सुदूरपश्चिम खबर
sudurpashimkhabar.com
Bedkot Samudayik Ban

बैतडी जिल्लाका ६५ वडामा कांग्रेसले उम्मेदवारको टुंगो लगायो

79
Sana Kishan

बैतडी – आसन्न स्थानीय तहको निर्वाचनका लागि नेपाली कांग्रेसले बैतडीका ८४ वडा मध्ये ६५ वडामा उम्मेदवारको टुंगो लगाएको छ । बाँकी रहेका वडाहरुमा गठबन्धन दलहरुसंग तालमेल गर्नुपर्ने भएकाले उम्मेदवार छनौटमा ढिलाई भएको नेपाली कांग्रेस बैतडीका कोषाध्यक्ष चक्रबहादुर चन्दले बताए ।

Karnali Traders

पुर्चौंडी नगरपालिकाको वडा नं २, डिलाशैनी गाउँपालिकाको वडा नं ३,४, ५ र ७ , सुर्नया गाउँपालिकाको वडा नं ५, दशरथचन्द नगरपालिकाको वडा नं १, दोगडाकेदार गाउँपालिकाका सबै वडा, पाटन नगरपालिकाको वडा नं ९, सिगास गाउँपालिकाको वडा नं ३, पञ्चेश्वर गाउँपालिकाको वडा नं २ र शिवनाथ गाउँपालिकाको वडा नं ४ मा उम्मेदवारको टुंगो लाग्न बाँकी रहेको कोषाध्यक्ष चन्दले बताए ।

Arus

गठबन्धन भएका पालिकाहरुमा गठबन्धन दलहरुसंग छलफल गरेर उम्मेदवारको टुंगो लगाइनेछ भन्ने अन्य वडाहरुमा पनि भोलि सम्म उम्मेदवारको टुंगो लाग्ने नेपाली कांग्रेस बैतडीले जनाएको छ । सगुन खबर बाट सभार

 

kfg mit mart
Indreni
सम्वन्धित समाचार
Ganesh Samudayik Ban
जवाफ छाड्नुस्

Your email address will not be published.

8  +  2  =