कैलाली – जिल्ला प्रशासन कार्यालय कैलालीले होली पर्व मनाउने बहानामा इच्छाविपरीत (जबरस्ती) रङ दल्ने, लोला तथा पानी छ्याप्ने अवाञ्छित क्रियाकलाप कार्य नगर्न आग्रह गरेको छ ।
बुधबार प्रशासकीय अधिकृत मीना जोशीले एक सूचना जारी गर्दै आउँदै गरेको रंगको पर्व होलीको उपलक्ष्यमा जिल्लाबासीलाई शुभकामना दिदैँ चाडपर्वको नाममा कसैको इच्छा विपरित रंग तथा लोला नहाल्न आग्रह गरेकी हुन् ।
‘चाडपर्व मनाउने नाममा कुनैपनि अवाच्छित गतिविधिहरु जस्तै कोही कसैको ईच्छा विपरित जथाभावी रङ दल्ने, लोला तथा पानी छ्याप्ने, बाटो ढुकेर बटुवालाई रङ लगाउने, बाटो अवरोध गरी सवारी साधनबाट रकम असुल्ने, मादक पदार्थ सेवन गरी सवारी साधन चलाउने, सार्वजनिक ठाउँहरुमा होहल्ला गर्ने जस्ता अवाञ्छित क्रियाकलाप नगरी सभ्य र शान्तिपूर्ण ढंगले स्वास्थ्य सुरक्षाको मापदण्ड अपनाई चाडपर्व मनाउन जिल्ला बासीमा हार्दिक अपिल गर्दछ’, सूचनामा उल्लेख गरिएको छ ।
चाडपर्वको नाममा अवाञ्छित एवम् कानून विपरित कार्य गरे गराएको पाइएमा कानून बमोजिम कारवाही हुने जारी गरिएको सूचनामा भनिएको छ । गोदावरी न्युज बाट सभार









Discussion about this post