बैतडी – जिल्लाको दोगडाकेदार गाउँपालिकामा युवा समाजसेवी भोजराज जोशी (क्वालीटी) ले निःशुल्क तालिम सञ्चालन गर्ने भएका छन्। क्वालीटी आफ्नो व्यक्तिगत लगानी तथा वसन्त फाउन्डेसनको सहकार्यमा १२० जनालाई निःशुल्क तालिम सञ्चालन गर्ने भएका हुन। आर्थिक अभावले पढ्न नपाएका तथा बेरोजगार बसिरहेका युवा युवतीहरूलाई स्वरोजगार बनाउने उद्येश्यले उक्त तालिम सञ्चालन गरेको क्वालीटीले बताउनु भयो। दोगडाकेदार गाउँपालिकालाई लक्षित गरी सञ्चालन गरिएको उक्त तालिममा होटल म्यानेजमेन्ट, एग्रीकल्चर असिस्टेन्ट तथा बिल्डिङ इलेक्ट्रिसियन ४०/४० जनालाई तालिममा सहभागी गराइने उहाँको भनाई छ। १९ बर्ष पुगेका इच्छुक व्यक्तिले फोन मार्फत सम्पर्क गरी यही चैत्र १७ गते सम्म आफ्नो नाम टिपाउन सकिने जोशीले बताउनुभयो। कक्षा सञ्चालन यही चैत्र २० गतेबाट सनातन धर्म माध्यमिक विद्यालयमा हुने क्वालीटीले जानकारी दिएका छन् ।









Discussion about this post