Sudurpashim Khabar
No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
No Result
View All Result
Sudurpashim Khabar
No Result
View All Result

मधुरो प्रकाशमा सुत्दा पनि स्वास्थ्यमा हानी

सुदूरपश्चिमखबर संंवाददाता by सुदूरपश्चिमखबर संंवाददाता
बैशाख १०, २०७९
0
SHARES
3
VIEWS
Share on FacebookShare on Twitter

मधुरो प्रकाशमा एकै रात सुतियो भने पनि त्यसले स्वास्थ्यमा असर गर्ने एक अध्ययनले देखाएको छ । आवाज बन्द गरिएको टेलिभिजनको मधुरो प्रकाशमा वा मधुरो बत्ती (डिम लाइट) बालेर राती सुत्दा शरीरमा रक्तचाप र मधुमेह(सुगर)को मात्रा बढ्ने उक्त अध्ययनको निश्कर्ष छ । सुत्दा मधुरो प्रकाश आँखाको ढक्कनमा पर्ने, त्यसले आँखा बन्द गर्न गाह्रो हुने र निद्रामा असर गर्ने अध्ययनमा संलग्न नर्थवेस्टर्न युनिभर्सिटी फेइनबर्ग स्कुल अफ मेडिसिनका निर्देशक डा. फिलिस जीले बताए ।

सामान्यतया रातको समयमा धड्कनको गती घट्छ । मुटुको धड्कनको गति बढ्नु भविष्यमा मुटुसम्बन्धी रोगको लक्षणको रुपमा लिइन्छ । तर प्रकाशले धड्कनको गती बढाइदिन्छ । फलस्वरुप रातको समयमा मुटुको धड्कनको गती बढेर निन्द्रामा समेत समस्या देखापर्छ । यसले मुटु सम्बन्धी रोग निम्त्याउछ ।

शरीरमा चिनीको मात्रा उच्च हुनु भनेको इन्सुलिनको मात्रामा प्रतिरोध आउने संकेत हो । यसले शरीरमा ग्लुकोजको सही तरिकाले बहन हुन दिँदैन । फलस्वरुप शरीरमा बढी इन्सुलिन प्रवाह हुने समस्या देखा पर्छ । यसले शरीरमा टाइप–२ डाइबिटिज रोग लाग्न सक्छ ।

आँखा बन्द गरेर सुत्ने
अनुसन्धानले रातको समयमा लिइने कृत्रिम प्रकाशले तौल वृद्धि, मोटोपना, मेटाबोलिक कार्यमा अवरोध, इन्सुलिनको मात्रामा अस्थिरता, मधुमेह विकास र हृदयघातको उच्च जोखिममा यसको प्रभावबारे पत्ता लगाएको छ ।

अमेरिकामा बत्ती बालेर सुत्दा के साच्चै मेटाबोलिज्मलाई असर गर्छ त ? गर्छ भने किन भन्ने खोज गरिएको थियो । त्यसको सर्वेमा २० जना मानिसलाई लिइएको थियो । उनिहरुलाई २ रात निन्द्रा प्रयोगशालामा राखिएको थियो । पहिलो रात अध्याँरो कोठामा राखिएको थियो । कोठामा अध्ययन र निगरानी गर्ने तर प्रयोगमा ल्याइएको ब्यक्तीको निन्द्रालाई कुनै असर नगर्ने उपकरणहरु जडान गरिएको थियो । निन्द्रामा परेका ब्यक्तीलाई कुनै असर नपर्ने गरी रगत निकाल्ने ब्यवस्था गरिएको थियो । कोठामा निन्द्रा नलागे पनि कुनै पनि बस्तु नदेखिने गरी अँध्यारो बनाइएको थियो । त्यसबाट दिमागको तरंग, निन्द्राको चरण, धड्कनको गतीको नाप लिइएको थियो ।

त्यस्तै सुतिरहेको बेलामा मेलाटोनिनको स्तर समेत पत्ता लगाउन रगत परीक्षण गरिएको थियो । मेलाटोनिन एक हर्मोन हो, जसले मानिसको सुत्ने र ब्यूँझने समयलाई परिवर्तन गर्ने काम गर्छ । अर्को दिन मधुरो प्रकाश जडान गरेर उही ब्यक्तीलाई सुत्ने वातावरण मिलाइयो । त्यहाँ ननिदाए पनि आँखा बन्द गर्नैपर्ने नियम बनाइएको थियो । जसले गर्दा बन्द आँखाबाट पनि १० प्रतिशत प्रकाश भित्र छिर्न सक्थ्यो । त्यस दिन मुटुको धड्कन, इन्सिुलिन, रक्तचाप सबै उच्च भएको पाइयो । स्नायु प्रणाली पनि असन्तुलित पाइयो । तर पनि शरिरमा मेलाटोनिनको स्तर घटाउन भने प्रशस्त प्रकाश थिएन । नतिजलाई ‘जर्नल अफ द प्रोसिडिङ्स अफ द नेसनल एकेडेमी अफ साइन्स’ मा प्रकाशित गरिएको छ ।

के गर्नुपर्छ ?
राम्रो निन्द्रा लाग्नको लागि पर्दा बन्द गर्ने, बत्ती निभाउँने र आँखा चिम्लिएर बस्नुपर्छ । सम्भव भएमा स्लिप मास्कको पनि प्रयोग गर्न सकिन्छ । निदाउँनको लागि यदी धेरै नै बढी प्रकाश छ भने सुत्न बेडमा जानुभन्दा केही समय अघि नै बत्ती निभाउनुपर्छ । त्यसो गरेमा सुत्ने वातावरण तयार हुन्छ । यदी कसैलाई राती प्रकाश नभई नहुने छ भने त्यसको लागि कोठामा अती मधुरो प्रकाशको व्यवस्था गर्न सकिन्छ । आफ्नो कोठामा कस्तो प्रकारको प्रकाश छ भन्ने कुरामा भने अती सचेत हुनु आवश्यक छ । कुनै पनि निलो किरण भएको प्रकाशलाई कोठामा प्रवेश गर्न दिनु हुँदैन । जस्तैः टेलिभिजन, स्मार्टफोन, कम्प्युटर, ल्यापटप, ट्याब आदीको प्रकाश हुनु हुँदैन । इलेक्ट्रोनिक उपकरणबाट आउने प्रकाश शरीरको लागि खतरनाक हुन्छ । निलो प्रकाश सबैभन्दा उत्तेजक प्रकारको प्रकाश हो । यदी बत्ती नै बाल्नुपर्ने आवश्यक छ भने रातो वा खैरो टोनको बत्ती छनोट गर्न सकिन्छ । एलइडी बत्ती जुनसुकै रङमा उपलब्ध छ । मकालु खबर बाट सभार

 

सुदूरपश्चिमखबर संंवाददाता

सुदूरपश्चिमखबर संंवाददाता

सम्बन्धित

जापानिज इन्सेफलाइटिसको जोखिम बढ्यो, स्वास्थ्य सेवा विभागद्वारा सतर्क रहन आग्रह
फ्ल्यास हेडिङ

जापानिज इन्सेफलाइटिसको जोखिम बढ्यो, स्वास्थ्य सेवा विभागद्वारा सतर्क रहन आग्रह

भदौ ८, २०८३
काउन्सिलको विशेष लाइसेन्स परीक्षामा ९८.३७% चिकित्सक उत्तीर्ण, १५ जना अनुत्तीर्ण
स्वास्थ्य

काउन्सिलको विशेष लाइसेन्स परीक्षामा ९८.३७% चिकित्सक उत्तीर्ण, १५ जना अनुत्तीर्ण

साउन २२, २०८३
डा. आशिष गोविन्द अमात्य शहीद गंगालाल हृदय केन्द्रको निर्देशकमा नियुक्त
स्वास्थ्य

डा. आशिष गोविन्द अमात्य शहीद गंगालाल हृदय केन्द्रको निर्देशकमा नियुक्त

साउन २२, २०८३

Discussion about this post

फेसबुक पेज

नयाँ प्रकाशित

एनसेलले बाढी प्रभावित क्षेत्रमा निःशुल्क भ्वाइस, डेटा र एसएमएस सेवा अवधि ७ दिन बढायो

एनसेलले बाढी प्रभावित क्षेत्रमा निःशुल्क भ्वाइस, डेटा र एसएमएस सेवा अवधि ७ दिन बढायो

भदौ १२, २०८३
‘बझाङ्गी बाघ’ रवीन्द्र ढाँट ‘रोड टू यूएफसी’ को फाइनलमा

‘बझाङ्गी बाघ’ रवीन्द्र ढाँट ‘रोड टू यूएफसी’ को फाइनलमा

भदौ १२, २०८३
व्यवसायी हितसँगै बजार सौन्दर्यीकरण र कोसेली घर सञ्चालन गर्ने वाणिज्य संघको योजना

व्यवसायी हितसँगै बजार सौन्दर्यीकरण र कोसेली घर सञ्चालन गर्ने वाणिज्य संघको योजना

भदौ १२, २०८३
रसुवा बाढीपीडितका लागि सुदूरपश्चिम सरकारले २ करोड सहयोग गर्ने

रसुवा बाढीपीडितका लागि सुदूरपश्चिम सरकारले २ करोड सहयोग गर्ने

भदौ १२, २०८३
रसुवा बाढी प्रभावितको राहतका लागि कञ्चनपुर उद्योग वाणिज्य संघद्वारा पाँच लाख पच्चीस हजार सहयोग

रसुवा बाढी प्रभावितको राहतका लागि कञ्चनपुर उद्योग वाणिज्य संघद्वारा पाँच लाख पच्चीस हजार सहयोग

भदौ १२, २०८३
छोचेन–पुरेपु दोभान क्षेत्रमा विशाल ताल बनेपछि चीनको सतर्कता सूचना

छोचेन–पुरेपु दोभान क्षेत्रमा विशाल ताल बनेपछि चीनको सतर्कता सूचना

भदौ ११, २०८३

आशिर्वाद मिडिया प्रा. लि.  द्वारा सञ्चालित

सुदूरपश्चिमखबर डट्कम

sudurpashimkhabar.com

कम्पनी दर्ता नम्बरः २२४७९७-०७६-७७

सूचना बिभाग दर्ता नम्बर: २१७५-०७७-०७८

प्रेस काउन्सिल सूचिकरण न : २३४५

सञ्चालक: मनिषा भट्ट

अतिथि सम्पादक: हिरा कुमारी भट्ट

सम्पादक: बिरेन्द्र कलौनी

कार्यकारी प्रमुख: प्रकाश भट्ट

फोटो पत्रकार: दिपक नाथ

संवाददाता: रबि भट्ट

सम्पर्कका लागि...

सुदूरपश्चिमखबर डट्कम

ठेगानाः वेदकोट-९ लालपुर, कञ्चनपुर

सम्पर्क नम्बर: 9848358880

इमेल: [email protected]

© 2026Aashirbad Media Pvt.Ltd. All rights reserved.

Design & Developed by: Donoo Logo

No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व