बैतडी – नेकपा माओवादी केन्द्रको सहायक संगठन (वाई.सी.एल.) नेपालका पूर्व दोगडाकेदार गाउँपालिका इन्चार्ज समेत रहेका युवा नेता कृष्ण जोशी दोगडाकेदार गाउँपालिका वडा नम्बर तीन श्रीकोटबाट वडा अध्यक्ष पदमा उम्मेदवारी दिने तयारीमा जुटेका छन् । जोशी होटल तथा पर्यटन व्यवसायी हुन् । उनी पछिल्लो समय समाज सेवामा पनि उत्तिकै सक्रिय रहेका छन् ।
श्रीकोटका जनताले आफूलाई विश्वास गर्ने र समाजसेवा गर्ने अवसर दिनेछन् भन्ने कुरामा विश्वस्त भएको जोशी बताउँछन्। आफूलाई श्रीकोटका जनताले विश्वास गरे श्रीकोट लाई बैतडीकै नमुना वडा बनाउने उनको भनाई रहेको छ । उनले वडा भित्र पाँच वर्ष भित्रमा एक घर एक रोजगारी सिर्जना गर्ने, स्वास्थ्य, शिक्षा, कृषि, पर्यटनमा बढी जोड दिने बताउनुभयो । उहाँले आफूलाई श्रीकोटका जनताले विश्वास गरे ( स्वाथ्य,शिक्षा, बिजुली तथा खानेपानी निःशुल्क गर्ने पनि बताउनुभयो ।
जोशीले आफू वडा चलाउन सक्षम भएको र नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्रले आफूलाई टिकट दिने कुरामा आफू विश्वस्त रहेको बताए। कुनै कारण पार्टीले टिकट नदिए आफू स्वतन्त्रबाटै भएपनि वडामा उम्मेदवारी दिने जोशीले बताउनुभयो ।








Discussion about this post