निर्वाचन आयोगले आउँदो स्थानीय तह चुनावमा राष्ट्रिय मान्यता प्राप्त दलबाहेकका ७३ वटा साना दललाई दलीय चुनाव चिह्न प्रदान गर्ने निर्णय गरेको छ । यसअघि स्थानीय तहको चुनावमा राष्ट्रिय मान्यता प्राप्त दलबाहेकका प्रतिनिधिले स्वेच्छिक चिह्न लिएर उठ्नुपर्ने प्रावधान थियो ।
आज बिहीवार निर्वाचन आयोगको नियमित पत्रकार सम्मेलनमा आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले यो जानकारी दिनुभएको हो । ७३ वटा राजनीतिक दललाई आफ्नो दलको चुनाव चिह्न प्राप्त गर्नका लागि जिल्लास्तरको सङ्गठन संरचना जिल्ला समितिको विवरण २०७८ को चैत ६ गतेभित्र पेस गर्न पत्राचार गरिएको उहाँले बताउनुभयो ।
प्रवक्ता पौडेलले आउँदो स्थानीय तह चुनाव २०७९ का लागि चुनावको समयमा निर्वाचन समितिको प्रतिलिपि २० लाख रुपैयाँको सामूहिक दुर्घटना बीमा गर्न राष्ट्रिय बीमा संस्थानसँग हिजो बुधवार सम्झौता गरिसकेको पनि जानकारी दिनुभयो । बताउनु भयो ।
स्थानीय तह चुनावका लागि आवश्यक पर्ने मतदाता नामावली, मतदाता परिचयपत्र लगायतका निर्वाचन सामग्रीहरू छपाइका लागि आजदेखि ६ वटा प्याकेजमा ई–ब्रिडिङको माध्यमबाट खरिद गर्न पनि आयोगले आग्रह गरेको छ । उज्यालो अनलाइन बाट सभार









Discussion about this post