नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आउने निर्वाचनमा देशभर पाँच दललाई एउटै कुच्चाले बडार्ने बताएका छन् ।
अध्यक्ष ओलीले इलाममा आयोजित कार्यक्रममा बोल्दै अबको चुनावमा अत्यधिक बहुमतका साथ एमाले विजयी हुने दाबी गरेका हुन् ।
उहाले भने, ‘फेरि एमालेलाई बहुमत ल्याउन रोक्न लागेका छन् , नङ नगाडे हुन्छ , ओइलिएका पात झर्न सक्छन्, एमालेको सूर्य सतीसाल भएर उभिन्छ । देशभर पाँच दललाई आउने चुनावमा एउटै कुच्चाले बडार्नेछ । हामी चुनाव पर्खिरहेका छौं । एमाले नेपाली जनताको पार्टी हो ।“ गोदावरी न्युज बाट सभार









Discussion about this post