Sudurpashim Khabar
No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
No Result
View All Result
Sudurpashim Khabar
No Result
View All Result

रुस–युक्रेन युद्धका कारण विश्वभर खाद्यान्न अभावको सङ्कट आउन थाल्यो : विश्व बैंक

सुदूरपश्चिमखबर संंवाददाता by सुदूरपश्चिमखबर संंवाददाता
बैशाख ९, २०७९
0
SHARES
5
VIEWS
Share on FacebookShare on Twitter

विश्व बैंकले रुसले युक्रेनमा गरेको आक्रमणका कारण विश्वभर खाद्यान्न अभावको सङ्कट उत्पन्न हुन थालेको जनाएको छ । विश्व बैंकका अध्यक्ष डेभिड मालपासले रुस–युक्रेन युद्धका कारण धेरै देशमा खाद्यान्न सङ्कट देखिइसकेको र विश्वले गम्भीर विपत्तिको सामना गर्नुपर्ने बताउनुभएको छ । युद्ध लम्बिँदै जाँदा खाद्यान्न अभाव बढ्दै जाने र चर्को मूल्य वृद्धिका कारण करोडौँ मानिस गरिबी र न्यून पोषणको अवस्थामा पुग्ने मालपासले बताएका बीबीसीले जनाएको छ ।

विश्व बैंकले खाद्यान्नको मूल्य ३७ प्रतिशतसम्म बढ्न सक्ने अनुमान गरेको छ । खाद्यान्न सङ्कटको अवस्थाले गरिब देशहरू चाँडै समस्यामा पर्ने भन्दै विश्व बैंकले यसले विद्यार्थीको शिक्षा र स्वास्थ्यमा पनि असर पुग्ने बताएको छ । रुस र युक्रेनबाट मुख्य रुपमा खाने तेल र गहुँ निर्यात हुने भए पनि यी वस्तुको अभावका कारण मकै, चामललगायतका अन्य खाद्यान्नको पनि भाउ बढ्ने जनाइएको छ । समस्याको समाधानका लागि कुनै एउटा देशले खाद्यान्न भण्डारण गरेर राख्न नहुने, विश्वव्यापी आपूर्ति सहज बनाउनुपर्ने, उत्पादन बढाउन ध्यान दिने लगायतका काम गर्नुपर्ने विश्व बैंकको सुझाव छ ।

खाद्यान्न र ऊर्जाको मूल्य बढ्दै जाँदा विकाशोन्मुख देशले विदेशी ऋण तिर्न नसक्दा अर्को समस्या आउनेतर्फ सचेत गराउँदै विश्व बैंकले गरिब देशहरूमध्ये ६० प्रतिशत देश ऋणको सङ्कटमा परिसकेको वा अधिक ऋणको उच्च जोखिममा रहेको बताएको छ । गरिब देशहरूलाई ऋणको बोझ कम गर्ने तरिका अहिले नै सोच्न जरुरी रहेको र विकल्प खोज्न जति ढिला भयो त्यति नै सङ्कट बढ्दै जाने पनि विश्व बैंकले जनाएको छ ।

यसअघि यसै महिनाको सुरुमा संयुक्त राष्ट्र सङ्घले पनि रुस–युक्रेन युद्धका कारण विश्वमा खाद्यान्नको चरम सङ्कट हुने चेतावनी दिएको थियो । खाद्यान्नको मूल्य वृद्धिको दर हेर्दा ६० वर्षयताकै उच्च रहेको भन्दै राष्ट्र सङ्घले बेलैमा सोच्न आग्रह गरेको छ । उज्यालो अनलाइन बाट सभार

 

 

सुदूरपश्चिमखबर संंवाददाता

सुदूरपश्चिमखबर संंवाददाता

सम्बन्धित

इरानले व्यावसायिक जहाजका लागि ‘हर्मुज जलमार्ग’ पुनः खुला गरेको घोषणा
विश्व

इरानले व्यावसायिक जहाजका लागि ‘हर्मुज जलमार्ग’ पुनः खुला गरेको घोषणा

बैशाख ५, २०८३
“लेबनानमा युद्ध-विराम लागु भयो”
विश्व

“लेबनानमा युद्ध-विराम लागु भयो”

बैशाख ४, २०८३
खाडी राष्ट्रका नेताहरूसँग उच्चस्तरीय भेटघाट गर्ने अमेरिकी राष्ट्रपति ट्रम्पको तयारी
विश्व

गाजा युद्धविरामपछि अमेरिकी राष्ट्रपति ट्रम्प इजरायल प्रस्थान

अशोज २७, २०८२

Discussion about this post

फेसबुक पेज

नयाँ प्रकाशित

अन्तर्राष्ट्रिय बजारमा सुनको भाउ २७ प्रतिशत घट्यो, नेपालमा पनि प्रभाव

सुनको भाउ घट्यो, तोलामा १ हजार ६०० रुपैयाँ

असार ९, २०८३

नीति, नियत र नियती !

असार ९, २०८३
चिया निर्यात समस्या समाधान गर्न सरकारद्वारा कार्यदल गठन

चिया निर्यात समस्या समाधान गर्न सरकारद्वारा कार्यदल गठन

असार ९, २०८३
कञ्चनपुरका सुभास उपाध्यायले भारोत्तोलनमा जिते स्वर्ण

कञ्चनपुरका सुभास उपाध्यायले भारोत्तोलनमा जिते स्वर्ण

असार ९, २०८३
लालझाडी गाउँपालिकाको बजेट ४.१२ प्रतिशतले वृद्धि, ४६ करोड ५ लाखको बजेट सर्वसम्मत पारित

लालझाडी गाउँपालिकाको बजेट ४.१२ प्रतिशतले वृद्धि, ४६ करोड ५ लाखको बजेट सर्वसम्मत पारित

असार ९, २०८३
नागरिकले मुद्दाका लागि काठमाडौं धाउनुपर्ने अवस्था अन्त्य हुनुपर्छ : अधिवक्ता विष्णु गिरी

नागरिकले मुद्दाका लागि काठमाडौं धाउनुपर्ने अवस्था अन्त्य हुनुपर्छ : अधिवक्ता विष्णु गिरी

असार ९, २०८३

आशिर्वाद मिडिया प्रा. लि.  द्वारा सञ्चालित

सुदूरपश्चिमखबर डट्कम

sudurpashimkhabar.com

कम्पनी दर्ता नम्बरः २२४७९७-०७६-७७

सूचना बिभाग दर्ता नम्बर: २१७५-०७७-०७८

प्रेस काउन्सिल सूचिकरण न : २३४५

सञ्चालक: मनिषा भट्ट

अतिथि सम्पादक: हिरा कुमारी भट्ट

सम्पादक: बिरेन्द्र कलौनी

कार्यकारी प्रमुख: प्रकाश भट्ट

फोटो पत्रकार: दिपक नाथ

संवाददाता: रबि भट्ट

सम्पर्कका लागि...

सुदूरपश्चिमखबर डट्कम

ठेगानाः वेदकोट-९ लालपुर, कञ्चनपुर

सम्पर्क नम्बर: 9848358880

इमेल: [email protected]

© 2026Aashirbad Media Pvt.Ltd. All rights reserved.

Design & Developed by: Donoo Logo

No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व