सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

आज चैत १६ गते बुधबार, यस्तो छ आजको पञ्चाङ्ग र राशिफल !!

पञ्चाङ्ग
वि.सं. चैत १६, २०७८ । ई.सं. ३० मार्च २०२२ । शक संवत् १९४३ । नेपाल संवत् ११४२ चिल्लागा । राक्षस, उत्तरायण वसन्त । बुधबार चैत्र कृष्णपक्ष । तिथि– त्रयोदशी, १३ः२५ बजे उप्रान्त चतुर्दशी । नक्षत्र– शतभिषा, ११ः०३ बजे उप्रान्त पूर्वभाद्रपदा । योग– शुभ, १३ः२४ बजे उप्रान्त शुक्ल । करण– वणिज १३ः२५ बजेदेखि भद्रा, २४ः५३ बजे उप्रान्त नाग । चन्द्रराशि कुम्भ । आनन्दादि योग मानस । दिनमान ३०।५१ । सूर्योदय ५ः५९ । सूर्यास्त १८ः२० । पञ्चक, वारुणी योग ११ः०३ प., पिशाचचर्तुदशी, पाशाचःह्रेपूजा ।

 

राशिफल
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) धार्मिक तथा समाजसेवामा मन लाग्नेछ । राजनैतिक कार्यमा सफलता मिल्नेछ । साहित्यिक क्षेत्रमा रुचि बढ्नेछ । सन्तान सुख मिल्नेछ ।

वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो) आज नयाँ कार्यको योजना बन्नेछ । बोलीको प्रभाव बढ्नेछ । वित्तिय संस्थाबाट सहयोग पाइनेछ । स्वादिष्ट भोजन पनि पाइनेछ ।

World Link Ads
Mahakali Polytechnic

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा) सामाजिक र अरुको हित हुने काममा समय व्यतीत हुनसक्छ । चलाखीपूर्ण बोलीले कार्य सिद्ध हुनेछ । दैनिक कार्यमा प्रगति हुनेछ ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) मन भावुक र उत्ताउलो बन्नेछ, आफूलाई अनुशासित र संयम बनाउनु पर्छ । आफ्नो अधिकार प्राप्तिका लागि संघर्ष गर्नु पर्ला ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) परोपकार तथा पुण्य आर्जन गर्न संलग्न भइनेछ । रोकिएका अधुरा कामहरू पुरा हुनेछन् । धनार्जनका नयाँ स्रोतहरू पत्ता लाग्नेछन् ।

Sana Kishan

कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो) आस मारेको काम बन्नेछ । दाम्पत्य जीवन सुखमय हुनेछ । अचल सम्पत्ति हात पर्ने योग छ । आँटेको र ताकेको कार्य पुरा हुनेछ ।

तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते) मित्रहरूले वचन पूरा नगर्दा आर्थिक हैरानी बेहोर्नु पर्ला । घरायसी समस्या बढ्नेछ, तर सामाजिक र राजनैतिक सम्बन्ध राम्रो हुनेछ ।

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) आज नयाँ र शुभ समाचार सुन्न पाइएला । परिवारजनको साथले नयाँ आशा जगाउनेछ । नयाँ सवारी साधन प्राप्तिको योग पनि छ ।

धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे) आज कुनै कुराले मनमा शान्ति छाउला । धार्मिक र न्यायिक कार्यमा सफलता मिल्नेछ । दैनिक कार्यमा प्रगति हुने पनि छ ।

मकर (भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि) लामो समयदेखिका बाधाहरू स्वतः फुकुवा हुनेछन् । कला र गलाको प्रभाव बढ्नेछ । परीक्षामा सफलता पनि मिल्नसक्छ ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा) आजबाट रोकिएको कार्य पुनः सुचारु हुन सक्छ । महिला वा मित्रबाट विशेष सहयोग मिल्नेछ । शुभकार्यको चर्चा पनि चल्नेछ ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि) आज प्रयत्न गर्दा पनि उपलब्धि पाउन मुस्किल पर्नेछ । आर्थिक कारोबारमा मन्दी आउला । पेटसम्बन्धी समस्याले पिरोल्न सक्छ । राशिफल जे जस्तो भएपनि तपाईंको दिन शुभ रहोस् । मकालु खबर बाट सभार

 

Purnagiri Ads
Indreni
सम्वन्धित समाचार
New digital House
जवाफ छाड्नुस्

Your email address will not be published.