५

सञ्चालक: मनिषा भट्ट

अतिथि सम्पादक: हिरा कुमारी भट्ट

सम्पादक: बिरेन्द्र कलौनी

कार्यकारी प्रमुख: प्रकाश भट्ट

फोटो पत्रकार: दिपक नाथ

संवाददाता: रबि भट्ट

सम्पर्कका लागि...

सुदूरपश्चिमखबर डट्कम

ठेगानाः वेदकोट-९ लालपुर, कञ्चनपुर

सम्पर्क नम्बर: 9848358880

इमेल: [email protected]

© 2026Aashirbad Media Pvt.Ltd. All rights reserved.

Design & Developed by: Donoo Logo

No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व