Sudurpashim Khabar
No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
No Result
View All Result
Sudurpashim Khabar
No Result
View All Result

यो निर्वाचन माओवादीको लागि ठूलो लडाइँ हो, हामी हारे देश र गणतन्त्र हार्छ : प्रचण्ड

सुदूरपश्चिमखबर संंवाददाता by सुदूरपश्चिमखबर संंवाददाता
चैत्र ९, २०७८
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आगामी स्थानीय तहको निर्वाचनमा पार्टीले युद्धको लडाइँ लडेर विजयी भए सरहको चुनावी लडाइँ लड्न जरुरी रहेको बताएका छन्।

उनले पार्टी कार्यकर्तालाई आगामी स्थानीय, प्रतिनिधि र प्रदेशसभाको निर्वाचनलाई निर्वाचनको रुपमा नभई पार्टीले युद्धमा होमिएर विजयी प्राप्त गरेसरह निर्वाचनमा होमिएर विजयी प्राप्त गर्न जरुरी रहेको बताए। सोहीअनुसार योद्धाजस्तै चुनावको तयारीमा जुट्न प्रचण्डले जनकपुरधाममा आयोजित चुनावकेन्द्रीत मधेश प्रदेशस्तरीय अगुवा कार्यकर्ता भेलालाई सम्बोधन गर्दै निर्देशन दिए।

‘अगामी निर्वाचन अन्य दलको लागि निर्वाचन हो। हामी माओवादी केन्द्रको लागि लडाइँ हो,’ प्रचण्डले भने, ‘लडाइँकै हिसाबले तयारी गर्नुस्। गठबन्धन गरिदिन्छ र चुनाव जितौंला भन्ने मानसिकता बदल्नुस्। पुरै शक्ति लगाएर एक्लै कसरी चुनाव जित्नेतिर लाग्नुस्। युद्धको मैदानमा होमिएर विजयी प्राप्त गरेको सरह निर्वाचनमा होमिनुस् र विजयी प्राप्त गर्नुस्ऽ’ उनले भने। यति भनिरहँदा फेरि एकलै चुनाव जित्ने तयारी गर्नलाई उनले गठबन्धन विरोधी हो भनेर नबुझ्न पनि आग्रह गरे।

एमालेप्रति लक्षित गर्दै उनले प्रतिक्रियावादी र अन्तर्राष्ट्रिय शक्तिहरु माओवादीलाई सिध्याउने हिसाबले षड्यन्त्र गरिरहेको दाबी गरे।

‘माओवादीले लडेर नै संघीय लोकतान्त्रिक गणतन्त्र नेपाल बन्न सम्भव भएको छ। समानुपातिक, समावेशीता लागु भएको छ। यसविरुद्ध प्रतिक्रन्तिकारी शक्ति र विदेशी शक्तिहरु एकजुट भएर उल्टाउन खोज्दैछन्। माओवादीलाई जसरी पनि सिद्ध्याउने रणनीति बनाएका छन,’ प्रचण्डले भने ‘त्यसकारण प्राप्त उपलब्धिहरुको रक्षा गर्न माओवादी जित्नै पर्छ। माओवादी हारे देश हार्छ, सहिदको सपना हार्छ, संघीय लोकतान्त्रिक गणतन्त्र हार्छ।’

उनले संसद विघटनको जायज थियो भन्ने देखाउन एमालेले बिनाकारण संसद अवरुद्ध गरेको उनको आरोप थियो।

‘सदनभित्रको नाटक देख्नुभएकै छ तपाईहरुले। एमाले भन्ने गुटले बिनाकारण सदन अवरुद्ध गरेको ग¥यै छ। मैले संसद विघटन गर्नु जायज थियो, संसदले केही गर्न सक्दैन भन्ने देखाउनका लागि प्रतिगामी एमालेले षड्यन्त्र सदनभित्र गरिरहेकै छ,’ उनले भने।

दाहालले मधेसमा संघीयता र समानुपातिक समावेशीको पक्षमा जबर्जस्त जनमत रहेको दाबी गरे। उनले भने, ‘मधेसमा कसरी संघीयता, गणतन्त्र, समावेशीविरोधी शक्तिलाई बलियो बनाउने भनेर देशभित्रका प्रतिक्रान्तिकारी र देश बाहिरका प्रतिक्रियावादीबीचमा निकै ठुलो साँठगाँठ देखिएको छ।’

हिजो प्रतिगमनका पक्षधर अहिले पनि प्रतिगमनकै पक्षधर रहेको प्रस्ट पार्दै उनले त्यसविरुद्ध गाउँ–गाउँमा गएर जनतालाई खबरदारी गर्न नेता कार्यकर्तालाई निर्देशन दिए। कम्युनिस्ट क्रान्तिकारीका लागि आगामी चुनाव चुनावमात्र नभएर एउटा ‘ब्याटल’ का रुपमा रहेको उनको भनाइ छ।

‘प्रतिगमनकारी, विघटनकारीले जित्ने कि क्रान्तिकारीले जित्ने भन्ने ब्याटल हो,’ उनले भने, ‘गत वर्ष हामीले लडेर प्रतिगमन हुनबाट देशलाई बचाएकै हो।’ प्रतिक्रान्तिकारीहरु पूरै पराजित भइनसकेको उल्लेख गर्दै उनले तिनीहरुलाई जनताको बलमा परास्त गर्नुपर्ने बेला आएको उनले बताए।

देशमा माओवादीलाई हराउन ठूलो षड्यन्त्र भइरहेको दावी गर्दै उनले कांग्रेसले आफ्ना नेता कार्यकर्ता एमालेमा पठाउनुको फण्डा के हो भनेर प्रश्न तेर्स्याए। संघीयताको जननी र संरक्षक मधेशी जनता नै भएको प्रचण्डको भनाइ थियो। देशमा भएको ठूल्ठूलो परिवर्तनमा मधेशी जनताको महत्वपूर्ण योगदान रहेको उनले बताए।

माओवादी केन्द्रका बरिष्ठ नेता नारायणकाजी श्रेष्ठ प्रकाशले पनि प्रशिक्षण मन्तव्य राखेका थिए। कार्यक्रममा माओवादीका स्थायी समिति सदस्य गिरीराजमणि पोखरेल, मातृका प्रसाद यादव लगायत मधेशका आठवटै जिल्लाबाट अगुवा नेता कार्यकर्ताहरुको सहभागिता रहेको थियो। गोविन्द महतोले अन्नपूर्ण पोस्टमा लेखेका छन्।

 

सुदूरपश्चिमखबर संंवाददाता

सुदूरपश्चिमखबर संंवाददाता

सम्बन्धित

रास्वपा महाधिवेशन : पदाधिकारी चयनका लागि मतदान शुरू
राजनीति

रास्वपा महाधिवेशन : पदाधिकारी चयनका लागि मतदान शुरू

असार १२, २०८३
रास्वपा महाधिवेशनका कारण प्रतिनिधिसभा बैठक फेरि स्थगित
राजनीति

रास्वपा महाधिवेशनका कारण प्रतिनिधिसभा बैठक फेरि स्थगित

असार १२, २०८३
रास्वपामा आज पदाधिकारी चयनका लागि मतदान
राजनीति

रास्वपामा आज पदाधिकारी चयनका लागि मतदान

असार १२, २०८३

Discussion about this post

फेसबुक पेज

नयाँ प्रकाशित

आईसीसी लिग–टु शृङ्खलाका लागि नेपाली टोली घोषणा

आईसीसी लिग–टु शृङ्खलाका लागि नेपाली टोली घोषणा

असार १२, २०८३
नेप्से परिसूचक २६ अङ्कले घट्यो

लगातार पाँचौँ दिन घट्यो शेयर बजार, नेप्से २ हजार ६४९ विन्दुमा

असार १२, २०८३
रास्वपा महाधिवेशन : पदाधिकारी चयनका लागि मतदान शुरू

रास्वपा महाधिवेशन : पदाधिकारी चयनका लागि मतदान शुरू

असार १२, २०८३
फिफा विश्वकपमा आज राति समूह ‘आई’ का दुई रोमाञ्चक खेल

फिफा विश्वकपमा आज राति समूह ‘आई’ का दुई रोमाञ्चक खेल

असार १२, २०८३
सुनको भाउ आज तोलामा २ हजार रुपैयाँ वृद्धि

लगातारको गिरावटपछि सुनको भाउमा सामान्य सुधार, चाँदी घट्यो

असार १२, २०८३
रास्वपा महाधिवेशनका कारण प्रतिनिधिसभा बैठक फेरि स्थगित

रास्वपा महाधिवेशनका कारण प्रतिनिधिसभा बैठक फेरि स्थगित

असार १२, २०८३

आशिर्वाद मिडिया प्रा. लि.  द्वारा सञ्चालित

सुदूरपश्चिमखबर डट्कम

sudurpashimkhabar.com

कम्पनी दर्ता नम्बरः २२४७९७-०७६-७७

सूचना बिभाग दर्ता नम्बर: २१७५-०७७-०७८

प्रेस काउन्सिल सूचिकरण न : २३४५

सञ्चालक: मनिषा भट्ट

अतिथि सम्पादक: हिरा कुमारी भट्ट

सम्पादक: बिरेन्द्र कलौनी

कार्यकारी प्रमुख: प्रकाश भट्ट

फोटो पत्रकार: दिपक नाथ

संवाददाता: रबि भट्ट

सम्पर्कका लागि...

सुदूरपश्चिमखबर डट्कम

ठेगानाः वेदकोट-९ लालपुर, कञ्चनपुर

सम्पर्क नम्बर: 9848358880

इमेल: [email protected]

© 2026Aashirbad Media Pvt.Ltd. All rights reserved.

Design & Developed by: Donoo Logo

No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व