कानुन न्याय तथा संसदीय मामिला मन्त्री दिलेन्द्रप्रसाद बडुले सामुदायिक रेडियोमैत्रीकानुननिर्माणका लागि सरकार प्रतिवद्ध रहेको बताएका छन् । संकटका समयमा सामुदायिक रेडियोको भुमिका अहम रहेको भन्दै मन्त्री बडुले उनीहरुको रक्षाका लागि सरकार प्रतिवद्ध रहेको बताए।
सामुदायिक रेडियो प्रशारक संघ अकोराव (नेपाल)को स्थापना दिवसका अवसरमा नेपालगञ्जमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री बडुले वाक स्वतन्त्रताको अभियानमा देशभरी तीन सय भन्दाबढी सामुदायिक रेडियो जोडिएकोमा खुसी व्यक्त गरे । ‘सामुदायिक रेडियो एउटा रेडियो मात्र नभएर अभियान हो ।’ मन्त्री बडुले भने , ‘लोकतन्त्र स्थापनापछि यो अभियान अझ बलियो भएर अघि बढेको छ ।’ लोकतन्त्र स्थापनापछि सामुदायिक रेडियोहरुले पूनर्जिवन पाएको उनले बताए।
जनताको वलिदानीबाट प्राप्त संविधानखतरामा परे पछि त्यसको रक्षाका लागि काँग्रेस सरकारमा पुगेको भन्दै उनले संविधानको सर्वोच्चता स्थापित गर्दै कानुनी राज्य कायम गर्नका लागि आफुहरु प्रतिपक्षबाट सत्तामा जानुपरेको बताए । संविधानमाथि खतराको संकेत गर्दै उनले त्यसको रक्षालाई सामुदायिक रेडियोहरुले आफ्नो लक्ष्य बनाएर अघि बढ्नुपर्ने सुझाव दिए ।‘जनस्तरबाट संविधानजोगाउन सामुदायिक रेडियोको भुमिकाअहम छ, त्यसैले पनि तपाईहरुले यसलाई लक्ष्य बनाएर अघि बढ्नुहोस् ।’ गोदावरी न्युज बाट सभार









Discussion about this post