सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

बैतडीको पुर्चौंडी र मेलौलीमा माओवादीका उम्मेदवारले गरे मनोनयन दर्ता

बैतडी –आसन्न स्थानीय तहको निर्वाचनका लागि बैतडीको पुर्चौंडी र मेलौली नगरपालिकामा माओवादी केन्द्रका उम्मेदवारहरुले मनोनयन दर्ता गराएका छन् । निर्वाचन अधिकृतको कार्यालयमा पुगेर उम्मेदवारहरुले मनोनयन दर्ता गराएका हुन् ।

पुर्चौंडी नगरपालिकाको मेयर पदमा माओवादी केन्द्रका तर्फबाट विक्रम कुँवर (प्रतीक) र नन्दा शाहको उम्मेदवारी दर्ता भएको निर्वाचन अधिकृत केवलीराम अधिकारीले बताए । यस्तै माओवादीका तर्फबाट वडाका प्रतिनिधिहरुले उम्मेदवारी दर्ता गरेका उनले बताए ।

Sana Kishan

यस्तै मेलौली नगरपालिकामा माओवादी केन्द्रका तर्फबाट मेयरमा भीमबहादुर चन्द (भुकम्प) र मनिषा दयालको उम्मेदवारी दर्ता भएको निर्वाचन अधिकृत जनकसिंह बोहराले बताए । यस्तै माओवादीका तर्फबाट वडाका उम्मेदवारहरुले पनि मनोनयन दर्ता गराएका छन् ।

World Link Ads
Mahakali Polytechnic

यस्तै सुर्नया गाउँपालिकाको अध्यक्षमा स्वतन्त्रबाट जितबहादुर महराले मनोनयन दर्ता गराएका छन् । जिल्लाका धेरै जसो स्थानीय तहमा मनोनयन दर्ताको काम शुरु भएको मुख्य निर्वाचन अधिकृत तिलकबहादुर कार्कीले बताए । सगुन खबर बाट सभार

 

Purnagiri Ads
Indreni
सम्वन्धित समाचार
New digital House
जवाफ छाड्नुस्

Your email address will not be published.