Sudurpashim Khabar
No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
No Result
View All Result
Sudurpashim Khabar
No Result
View All Result

निर्वाचन आचारसंहिता : चुनाव प्रचारसम्बन्धी के छ व्यवस्था ?

सुदूरपश्चिमखबर संंवाददाता by सुदूरपश्चिमखबर संंवाददाता
चैत्र ४, २०७८
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

निर्वाचन आयोगले रातको समयमा चुनाव प्रचार गर्न नपाइने नियम बनाएको छ। बिहान ८ देखि साँझ ७ बजेसम्म मात्रै चुनावी कार्यक्रम सञ्चालन गर्न पाइने आयोगले जारी गरेको आचारसंहितामा उल्लेख छ।

राजपत्रमा बिहीबार प्रकाशित आचारसंहिता केही दिनमै लागू हुने आयोग प्रवक्ता शालिग्राम शर्मा पौडेलले बताए। ‘जुलुस, आमसभा, भेला वा प्रचार–प्रसारका काम गर्दा बिहान ८ बजेदेखि साँझ ७ बजेसम्म मात्रै गर्नुपर्ने,’ आचारसंहितामा लेखिएको छ।
स्थानीय प्रशासनको अनुमति लिएर मात्र राजनीतिक दल र तिनका भ्रातृसंगठनले सार्वजनिक स्थलमा जुलुस, आमसभा, कोणसभा वा बैठक गर्न पाउने भएका छन्। राजनीतिक दल वा उम्मेदवारले निर्वाचन चिह्न अंकित ज्याकेट, टोपी, गम्छा, टिसर्ट, कमिज, माक्स लकेट उत्पादन र प्रयोग गर्न नपाइने आचारसंहितामा उल्लेख छ। घरधनीको स्वीकृति नलिई कसैको घरमा पनि राजनीतिक गतिविधि वा प्रचार–प्रसार गर्न नपाइने आयोगको नियम छ।

निर्वाचन आचारसंहिता राजपत्रमा प्रकाशित, दलहरुले के के गर्न पाउँदैनन् ?
आयोगले निर्वाचनमा सामाजिक सञ्जालको दुरुपयोग गर्न नहुने आचारसंहिता बनाएको छ। सामाजिक सञ्जालमा गलत, भ्रामक, वा द्वेषपूर्ण सूचना प्रवाह गर्न नपाइने जनाइएको छ। निर्वाचनमा प्रभाव पार्ने उद्देश्यले झुटा साइट बनाउन नपाइने आयोगले स्पष्ट पारेको छ। निर्वाचनलाई प्रभाव पार्ने उद्देश्यले सामाजिक सञ्जालमा होच्याउने, अपमान गर्ने, द्वेषपूर्ण भाषण (हेट स्पिच) जस्ता भ्रामक टिकाटिप्पणी गर्न नहुने आचारसंहितामा उल्लेख छ।

उम्मेदवार मनोनयनको समयदेखि राजनीतिक दल वा उम्मेदवारको मत सर्वेक्षण गर्न वा प्रकाशन गर्न नपाइने आचारसंहिता आयोगले सञ्चारमाध्यमका लागि बनाएको छ। निर्वाचन प्रचारमा १८ वर्षमुनिका बालबालिका प्रयोग गर्न पाइने छैन।
आयोगले चुनावमा हेलिकप्टर प्रयोग गर्न दिने भनेको छ। ‘राजनीतिक दलले प्रचार–प्रसारका लागि आफ्नो तर्फबाट दुई जना मुख्य प्रचारकको नाम आयोगमा बुझाउनुपर्ने र आयोगले अनुमति दिएका मुख्य प्रचारकले मात्रै हेलिकप्टर सेवा प्रयोग गर्न सक्ने,’ आचारसंहितामा लेखिएको छ।

खर्चको विवरण पेस गर्नुपर्ने

उम्मेदवारले बैंकमार्फत मात्रै रकम खर्च गर्नुपर्ने, २५ हजार बढी आर्थिक आर्थिक सहयोग लिँदा बैंक तथा वित्तीय संस्थामार्फत लिनुपर्ने र खर्चको विवरण पेस गर्नुपर्ने आचारसंहितामा छ। स्थानीय तहका बहालवाला पदाधिकारीहरू आगामी चुनावमा उम्मेदवार बन्ने भए मनोनयन गर्नु अघि पदबाट राजीनामा दिनुपर्ने आयोगले नियम बनाएको छ। अन्नपूर्ण पोस्ट बाट सभार

सुदूरपश्चिमखबर संंवाददाता

सुदूरपश्चिमखबर संंवाददाता

सम्बन्धित

रास्वपा महाधिवेशन : पदाधिकारी चयनका लागि मतदान शुरू
राजनीति

रास्वपा महाधिवेशन : पदाधिकारी चयनका लागि मतदान शुरू

असार १२, २०८३
रास्वपा महाधिवेशनका कारण प्रतिनिधिसभा बैठक फेरि स्थगित
राजनीति

रास्वपा महाधिवेशनका कारण प्रतिनिधिसभा बैठक फेरि स्थगित

असार १२, २०८३
रास्वपामा आज पदाधिकारी चयनका लागि मतदान
राजनीति

रास्वपामा आज पदाधिकारी चयनका लागि मतदान

असार १२, २०८३

Discussion about this post

फेसबुक पेज

नयाँ प्रकाशित

आईसीसी लिग–टु शृङ्खलाका लागि नेपाली टोली घोषणा

आईसीसी लिग–टु शृङ्खलाका लागि नेपाली टोली घोषणा

असार १२, २०८३
नेप्से परिसूचक २६ अङ्कले घट्यो

लगातार पाँचौँ दिन घट्यो शेयर बजार, नेप्से २ हजार ६४९ विन्दुमा

असार १२, २०८३
रास्वपा महाधिवेशन : पदाधिकारी चयनका लागि मतदान शुरू

रास्वपा महाधिवेशन : पदाधिकारी चयनका लागि मतदान शुरू

असार १२, २०८३
फिफा विश्वकपमा आज राति समूह ‘आई’ का दुई रोमाञ्चक खेल

फिफा विश्वकपमा आज राति समूह ‘आई’ का दुई रोमाञ्चक खेल

असार १२, २०८३
सुनको भाउ आज तोलामा २ हजार रुपैयाँ वृद्धि

लगातारको गिरावटपछि सुनको भाउमा सामान्य सुधार, चाँदी घट्यो

असार १२, २०८३
रास्वपा महाधिवेशनका कारण प्रतिनिधिसभा बैठक फेरि स्थगित

रास्वपा महाधिवेशनका कारण प्रतिनिधिसभा बैठक फेरि स्थगित

असार १२, २०८३

आशिर्वाद मिडिया प्रा. लि.  द्वारा सञ्चालित

सुदूरपश्चिमखबर डट्कम

sudurpashimkhabar.com

कम्पनी दर्ता नम्बरः २२४७९७-०७६-७७

सूचना बिभाग दर्ता नम्बर: २१७५-०७७-०७८

प्रेस काउन्सिल सूचिकरण न : २३४५

सञ्चालक: मनिषा भट्ट

अतिथि सम्पादक: हिरा कुमारी भट्ट

सम्पादक: बिरेन्द्र कलौनी

कार्यकारी प्रमुख: प्रकाश भट्ट

फोटो पत्रकार: दिपक नाथ

संवाददाता: रबि भट्ट

सम्पर्कका लागि...

सुदूरपश्चिमखबर डट्कम

ठेगानाः वेदकोट-९ लालपुर, कञ्चनपुर

सम्पर्क नम्बर: 9848358880

इमेल: [email protected]

© 2026Aashirbad Media Pvt.Ltd. All rights reserved.

Design & Developed by: Donoo Logo

No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व