Sudurpashim Khabar
No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
No Result
View All Result
Sudurpashim Khabar
No Result
View All Result

परमादेशी असंवैधानिक काम गर्नेलाई पदक र विभूषण, न्यायाधीशले न्याय साटे :  केपी शर्मा ओली

सुदूरपश्चिमखबर संंवाददाता by सुदूरपश्चिमखबर संंवाददाता
चैत्र ७, २०७८
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले सर्वोच्च अदालतका न्यायाधीशहरूले पदक र विभूषणसँग न्याय साटेको बताएका छन् । पोलिटब्युरोको प्रथम बैठकलाई सोमबार सम्बोधन गर्दै उनले ’परमादेशी असंवैधानिक’ न्याय दिने न्यायाधीशहरूलाई सरकारले पदक र विभूषण दिएको र त्यो उनीहरूले सहज रूपमा स्वीकार गरेको बताएका हुन् ।

विभिन्न संवैधानिक आयोगहरूमा आफू नेतृत्वको सरकारले गरेका ५२ नियुक्ति मुद्दाको बुधबार सुनुवाइ हुँदै गरेको उल्लेख गर्दै ओलीले अदालतलाई सम्मानित गर्न सकिने खालको फैसला आओस् भन्ने अपेक्षा राखेका थिए । ’हामीलाई थाहा छ बुधबार केही मुद्दाहरू सर्वोच्च अदालतमा छन् । हामी सम्मानित सर्वोच्च अदालत साँच्चै सम्मानित हुन सकोस्, जनताबाट आशा, भरोसा, विश्वास गरिने एउटा न्याय सम्पादनको निष्पक्ष थलो, सक्षम, स्वच्छ थलो को रूपमा आम जनताले बुझ्न पाउन्, मर्यादा गर्न पाउन् । अदालतलाई हामीले पनि भित्रैदेखि, मनदेखि सम्मान गर्न पाउँ । जनतले पनि सम्मान गर्ने स्थिति होस्,’ उनले भने ।

ओलीले अहिले न्यायालय स्वच्छ र निष्पक्ष नभएको बताए । उनले अदालत दबाब र प्रलोभनमा पर्न नहुने बताए ।

कलात्मक ढंगले निर्वाचन सार्ने प्रयास भइरहेको छ ः ओली
प्रतिनिधिसभा विघटनविरुद्ध असार २८ गते परमादेश दिएकोप्रति भने ओलीले न्यायाधीशहरूले न्याय पदक र विभूषणसँग साटेको आरोप लगाए । उनले भने, ’दबाबमा न्यायालय पर्नु हुँदैन । प्रभावमा न्यायालय पर्नु हुँदैन । तर, यहाँनेर के छ भने मान पदकसँग न्याय साट्ने । न्यायाधीशले मुद्दा फैसला गरेको तुरुन्तै सरकारले मान, पदक, पदवी दिने । ती–ती मान्छेलाई दिने ज–जसले परमादेशी असंवैधानिक काम गरेको छ । ती व्यक्तिहरू (न्यायाधीश) ले सहज ढंगले स्वीकार्ने । हामीले सरकारको काम गरिदिएकै हो र हामी त्यसका हकदार छौं भनेझैं गरेर व्यवहारिक अभिव्यक्ति रहेछन् ।’

न्यायाधीशहरूले व्यवहारले र सत्तारुढ गठबन्धनका नेताहरूले अभिव्यक्तिबाट एकअर्कालाई गुन लगाएको कुरा उल्लेख गरेको ओलीको भनाइ थियो ।

प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराविरुद्ध फागुन १ गते महाभियोग ल्याउनु पनि सत्तारुढ गठबन्धनको षडयन्त्र रहेको ओलीले बताए । उनले भने, ’कारबाही गरेर निष्कासन गरिएका १४ जनाको मुद्दा सुनुवाइमा छ भनेपछि अघिल्लै दिन सत्ता गठबन्धनमा बैठक गर्ने र महाभियोग नलगाउने हो भने हामीलाई मुद्दा हराउने भयो भन्ने आधारमा महाभियोग ल्याइयो । देखाउनका लागि त २२ बुँदा छन् । देखाउनका लागि त अनेक बुँदा तयार गर्न सकिने भयो ।’

माधवकुमार नेपालसहितका १४ जनाको मुद्दाको सुनुवाइ प्रभावमा पार्नका लागि सत्तारुढ गठबन्धनले सत्तारुढ गठबन्धनले न्यायालाई दबाबमा राख्नका लागि महाभियोग लगाएको ओलीको दाबी थियो । उनले भने, ’मुद्दाको सन्दर्भमा उत्पन्न भएको त्रास र त्यो मुद्दाको न्यायिक परिणामलाई दुष्प्रभावित गर्ने शासकीय सत्ताधारीहरूको कुचेष्टा र न्यायालयलाई आफ्नो दबाबमा राख्ने प्रयासका रूपमा महाभियोग आयो ।’ थाहा खबर बाट सभार

सुदूरपश्चिमखबर संंवाददाता

सुदूरपश्चिमखबर संंवाददाता

सम्बन्धित

रास्वपा महाधिवेशन : पदाधिकारी चयनका लागि मतदान शुरू
राजनीति

रास्वपा महाधिवेशन : पदाधिकारी चयनका लागि मतदान शुरू

असार १२, २०८३
रास्वपा महाधिवेशनका कारण प्रतिनिधिसभा बैठक फेरि स्थगित
राजनीति

रास्वपा महाधिवेशनका कारण प्रतिनिधिसभा बैठक फेरि स्थगित

असार १२, २०८३
रास्वपामा आज पदाधिकारी चयनका लागि मतदान
राजनीति

रास्वपामा आज पदाधिकारी चयनका लागि मतदान

असार १२, २०८३

Discussion about this post

फेसबुक पेज

नयाँ प्रकाशित

आईसीसी लिग–टु शृङ्खलाका लागि नेपाली टोली घोषणा

आईसीसी लिग–टु शृङ्खलाका लागि नेपाली टोली घोषणा

असार १२, २०८३
नेप्से परिसूचक २६ अङ्कले घट्यो

लगातार पाँचौँ दिन घट्यो शेयर बजार, नेप्से २ हजार ६४९ विन्दुमा

असार १२, २०८३
रास्वपा महाधिवेशन : पदाधिकारी चयनका लागि मतदान शुरू

रास्वपा महाधिवेशन : पदाधिकारी चयनका लागि मतदान शुरू

असार १२, २०८३
फिफा विश्वकपमा आज राति समूह ‘आई’ का दुई रोमाञ्चक खेल

फिफा विश्वकपमा आज राति समूह ‘आई’ का दुई रोमाञ्चक खेल

असार १२, २०८३
सुनको भाउ आज तोलामा २ हजार रुपैयाँ वृद्धि

लगातारको गिरावटपछि सुनको भाउमा सामान्य सुधार, चाँदी घट्यो

असार १२, २०८३
रास्वपा महाधिवेशनका कारण प्रतिनिधिसभा बैठक फेरि स्थगित

रास्वपा महाधिवेशनका कारण प्रतिनिधिसभा बैठक फेरि स्थगित

असार १२, २०८३

आशिर्वाद मिडिया प्रा. लि.  द्वारा सञ्चालित

सुदूरपश्चिमखबर डट्कम

sudurpashimkhabar.com

कम्पनी दर्ता नम्बरः २२४७९७-०७६-७७

सूचना बिभाग दर्ता नम्बर: २१७५-०७७-०७८

प्रेस काउन्सिल सूचिकरण न : २३४५

सञ्चालक: मनिषा भट्ट

अतिथि सम्पादक: हिरा कुमारी भट्ट

सम्पादक: बिरेन्द्र कलौनी

कार्यकारी प्रमुख: प्रकाश भट्ट

फोटो पत्रकार: दिपक नाथ

संवाददाता: रबि भट्ट

सम्पर्कका लागि...

सुदूरपश्चिमखबर डट्कम

ठेगानाः वेदकोट-९ लालपुर, कञ्चनपुर

सम्पर्क नम्बर: 9848358880

इमेल: [email protected]

© 2026Aashirbad Media Pvt.Ltd. All rights reserved.

Design & Developed by: Donoo Logo

No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व