सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

बैतडीको पाटनमा महिला नेतृत्व मञ्चको कार्यालय स्थापना

159
Sana Kishan

बैतडीको पाटनमा महिला नेतृत्व मञ्चको कार्यालय स्थापना गरिएको छ । पाटन नगरपालिकामा रुडेस बैतडीले अक्सफाम नेपालको सहयोग र नगरपालिकाको समन्वयमा कार्यालय स्थापना गरेको हो ।

आइतबार एक कार्यक्रमकाबीच पाटन नगरपालिकाका प्रमुख केशवबहादुर चन्द र उपप्रमुख सरस्वती कोलीले कार्यालयको उद्दघाटन गरेका छन् । कार्यालयको उद्दघाटन गर्दै नगर प्रमुख चन्दले महिला नेतृत्व मञ्चले महिलाहरुको नेतृत्व तहमा पहुँच स्थापित गर्नका लागि सहयोग पुग्ने बताए । उनले भने ‘महिला तथा पिछडिएका वर्गलाई राजनीतिक रुपले अगाडि बढाउन मञ्चले सहयोग पुग्नेछ ।’

Arus

यस्तै पाटन नगरपालिकाकी उपप्रमुख सरस्वती कोलीले राजनीतिमा महिलाहरुको अर्थपूर्ण सहभागिताका लागि महिला नेतृत्व मञ्चले सहयोग गर्ने दाबी गरिन् । उनले भनिन् ‘महिलाहरुको नेतृत्व तहमा अझै सोचे अनुसार नेतृत्व स्थापना हुन सकेको छैन् । त्यसैले यो मञ्चले महिलाहरुको नेतृत्व विकासमा सहयोग पुग्ने विश्वास गरेका छौं ।’

Karnali Traders

महिला नेतृत्व मञ्चको कार्यालय स्थापनासंगै महिला नेतृत्व मञ्चका पदाधिकारीहरुलाई कम्प्युटर, प्रोजेक्टर लगायतका सामग्री हस्तान्तरण गरिएको छ । रुडेस बैतडीले ती सामग्रीहरुको व्यवस्थापन गरेको हो ।

महिला नेतृत्व मञ्चका सहभागीहरुलाई महिलाको हक अधिकारका बिषयमा छलफल र पैरवी गर्न सहज होस भनेर उपकरण हस्तान्तरण गरिएका रुडेस बैतडीका कार्यकारी निर्देशक गोविन्दराज जोशीले बताए ।

महिला नेतृत्व मञ्चको गठन र कार्यालय स्थापनासंगै महिलाहरुलाई नेतृत्व तहमा पुग्नका लागि सहज हुने पाटन नगरपालिकास्तरीय नेतृत्व मञ्चका संयोजक अनिता जोशी भट्टले बताइन् । उनले भनिन् ‘यो मञ्च स्थापना भएपछि हामीहरुलाई छलफल पैरवी गर्न सहज भएको छ । महिलाका हक अधिकार र संविधानमा भएका व्यवस्थाका बारेमा अध्ययन र छलफल गर्न थालेका छौं ।’

बैतडीमा यसअघि दशरथचन्द नगरपालिकामा पनि महिला नेतृत्व मञ्चको कार्यालय स्थापना गरिसकिएको छ । सगुन खबर बाट सभार

 

kfg mit mart
Indreni
सम्वन्धित समाचार
Ganesh Samudayik Ban
जवाफ छाड्नुस्

Your email address will not be published.