सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

बैतडी जिल्लामा कांग्रेसले अझै छान्न सकेन उम्मेदवार

नेपाली कांग्रेस बैतडीलाई उम्मेदवार छनौट गर्न सकस भएको छ । आसन्न स्थानीय तहको निर्वाचनका लागि मनोनयन दर्ता गर्ने दिन आइसक्दा समेत कांग्रेसले उम्मेदवार छनौट गर्न नसकेको हो ।

दोगडाकेदार गाउँपालिका, पञ्चेश्वर गाउँपालिका र डिलाशैनी गाउँपालिकामा सत्तागठबन्धन दलहरुसंग चुनावी तालमेल गर्ने निर्णय गरेको कांग्रेसले ती पालिकाहरुमा भने आफ्ना उम्मेदवारको टुंगो लगाईसकेको छ । दोगडाकेदार गाउँपालिकामा अध्यक्ष पदका लागि देवराज जोशी, पञ्चेश्वर गाउँपालिकामा अध्यक्ष पदका लागि रमेशसिंह भण्डारी र डिलाशैनी गाउँपालिकामा उपाध्यक्ष पदका लागि भरतबहादुर बोहरालाई उम्मेदवार चयन गरेको छ ।

Sana Kishan

यस्तै पुर्चौंडी नगरपालिकाको मेयर पदका लागि दीपकबहादुर बमलाई उम्मेदवार बनाएको कांग्रेसले उपमेयर पदको उम्मेदवार भने टुंगो लगाउन सकेको छैन् । उम्मेदवारको टुंगो लाग्न बाँकी रहेका नगरपालिकामा प्रदेश संसदीय बोर्डले आज उम्मेदवारको टुंगो लगाउने कांग्रेस बैतडीका सचिव प्रेमबहादुर चन्दले बताए ।

World Link Ads
Mahakali Polytechnic

सुर्नया गाउँपालिका, सिगास गाउँपालिका र शिवनाथ गाउँपालिकाको हकमा जिल्लाको संसदीय बोर्डले आजै उम्मेदवारको टुंगो लगाउने उनले बताए ।

Dirghayu Ads

नेपाली कांग्रेसले भोलि दिउँसो १ बजे आफ्ना उम्मेदवारहरुको मनोनयन दर्ता गर्ने तयारी गरेको छ । सगुन खबर बाट सभार

 

Purnagiri Ads
Indreni
सम्वन्धित समाचार
New digital House
जवाफ छाड्नुस्

Your email address will not be published.