Sudurpashim Khabar
No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
No Result
View All Result
Sudurpashim Khabar
No Result
View All Result

ओली प्रतिगामी चरित्रको नमूना, उनको पार्टीलाई उत्तानो पार्न सफल भयौं : माधव नेपाल

सुदूरपश्चिमखबर संंवाददाता by सुदूरपश्चिमखबर संंवाददाता
चैत्र ९, २०७८
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले केपी शर्मा ओली र उनको दल संविधान र लोकतन्त्रविरोधी भएको आरोप लगाएका छन्। ओली र उनको दल नेपाली जनताले लामो संघर्षपछि ल्याएको संविधानलाई तहसनहस पार्न उद्यत रहेको नेपालको आरोप छ।

नुवाकोटको विदुरमा मंगलवार समाजवादी प्रेस संगठनले गरेको पत्रकार सम्मेलनमा अध्यक्ष नेपालले ओली प्रतिगामी भएको र दक्षिणपन्थीको शरणमा पुगेको आरोप लगाए। आफ्नो दललाई ओली पक्षले होच्याउने गरेको बताउँदै अध्यक्ष नेपालले संविधानको उपलब्धी र गणतन्त्रलाई तहसनहस पार्न ओलीले ससंद विघटन गरेर प्रतिगामी कदम चालेको उनको आरोप छ।

नेपालले मुलुकमा घोषित मितिमै देशमा स्थानीय तहको निर्वाचन हुने र यसमा आफ्नो दलले मन र विचार मिल्ने शक्तिसँग चुनावी तालमेल गर्ने बताए। उनले पाउ लागि र सानोठूलो नभई समान हैसियत अनुसारमात्र चुनावी तालमेल हुने बताए।

प्रतिगामीलाई परास्त गर्न सबै खालको परिस्थितिको सामना गर्दै अतिवादी नभई आवश्यकताका आधारमा चुनावी तालमेल गरिने नेपालको भनाइ छ। उनले शक्तिको उचित मुल्यांकन गर्दै अबको निर्वाचनमा स्वाभिमानका आधारमा जनतामाझ जाने तयारी भएको बताए।

ओलीको दम्भ हटाउनका लागि पनि वाम र लोकतान्त्रिक शक्तिहरु एकजुट हुनुपर्ने उनको भनाइ छ। नेता नेपालले ६ महिनामा आफ्नो दल वयस्क भएको र यसबीचमा भएका राष्ट्रिय सभालगायतका विभिन्न शक्ति केन्द्रमा ओलीको पार्टीलाई उत्तानो पार्न सफल भएको बताए।

ओली प्रतिगामी चरित्रको नमूना र परिवर्तनका वाहक नभई अहंमताको परिचय भएको उनको भनाइ छ।

ओलीको अहंमतासँग अघाएर देशमा उनको पार्टी कमजोर भइसकेको पनि नेपालले दाबी गरे।

नेपालले पार्टीमा उत्साह देखिएको दाबी गरे। जनताले नेकपा (एस) बाट ठूलो अपेक्षा गरेका बताउँदै अध्यक्ष नेपालले जनताको आशामा इमानदारिता, निष्ठा र समर्पणको भावनाले अगाडि बढ्न नुवाकोटका नेता कार्यकर्तालाई आग्रह गरे।

ओली सबै ठाउँमा पराजित भइसकेको दाबी गर्दै एमाले परित्याग गरेर नेकपा (एस) मा प्रवेश गर्नेको लहर चलेको पनि दाबी गगरे। एमसीसी जनताको हितमा भएका कारण पारित गरिएको पनि बताए।

एमसीसीको विषयमा एमालेले भित्रभित्रै साँठगाँठ गरेको पनि आरोप लगाए। आफ्नो दलभन्दा ओलीको दल सत्तावादी रहेको अध्यक्ष नेपालको आरोप छ। देवचन्द्र भट्टले अन्नपूर्ण पोस्टमा लेखेका छन्।

सुदूरपश्चिमखबर संंवाददाता

सुदूरपश्चिमखबर संंवाददाता

सम्बन्धित

रास्वपा महाधिवेशन : पदाधिकारी चयनका लागि मतदान शुरू
राजनीति

रास्वपा महाधिवेशन : पदाधिकारी चयनका लागि मतदान शुरू

असार १२, २०८३
रास्वपा महाधिवेशनका कारण प्रतिनिधिसभा बैठक फेरि स्थगित
राजनीति

रास्वपा महाधिवेशनका कारण प्रतिनिधिसभा बैठक फेरि स्थगित

असार १२, २०८३
रास्वपामा आज पदाधिकारी चयनका लागि मतदान
राजनीति

रास्वपामा आज पदाधिकारी चयनका लागि मतदान

असार १२, २०८३

Discussion about this post

फेसबुक पेज

नयाँ प्रकाशित

आईसीसी लिग–टु शृङ्खलाका लागि नेपाली टोली घोषणा

आईसीसी लिग–टु शृङ्खलाका लागि नेपाली टोली घोषणा

असार १२, २०८३
नेप्से परिसूचक २६ अङ्कले घट्यो

लगातार पाँचौँ दिन घट्यो शेयर बजार, नेप्से २ हजार ६४९ विन्दुमा

असार १२, २०८३
रास्वपा महाधिवेशन : पदाधिकारी चयनका लागि मतदान शुरू

रास्वपा महाधिवेशन : पदाधिकारी चयनका लागि मतदान शुरू

असार १२, २०८३
फिफा विश्वकपमा आज राति समूह ‘आई’ का दुई रोमाञ्चक खेल

फिफा विश्वकपमा आज राति समूह ‘आई’ का दुई रोमाञ्चक खेल

असार १२, २०८३
सुनको भाउ आज तोलामा २ हजार रुपैयाँ वृद्धि

लगातारको गिरावटपछि सुनको भाउमा सामान्य सुधार, चाँदी घट्यो

असार १२, २०८३
रास्वपा महाधिवेशनका कारण प्रतिनिधिसभा बैठक फेरि स्थगित

रास्वपा महाधिवेशनका कारण प्रतिनिधिसभा बैठक फेरि स्थगित

असार १२, २०८३

आशिर्वाद मिडिया प्रा. लि.  द्वारा सञ्चालित

सुदूरपश्चिमखबर डट्कम

sudurpashimkhabar.com

कम्पनी दर्ता नम्बरः २२४७९७-०७६-७७

सूचना बिभाग दर्ता नम्बर: २१७५-०७७-०७८

प्रेस काउन्सिल सूचिकरण न : २३४५

सञ्चालक: मनिषा भट्ट

अतिथि सम्पादक: हिरा कुमारी भट्ट

सम्पादक: बिरेन्द्र कलौनी

कार्यकारी प्रमुख: प्रकाश भट्ट

फोटो पत्रकार: दिपक नाथ

संवाददाता: रबि भट्ट

सम्पर्कका लागि...

सुदूरपश्चिमखबर डट्कम

ठेगानाः वेदकोट-९ लालपुर, कञ्चनपुर

सम्पर्क नम्बर: 9848358880

इमेल: [email protected]

© 2026Aashirbad Media Pvt.Ltd. All rights reserved.

Design & Developed by: Donoo Logo

No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व