सुदूरपश्चिम खबर
sudurpashimkhabar.com
Bedkot Samudayik Ban

मोटोपन घटाउन अपनाउनुहोस् यी १४ तरिका !!

216
Sana Kishan

मोटोपन कसरी घटाउने, तौल कसरी कम गर्ने ? अहिले धेरैको निम्ती टाउको दुखाईको बिषय बनेको छ यो। यसैको समाधानका लागि कोही जिम धाइरहेका छन्, कोही योगको शरणमा पुगेका छन्। कसैले चिकित्सकिय विधी अपनाएका छन्, कसैले खानामा कटौती गरेका छन्।

तौल बढ्नु वा मोटोपन आफैमा समस्या हो। यसले अरु समस्यालाई समेत निम्त्याउँछ। शरीर भद्दा र असुहाउँदिलो देख्ने मात्र होइन, उच्च रक्तचाप, मधुमेह जस्ता दीर्घ रोगको खतरा पनि बढाउँछ। त्यसैले अहिलेका पुस्ताका निम्ति मोटोपन वा तौल नियन्त्रण ठूलो चुनौती बनेको छ।

Arus

किन बढ्छ तौल र मोटोपन ?

Nepali Khaja

विभिन्न अध्ययनमा के देखिएको छ भने, मोटोपन बढ्नुमा बाह्य कारण मात्र जिम्मेवार छैन । कतिपय अवस्थामा यो बंशानुगत रुपमा आउने गर्छ । जस्तो, बावुबाजे मोटा छन् भने त्यसको प्रभाव उनीहरुको सन्तानमा पनि देखिन्छ । यद्यपी यो सबैमा हुदैन ।

खासमा अहिलेको खानपान र जीवनशैली नै मोटोपनको कारण हो । चिल्लो, चाप्लो, मसलेदार खानेकुरा, जंक फूड, कोल्ड ड्रिंक आदिको जथाभावी सेवनले मोटोपन बढाएको बताइन्छ । त्यस्तै निस्क्रिय जीवनशैली, अस्वस्थ्यकर दिनचर्या यसको जिम्मेवार मानिएको छ ।

कसरी नियन्त्रण गर्ने मोटोपन वा तौल ?

मोटोपन घटाउन जीवनशैली र खानपानमा परिवर्तन ल्याउनुपर्छ । सन्तुलित खानपान र जीवनशैली एक प्राकृतिक विकल्प हो, जसले मोटोपन एवं तौल नियन्त्रण गर्न सकिन्छ । अतः यहाँ इजी वेट लस टिप्स दिइएको छ ।

खानपान

मोटोपन वा तौल नियन्त्रणका लागि खानपान कटौती गर्छन् । फास्टिङ गर्छन् । यद्यपी यसले शरीरमा आवश्यक पोषणको कमी हुन्छ । त्यसैले तौल घटाउनका लागि खानपानमा कटौती गर्ने होइन । बरु, स्वस्थ्य र सन्तुलित खानेकुरामा जोड दिनुपर्छ । पानीको सेवन बढाउनुपर्छ । पानी र फलफूल सेवन गरेपछि अतिरिक्त खानेकुरा नियन्त्रण हुन्छ । यसले स्वतः तौल नियन्त्रणमा सहयोग पुग्छ ।

दिनचर्या

निस्किय दिनचर्या मोटोपन एवं तौल बढ्ने कारण हुन् । एकै स्थानमा लामो समय बस्ने । सुत्ने, उठ्ने अनियमित तालिका । राती अबेरसम्म बस्ने बानी । यी सबै आनीबानीले हो, मोटोपन बढाउने ।

त्यसैले तौल एवं मोटोपन नियन्त्रणका लागि सक्रिय दिनचर्या आवश्या हुन्छ । साथै व्यायाम गर्ने, पैदल हिँड्ने लगायत शारीरिक गतिविधिलाई बढाउनुपर्छ ।

इजी वेट लस टिप्स

Karnali Traders

१. दिनको सुरुवात कागती पानी वा कागती चियाबाट गरौं ।

२. कागती पानीमा मह मिसाएर पिउन सकिन्छ । यसले पाचनयन्त्र पनि राम्रो हुन्छ ।

३. तौल नियन्त्रणका लागि त्रिफलाचूर्ण उपयोगी हुन्छ । राती एक गिलास पानीमा आधा चम्चा त्रिफला चूर्ण मिसाएर राख्ने । बिहान यसलाई उमाल्ने र चिसो बनाएर पिउने ।

४. लौकाको जुसमा पुदिना वा तुलसीको पात मिसाएर पिउनुपर्छ ।

५. तौल नियन्त्रणका लागि भोजनमा गहुँ, आटा, रोटी भन्दा जौ, चनाको आटा उपयोगी हुन्छ ।

६. भोजनमा फाइबरयुक्त फलफूल जस्तो कि, मेवा, स्याउ आदि सेवन गर्ने ।

७. फ्याटी फूड जस्तो कि, बर्गर, मिठाई आदि सेवन नगर्ने ।

८. चियासँग ब्रेड, बिस्कुट आदि सेवन नगर्ने ।

९. अन्डा, मासु र समुन्द्री खाना नखाने ।

१०. कोल्ड ड्रिङ्क, प्याकेटको फुड्स, तेलयुक्त खानेकुरा सेवन गर्ने ।

११. चिया, चामल र आलुको सेवन कम गर्ने ।

१२. एकै स्थानमा लामो समय बस्नु भन्दा शारीरिक गतिविधि बढाउने ।

१३. बिहान वा रातीको खानापछि कम्तिमा १० मिनेट टहल्ने ।

१४. तौल घटाउने व्यायाम जस्तो कि, पौडी, साइक्लिङ, ब्रिस्क वाक, स्किपिङ, एरोबिक्स गर्ने । नयाँ पुस्ता बाट सभार

 

kfg mit mart
Indreni
सम्वन्धित समाचार
Ganesh Samudayik Ban
जवाफ छाड्नुस्

Your email address will not be published.

7  +  2  =