सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

जिल्ला अस्पताल बैतडीमा निशुल्क शल्यक्रिया शिविर शुरु

बैतडी – जिल्ला अस्पताल बैतडीमा आजदेखि निशुल्क शल्यक्रिया शिविर सञ्चालन भएको छ । नेपाल अर्थोपेडिक अस्पताल जोरपाटी, स्वास्थ्य कार्यालय बैतडी र जिल्ला अस्पातल बैतडीको संयुक्त आयोजना शिविर शुरु भएको जिल्ला अस्पतालका बैतडीका प्रमुख डा.दिपेश श्रेष्ठले जानकारी दिए ।

Sana Kishan

शिविरमा बरिष्ठ हाडजोर्नी बिशेषज्ञहरुले सेवा दिईरहेका छन् । शिविरमा खुट्टाका पैताला फर्केका, जन्मजात हातखुट्टा बांगिएका, हातमा आगोले पोलेका र हातखुट्टामा अन्य विकृतिजन्य समस्या भएकाहरुको उपचार हुने डा. श्रेष्ठले बताए । शिविरको पहिलो दिनमै अढाई सय बढी बिरामीहरुले नामदर्ता गराएका छन् ।

चैत २१ गते सम्म नामदर्ता गरिनेछ भने चैत २३ गते सम्म शिविरमा शल्यक्रिया सेवा दिइने डा. श्रेष्ठले बताए । सगुन खबर बाट सभार

 

Purnagiri Ads
Indreni
सम्वन्धित समाचार
New digital House
जवाफ छाड्नुस्

Your email address will not be published.