बैतडी – जिल्लाको दशरथचन्द नगरपालिका वडा नम्बर एक बाट वडा अध्यक्ष पदमा नेपाली कांग्रेसका युवा नेता भुवन भट्टले पुनः मनोनयन दर्ता गराएका छन् । गुरुखोलाको समग्र विकासका लागि युवाको आवश्यकतालाई मध्यनजर गर्दै तथा विगतमा रहेका सम्पूर्ण कमी कमजोरी तथा अपूर्ण रहेका कामलाई पूर्णता दिने उद्देश्यले उनले पुनः उम्मेदवारी दिएको भट्ट बताउँछन । वडामा सुशासन कायम गरी शिक्षा स्वास्थ्य खानेपानी यातायात तथा जनताका आधारभूत आवश्यकतालाई मध्यनजर गर्दै पुन: उम्मेदवारी दिएको उनको भनाई छ। अहिले मनोनयन दर्ता पछि उनी चुनावी प्रचार प्रसारमा रहेको भट्टले बताए। भुवन भट्ट नेपाली काँग्रेस दशरथचन्द नगरपालिका नगर सभापति र २०७४ सालको चुनावमा निर्वाचित वडा अध्यक्ष पनि हुन ।
सञ्चालक: मनिषा भट्ट
अतिथि सम्पादक: हिरा कुमारी भट्ट
सम्पादक: बिरेन्द्र कलौनी
कार्यकारी प्रमुख: प्रकाश भट्ट
फोटो पत्रकार: दिपक नाथ
संवाददाता: रबि भट्ट








Discussion about this post