राष्ट्रपति विद्यादेवी भण्डारीले शंकरप्रसाद शर्मालाई गणतन्त्र भारतका लागि नेपालको आवासीय राजदूतमा नियुक्त गरेकी छन् ।
नेपालको संविधानको धारा २८२ अनुसार मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपतिले शर्मालाई उक्त पदमा आइतबार नियुक्त गरेकी हुन् ।
मन्त्रिपरिषद्को गत मंसिर १० गतेको बैठकले उनलाई भारतका लागि नेपाली राजदूतमा सिफारिस गरेको थियो । यसअघि उनी संयुक्त राज्य अमेरिकाका लागि नेपालको आवासीय राजदूत थिए । ekantipur.com बाट सभार









Discussion about this post