नेकपा (एमाले) का स्थायी कमिटी सदस्य भानुभक्त ढकालले नेपालको राजनीति दुई ध्रुवमा विभाजन भएको बताउनुभएको छ । प्रेस चौतारी नेपाल जिल्ला शाखाले आज यहाँ आयोजना गरेको पत्रकार सम्मेलनमा उहाँले एउटा ध्रुवको नेतृत्व एमाले र अर्को ध्रुवको नेतृत्व काँग्रेसले गरिरहेको बताउनुभयो ।
अबको निर्वाचनले दुई ध्रुवको राजनीतिलाई स्पष्ट पार्ने बताउँदै उहाँले भन्नुभयो, “केही च्याँखे थाप्ने र दाउपेच हेर्ने बाँकी रहे पनि राजनीति दुई ध्रुवमा बाँडिन्छ ।” अब हुने स्थानीय तहको निर्वाचन र त्यसपछिको प्रदेश तथा सङ्घीय निर्वाचनको परिणामले त्यसलाई प्रष्ट पार्ने उहाँको भनाइ छ ।
स्थानीय तहको निर्वाचन एमालेको दबाबका कारण समयमै हुन लागेको भन्दै उहाँले निर्वाचन नगर्न विभिन्न षड्यन्त्र भएको आरोप लगाउनुभयो । निर्वाचनको समयमा जनप्रतिनिधिविहीन बनाउन नहुने तर्क गर्दै उहाँले भन्नुभयो, “सङ्घीयमा निर्वाचन हुँदा सरकारविहीनको कल्पना गर्न सकिँदैन, त्यसैगरी स्थानीय तह पनि रित्तो हुनुहुँदैन ।” उपहार खबर बाट सभार









Discussion about this post