Sudurpashim Khabar
No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
No Result
View All Result
Sudurpashim Khabar
No Result
View All Result

चर्चित लोकदोहोरी गायक राजु परियार : लमजुङको रोधीदेखि लोकदोहोरीका ‘बादशाह’सम्म

सुदूरपश्चिमखबर संंवाददाता by सुदूरपश्चिमखबर संंवाददाता
चैत्र २७, २०७८
0
SHARES
10
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौं । कुनै समय लोकदोहोरी गायनमा एकछत्र राज गरे गायक राजु परियारले । त्यसताका लोकदोहोरी क्षेत्र राजुमय थियो । उनलाई लिएर गीत बनाउन तँछाडमछाड हुन्थ्यो । उनले स्वर नै नभरेपनि नाम मात्रैले पनि गीति एल्बम बिक्थे । एक हिसाबले त्यसबेला लोकगीतका एक्ला बादशाह थिए उनी ।

गीत रेकर्डिङ, मेला, महोत्सव सबैतिर राजु परियार छाउँथे । करिब सात–आठ वर्ष लोक संगीतमा एकछत्र राज गरेका राजुको स्वर नचिन्ने र नसुन्ने सायदै लोक संगीतप्रेमी होलान् ।

 

वनमा काँडा छ, मिर्मिरेको घाम, फूलमा भमरा, मौरी फूलमाथि, धोका दिनेलाई के भनौं र खोई, लालुपाते नुग्यो भुईंतिर, तिमी घाम म छाया, रुमाल धो’को छु, फूलको थुंगामा, सुनपानीले छर्क मायालु जस्ता थुप्रै गीत उनका चर्चित छन् ।

उनलाई भेट्न खोज्नेले कि त स्टुडियोमा आउनपर्थ्यो, कि त स्टेज कार्यक्रमतिर । व्यस्तता यतिसम्म थियो कि उनले एकैदिनमा १९ वटा गीतसम्म रेकर्ड गरे । राजुले मायाप्रेमका मात्रै होइन, समाजलाई सकारात्मक सन्देश दिने गीत पनि ल्याए ।

 

रुमाल धो’को छु,
यो खोलीको पानी कोही नखानु मैले छोको छु
यो निधारमा अछुतको दाग छ,
नजिक नआऊ समाजको बात लाग्छ

राजुले जिन्दगीको यात्रामा भोगेका सुदूर क्षणहरुलाई पनि संगीतमार्फत व्यक्त गरे । हालसम्म उनले १५ हजार बढी गीतमा स्वर भरिसकेका छन् ।

के गर्दैछन् अहिले ?

लोकदोहोरीमा नाम र दाम दुवै कमाएका गायक राजु परियार केही समय संगीतबाट टाढिए । चर्चाकै बीचमा रेकर्डिङ स्टुडियो र स्टेज कार्यक्रममा उनको सहभागिता पातलिंदै गयो ।

‘संगीतबाट म कहिल्यै हराउन गुमनाम हुन सक्दिन । जसको नसा–नसामा संगीतको धुन बग्छ त्यसले कसरी संगीत छाड्न सक्छ ?’ राजु गर्छन् । संगीतमा लाग्दा घरपरिवारका लागि फुर्सद निकाल्न समस्या भएकाले केही समय घरपविारसँग बिताएको उनी बताउँछन् ।

पहिले संख्यात्मक हिसाबमा धेरै गीत आउने र पछिल्लो समय कम गीत आएका कारण पनि श्रोता–दर्शकले हराएको सोचेको हुनसक्ने राजु बताउँछन् ।

‘रोमरोममा संगीत भएकाले यो क्षेत्रमा आएको हुँ । यसले मलाई बाँच्न सिकायो । लमजुङको सामान्य परियार ठिटोलाई राजु परियार बनायो । संगीत छाड्न त सास जानुपर्छ,’ उनले संगीतप्रतिको मोह सुनाए ।

मायाप्रेमका गीत धेरै गाइसकेका उनी अब संगीतलाई समाजसँग जोड्न लागिपरेका छन् । ‘समाजमा सकारात्मक सन्देश जाने, समाजलाई सही बाटोमा हिंडाउन सक्ने गीतलाई प्राथमिकता दिंदा संख्या कम हुन गएको हो,’ राजु प्रष्ट्याउँछन्, ‘अहिले गीत छनोटमा ध्यान दिएको छु ।’

मिडियाबाजी गरेर रेडियो, टीभी, अनलाइन र युट्युबमा छाउनु ठूलो कुरा नभएको उनी बताउँछन् । ‘मिडियामा आए मात्रै संगीतमा छ भन्नु गलत हो,’ राजु भन्छन् ।

संगीत जीवनको अविराम धुन

आठ–नौ वर्षको उमेरमै राजु संगीतको धुन समात्ने भइसकेका थिए । धुनसँग उनको आत्मीयता निकै पुरानो छ । उनी रोधी र रत्यौलीलाई आफ्नो संगीतको पहिलो पाठशाला मान्छन् । रोधीले उनलाई गाउन मात्रै सिकाएन, हृदयमा संगीतको बास बसाइदियो ।

रोधीमा रमाइलोका लागि गाउने गरेका उनको रस त्यसैमा बस्यो । पहिलोपटक रोधीघर छिर्दा कुन गीत गाए उनलाई थाहा छैन, तर दर्शकको गड्गडाहट ताली सुनिएको थियो । दर्शकले उनको गायकी र गीत मन पराएको छनक थियो यो ।

रोधीमा छाउन थालेपछि उनका बुवाले पनि छोराको प्रतिभा चिने । पहिले अरु नै काम गर्नुपर्छ भन्ने बुवाले त्यसपछि यो बन्नुपर्छ भनेर कर गरेनन् ।

गाउनका लागि जब केटी बने‘

गाउँमा रत्यौलीमा केटालाई अनुमति थिएन । राजु आमाको लुगामा लुकेर त्यहाँ जान्थे ।

अहिले त्यो सम्झिंदा उनलाई रमाइलो लाग्छ । रत्यौलीको रंगीन माहोल, चटक अनि गाउँले भाका । राजुलाई अहिले पनि ती पलले रोमाञ्चकता दिन्छन् । आमाको फरियामा लुकेर गाउने उनलाई जो कोही केटी नै सोच्थे । मीठो स्वर मसिनो लय, मिलेका शब्दले सबैलाई तान्यो ।

रोधीमा पनि उनले गाएका टुक्कामा हरेकले ताली बजाउँथे । राम्रो गाएको भन्दै प्रशंसा गर्थे । रत्यौलीमा सबैलाई यो गाउने केटी नै हो भन्ने माहोल बनाउँथे राजु ।

‘सानोमा स्वर पनि डिठो केटीकै जस्तो थियो, केटा हो भनेर कसैले शंकासमेत गरेनन्,’ उनी भन्छन्, ‘रोधीको रन्कोले छोइसकेको म केटीको स्वरमा गाउँथें’ ।

तर बिहान भएपछि भने रत्यौलीमा राति गीत गाउने फलानाको छोरो राजु पो रहेछ भनेर त्यहाँ जानेहरुले थाहा पाउँथे ।

‘गाउँको रोधीमय, मादलमय माहोल अनि पारिवारिक विरासतले मलाई तान्दै लग्यो, जसको कारण राजु परियार गायक राजु परियार बन्यो,’ उनी विगत सम्झिँन्छन् ।
स्कुल भर्ना नहुँदै उनले सुरलयको तारतम्य मिलाउन, शब्दको वाण हान्न र रिदम समात्न सिकिसकेका थिए ।

राजुका बुवा र हजुरबुवाले पनि गीत गाउँथे । पारिवारिक माहोलका कारण पनि उनको सानैदेखि संगीतमा रुचि जाग्यो । मिश्रित समाज भएकाले राजुले सानैदेखि फरक भाका र संस्कृति बुझ्ने मौका पनि पाए ।

गाउनमा जहिल्यै टप

राजु स्कुलमा हुने हरेक गायन प्रतियोगितामा प्रथम हुन्थे । गाउन मन भएपनि प्रतियोगिता जितिरहन उनलाई मन हुँदैनथ्यो, तर भाग लिएपनि जहिल्यै प्रथम हुन्थे ।

‘मर्छु कि म त बस है आमा’ गीत गाएर उनले स्कुलमा सबैको मन जितेका थिए । पहिलोपटक सबै शिक्षक र विद्यार्थीको ताली पाएका थिए ।

राजुको स्वर रोधी–रत्यौलीबाट गाउँ समाजसम्म, गाउँ समाजबाट जिल्लासम्म र जिल्लाबाट क्षेत्रसम्म पुग्न थाल्यो । सबैतिरका प्रतियोगिताको जित उनकै पोल्टामा पर्न थाल्यो ।
‘प्रतियोगिता त एक बहाना थियो । मनको चाहना त संगीत पो थियो । बहानाले चाहना पूरा गर्दै गयो,’ राजु सुनाउँछन् ।

चाडपर्वका रातको रमाइलो

रोधी, रत्यौली, स्कुलका प्रतियोगितामा गीत गाइरहँदा पनि राजुको धीत कहिल्यै मरेन । मौका मिल्यो कि उनी साथीभाइ जमघट गरेर गाउन सुरु भइहाल्थे । ‘चाडपर्वका हरेक रात आगो बालेर गीत गाउँथ्यौं, जसको नेतृत्व मैले गरेको हुन्थें । रातभर जति गाएपनि पुग्दैन्थ्यो मलाई,’ उनी सुनाउँछन् ।

गाउनकै लागि उनी राति तीन–चार घण्टाको बाटो समेत पार गर्थे, हातमा दाउरामा उनेर बालेका चप्पल लिएर ।

वल्लो पल्लो गाउँमा विवाह–ब्रतबन्ध हुँदा उनी पुराना काम नलाग्ने चप्पल बटुल्नतिर लाग्थे । बेलुका घरमा सबै सुतिसकेपछि उनी साथीभाइ बटुलेर दाउरामा चप्पल उनेर टाप कस्थे । विवाह लगायतका कार्यक्रममा गीत गाउँथे । बिहान आमाबुवा नउठ्दै उनी घर फर्किसक्थे ।

लाहुरे सपना

लमजुङमा हुँदासम्म संगीतमा भिजेपनि यसलाई राजुले रमाइलोको रुपमा मात्र लिएका थिए । ‘गायक नै बन्छु भन्ने सपना थिएन । रहरका खातिर गाउँथे । उमेर बढ्दै गएपछि जागिर खानुपर्छ भन्ने लाग्यो,’ उनी सुनाउँछन् ।

गाउँका सबै लाहुरे थिए । लाहुरे हुने फेसन नै चलेको थियो । लमजुङमा हुँदा घरको आर्थिक अवस्थाका कारण उनले जागिर खाने सोच गरे । एकपटक लाहुरेको छनोटमा गए । तर तौल पुगेन । उनी घर फर्किए ।

एकपटक तौल नपुगेर फालिएका उनले २०५६ सालमा काठमाडौं आएपछि फेरि प्रयास गरे । त्यतिबेला उनको पहिलो सांगीतिक एल्बम ‘किसिमकोटमा चरी नाचेको’ बजारमा आइसकेको थियो ।

‘पहिले लाहुरे बन्न तौल पुगेन जब तौल पुग्यो, म संगीतमा धेरै अगाडि बढिसकेको थिएँ,’ विगत सम्झेर हाँस्दै राजुले भने ।

संगीतमा चम्किंदै गएपछि उनलाई जागिर खानुपर्छ भन्ने ख्याल नै आएन । उनी संगीतमा निकै व्यस्त भए । ‘संगीत नसा–नसामा थियो । तर गायक नभएको भए लाहुरे हुन्थे कि,’ उनी सुनाउँछन् ।

बेसुर बाल्यकाल

गाउँमा वर्षभर खान पुग्ने जमिन थिएन । बुवाआमा गाउनुका साथै साहुको खेतबारीमा काम गरेर गुजारा चलाउँथे । घरको जेठो छोरा भएकाले उनी बुवाआमालाई सघाउँथे । बुवाआमासँग राजु कहिले साहुको खेत जोत्न जान्थे भने कहिले अन्य काम गर्न ।

यति मात्रै होइन गाउँमा उनले गरिब हुनु, गरिबमा ‘अछुत’ हुनुको पीडा भोगे । जातका कारण भोग्नु परेको अवहेलनाकै उपज हुन् उनका केही सिर्जना । सुनपानीले छर्क मायालु, रुमाल धो’को छु यस्तै भोगाइबाट निस्किएका हुन् ।

तर अहिले समाज परिवर्तन हुँदै गएकोमा उनलाई केही सन्तुष्टि मिलेको छ । अबको एक दशकमा कसैले त्यस्तो व्यवहार नगर्ने र अहिलेको पुस्ताले मानवता र व्यवहार बुझेको उनी बताउँछन् ।

भविष्यको खोजीमा काठमाडौं

२०५६ सालमा भविष्य खोज्दै गाउँको ठिटो राजु परियार राजधानी काठमाडौं हान्निए । सपनाको सहर काठमाडौं उनका लागि विरानो थियो ।

गाउँघरमा फलानाको छोरा भनेर टाढाटाढाले समेत चिनेर बोल्ने गरेको देखेका उनलाई काठमाडौंमा एक्लो हुँदा न्यास्रो लाग्यो ।

भविष्य खोज्न काठमाडौं पसेका उनी सुन्धाराको होटलमा बसेका थिए । सहरमा टिक्न उनी जागिर खोज्न थाले । राजु एक दिन सुन्धाराका गल्लीमा बरालिंदै थिए, कतैबाट मादल बजेको आवाज आयो । संगीतको लत लागिसकेको उनको मनले मादल खोज्न थाल्यो । मादलको आवाज पछ्याउदै जाँदा उनी पुकार दोहोरी साँझ पुगे ।

त्यो दोहोरी साँझको दृश्य देख्दा उनी अचम्मित भए । कारण, उनी पहिलो पटक सहरको दोहोरी छिरेका थिए । ग्राहकको रुपमा छिरेका उनी चिसो पिएर बसेका थिए ।

संगीतको तलतलले गाँजिसकेका उनी नगाइकन बस्न सकेनन् । उनलाई कतिबेला गाउन पाइएला जस्तै भयो । चिसोको चुस्कीसँगै उनले गाउन सकिन्छ कि भनेर अनुमति मागे । सबैले मिल्छ भनेपछि उनी गाउन थाले ।

राजुले गाएका हरेक टुक्कासँगै ग्राहकको ताली बज्न थाल्यो । सबैले वान्स मोर, वान्स मोर भन्न थाले । तालीको गडगडाहटसँग राजुको आत्मविश्वास बढ्दै गयो । उनी निर्धक्कसँग खुलेर गाउन थाले ।

गीत गाएर सबैलाई लठ्ठ पारेका उनलाई पुकारका सञ्चालक मुक्त गुरुङले गुरुङ भाषामा तिमी त यहीं बस्नुपर्छ भने ।

‘दोहोरी साँझमा गीत गाउँदा सबैले मन पराएछन् । मुक्त गुरुङ सरले तिमी त यहीं बस्नुपर्छ भोलिदेखि काम गर्न आऊ भनेपछि मलाई के चाहियो र ?’ विगत सम्झिँदै राजुले भने ।

काम खोजिरहेका उनी गीत नै गाउने काम पाएपछि निकै खुसी भए ।

पुकार दोहोरीमा काम गर्दा उनको मासिक तलब ५५० रुपैयाँ थियो । गायकी मन पराएर धेरैले टिप्स दिन्थे । टिप्स गरेर मासिक तीन हजारसम्म कमाइ हुन्थ्यो ।

पुकारमा तीन वर्ष काम गरेका उनी पछि ठमेलमा रहेको दोभान दोहोरी साँझमा काम गर्न थाले । त्यहाँ दुई वर्ष काम गरेपछि उनको प्रतिभा अरु निखारियो । उनको स्वर मन पराउनेहरु बढ्न थाले ।

‘पुकारले बाटो देखायो, दोभानले पब्लिसिटी ग¥यो । नसा–नसामा संगीत भएकाले अहिलेसम्म म यो क्षेत्रमा छु,’ राजु भन्छन् । दोभान दोहोरीमा गीत गाउँदा उनको जोडी शिला आलेसँग जम्यो । राजु र शिलाको दोहोरी घम्साघम्सी सुन्न हेर्न टाढाटाढाबाट दर्शक आउँथे ।

‘किसिमकोटमा चरी नाचेको’बाट खास सांगीतिक यात्रा

दोभान दोहोरी साँझमा गाउँदै गर्दा उनले पहिलो एल्बम निकाले ‘किसिमकोटमा चरी नाचेको’ । यो राम्रो चल्यो ।

यो गीतपछि भने राजुको खास सांगीतिक यात्रा सुरु भयो । पहिलो गीत चलेपछि उनले ‘फूलमा भँमरा, मिर्मिरेको घाम, मौरी फूलमाथि, धोका दिनेलाई के भनौं र खोई, लालुपाते नुग्यो भुईंतिर, तिमी घाम म छाया, रुमाल धोको छु, फूलको थुंगामा, वनमा काँडा छ जस्ता सयौं गीत गाए । उनका सबै गीतलाई श्रोताले रुचाए ।

लोकदोहोरी र राजु परियार पर्याय बने । राजुको स्वर हरेक श्रोताको कानमा गुञ्जियो । त्यसपछि उनलाई गीत गाउन लगाउन गीतकार र संगीतकारको तँछाडमछाड हुन थाल्यो । अहिलेसम्म उनले १६ हजार भन्दा बढी गीत गाइसकेका छन् । उनी भन्छन् ‘अब संख्या भन्दा गुणस्तरमा ध्यान दिन्छु । समाजलाई फाइदा हुने गीत ल्याउँछु ।’

श्रोताको अटुट माया

श्रोता–दर्शकको अटुट मायाले नै आफू यहाँसम्म आइपुगेको राजु बताउँछन् । ‘पुरस्कार, अवार्ड श्रोता–दर्शकले माया गरेकै कारण आएका हुन् । दर्शकको अद्भुत माया कहिल्यै नघटोस्,’ उनी भन्छन् । संगीतलाई प्राण रहेसम्म छाड्न नसक्ने उनी बताउँछन् ।

विदेशमा गाउन जाँदा त्यहाँ काम गर्ने नेपालीहरु घरपरिवार सम्झेर धुरुधुरु रोएको उनी अझै सम्झिंन्छन् ।

‘दर्शक रोएको देख्दा मन सम्हाल्न गाह्रो हुँदो रहेछ । उहाँहरुको ठाउँमा आफूले राखेर गाउँदा मन भक्कानिएको छ । शब्द रोकिएका छन् आँशु खसेको छ,’ उनी भन्छन् ।

राजु अहिले देशका विभिन्न स्थानमा आयोजना भएका मेला महोत्सव, गीत रेकर्डिङ तथा लाइभ दोहोरीमा व्यस्त छन् । बुधबार भेट्दा उनी नुवाकोट महोत्सव जाने तयारी गरिरहेका थिए । नयाँ वर्षमा उनी नयाँ गीत ल्याउने तयारी पनि गरिरहेका छन् ।

 

(स्रोत :onlinekhabar.com)

 

सुदूरपश्चिमखबर संंवाददाता

सुदूरपश्चिमखबर संंवाददाता

सम्बन्धित

तारा अधिकारीको नयाँ गीत ‘नभनेका कति कुरा’ सार्वजनिक
मनोरञ्जन

तारा अधिकारीको नयाँ गीत ‘नभनेका कति कुरा’ सार्वजनिक

जेष्ठ २०, २०८३
रुकुमदेखि अमेरिकासम्म आयुष मगरको सांगीतिक यात्रा
मनोरञ्जन

रुकुमदेखि अमेरिकासम्म आयुष मगरको सांगीतिक यात्रा

जेष्ठ १७, २०८३
बौद्ध र स्वयम्भूमा श्रद्धालुको घुइँचो
जीवनशैली

बौद्ध र स्वयम्भूमा श्रद्धालुको घुइँचो

बैशाख १८, २०८३

Discussion about this post

फेसबुक पेज

नयाँ प्रकाशित

भीमदत्त नगरपालिकामा आपतकालीन पूर्वतयारी तथा प्रतिकार्य योजना अध्यावधिक बैठक

भीमदत्त नगरपालिकामा आपतकालीन पूर्वतयारी तथा प्रतिकार्य योजना अध्यावधिक बैठक

असार २, २०८३
इरानसँग सम्झौता भइसकेको र ‘छिट्टै’ विवरण सार्वजनिक गरिने ट्रम्पको दाबी

इरानसँग सम्झौता भइसकेको र ‘छिट्टै’ विवरण सार्वजनिक गरिने ट्रम्पको दाबी

असार २, २०८३
कर्णाली प्रदेशको बजेटमा स्वास्थ्य क्षेत्रलाई विशेष प्राथमिकता

कर्णाली प्रदेशको बजेटमा स्वास्थ्य क्षेत्रलाई विशेष प्राथमिकता

असार २, २०८३
इन्धनको भाउ यथावत्

इन्धनको भाउ यथावत्

असार २, २०८३
चैते धानको न्यूनतम समर्थन मूल्य कार्यान्वयन गर्न कृषि मन्त्रालयको आग्रह

चैते धानको न्यूनतम समर्थन मूल्य कार्यान्वयन गर्न कृषि मन्त्रालयको आग्रह

असार २, २०८३
सुनको भाउ सामान्य बढ्यो, चाँदीको मूल्य घट्यो

सुनको भाउ सामान्य बढ्यो, चाँदीको मूल्य घट्यो

असार २, २०८३

आशिर्वाद मिडिया प्रा. लि.  द्वारा सञ्चालित

सुदूरपश्चिमखबर डट्कम

sudurpashimkhabar.com

कम्पनी दर्ता नम्बरः २२४७९७-०७६-७७

सूचना बिभाग दर्ता नम्बर: २१७५-०७७-०७८

प्रेस काउन्सिल सूचिकरण न : २३४५

सञ्चालक: मनिषा भट्ट

अतिथि सम्पादक: हिरा कुमारी भट्ट

सम्पादक: बिरेन्द्र कलौनी

कार्यकारी प्रमुख: प्रकाश भट्ट

फोटो पत्रकार: दिपक नाथ

संवाददाता: रबि भट्ट

सम्पर्कका लागि...

सुदूरपश्चिमखबर डट्कम

ठेगानाः वेदकोट-९ लालपुर, कञ्चनपुर

सम्पर्क नम्बर: 9848358880

इमेल: [email protected]

© 2026Aashirbad Media Pvt.Ltd. All rights reserved.

Design & Developed by: Donoo Logo

No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व