सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

१० खानेकुराहरु जसले निर्खाछ अनुहारको सुन्दरता !!

सुन्दर अनुहार को चाहँदैन ? चमकदार छाला को चाहँदैन ? तर, यसका लागि बिहान–बेलुकी क्रिम घसेर मात्र पुग्दैन।

सौन्दर्य प्रशाधनले मानिसलाई क्षणिकरुपमा सुन्दर बनाउँछ, जुन दिगो हुँदैन । दिगो सुन्दरताका लागि भने आफ्नो जीवनशैलीमै सुधार ल्याउनुपर्छ । विशेषतः खानपानमा । यहाँ हामी १० वटा खानेकुराहरु सिफारिस गर्दैछौं, जसको सेवनले तपाईं सुन्दर अनुहार र स्वस्थ छाला पाउन सक्नुहुन्छ।

करेला

World Link Ads
Mahakali Polytechnic

–करेलाले रगतलाई सुद्ध गर्छ, त्यसैल यसको सेवनले डण्डीफोर आउँदैन ।

Dirghayu Ads

–भिटामिन ए बाट भरपुर करेला एउटा राम्रो एन्टिअक्सिेडेन्ट हो, जसले छालालाई स्वास्थ बनाइराख्छ ।

–करेलाले एन्टी एजिङको काम पनि गर्छ । यसको सेवनले छाला जवान देखिन्छ ।

–अनुहारमा डण्डीफोरका गाढा दाग छन् भने करेलाको पत्ता पिसेर लगाउँदा फाइदा मिल्छ ।

परवर

–परवरले पनि रगत सुद्ध गर्ने काम गर्छ, जसले गर्दा छालासम्वन्धी समस्याहरु आउँदैनन् ।

–परवरको नियमित सेवन गर्दा स्किन एलर्जीबाट छुट्कारा मिल्छ ।

–दाद र लुतोमा परवरको पत्ताको रस लगाउँदा पूर्णरुपमा निको हुन्छ ।

मेथी

–मेथीको सेवनले पेट सफा रहन्छ, जसले गर्दा छाला स्वस्थ र कान्तियुक्त देखिन्छ ।

–मेथीको सेवनले छालाका रोगहरु लाग्ने सम्भावना कम हुन्छ ।

–मेथीको पत्ताको रस वा मेथी पिसेर कपाल धुनाले काल चमकदार र मजबूत हुन्छ ।

मुला

–मुलाको तरकारी खाने वा मुलाको रस पिउने गर्दा रगत शुद्ध हुन्छ र डण्डीफोर आउँदैन ।

–एक महीनासम्म लगातार मुला खानाले डण्डीफोरका दाग–धब्बाहरु कम हुन्छन् ।

–मुला काटेर डण्डीफोरमा रगड्दा डण्डीफोर गायब हुन्छ ।

–मुलाको रसमा तिलको तेल मिलाएर कपालको मसजा गर्दा कपाल र्झन कम हुन्छ ।

लसुन

–एन्टी अक्सिडेन्ट गुणयुक्त लसुन खानाले छाला शुन्दर देखिन्छ ।

Sana Kishan

–नियमि लसुनको सेवनले तपाईंको र तपाईंको छालाको आयू लामो हुन्छ र छाला जवान देखिन्छ ।

–डण्डीफोरमा लसुनको कल्ली पिसेर दल्दा फाइदा हुन्छ ।

टमाटर

–भिटामिन ए र सीबाट भरपूर टमाटरको सेवन गर्दा डण्डीफोर आउँदैन र छाला स्वस्थ रहन्छ ।

–टमाटरको नियमित सेवनले छालामा चमक आउँछ ।

–अनुहारमा टमाटर लगाउँदा रौंका छिद्रहरु बन्द हुन्छन् ।

अंगुर

–नेचुरल स्किन गार्ड अंगुरको सेवनले घामको प्रभावबाट छालालाई जोगाउँछ ।

–अंगुरको सेवनले छालाको चाउरीपन कम हुन्छ । यसबा लामो समयसम्म छाला जवान देखिन्छ ।

–भिटामिन सीबाट भरपूर अंगुर खानाले केवल छालाको मात्र नभएर कपाल र आँखाको पनि सुन्दरता बढ्छ ।

कागति

– कागतिको सेवनले भिटामिन सीको पूर्ति हुन्छ । यसबाट छाला स्वस्थ बनिरहन्छ ।

–अनुहारमा कागतिको रस लगाउँदा डण्डीफोरका दागहरु लोप हुन्छन् ।

–कागतिको रस लगाउनाले छाला र कपाल दुवैमा चमक आउँछ ।

–कपालमा कागतिको रस लगाउनाले कपाल चायामुक्त हुन्छ ।

अमला

–अमला छालाका लागि मात्र नभएर कपालका लागि समेत फाइदाजनक छ । अमलाको सेवनले छालामा चमक आउनुका साथै कपाल लामो, बाक्लो र मजबुत हुन्छ ।

–अमलाको नियमित सेवनले चाउरीपनाको समस्या पनि कम हुन्छ।

–अनुहारमा अमला पाउडर लगाउँदा छालामा निखार आउँछ।

अदुवा

एन्टि एजिङ गुण भएको अदुवाको सेवनले छाला लामो समयसम्म जवान रहन्छ।

दैनिक बिहान खाली पेटमा अदूवा चपाउँदा छाला आकर्षक र सुन्दर देखिन्छ।

अदुवाको रस निकै असरदार हुन्छ । यसलाई अनुहारमा लगाउँदा छला चम्किलो हुन्छ। नयाँ पुस्ता बाट सभार

 

Purnagiri Ads
Indreni
सम्वन्धित समाचार
New digital House
जवाफ छाड्नुस्

Your email address will not be published.