आइसिसी महिला विश्वकपमा न्युजिल्यान्डले बंगलादेशलाई ९ विकेटले पराजित गर्दै प्रभावशाली जित निकालेको छ। वर्षाका कारण २७ ओभरमा घटाइएको खेलमा आयोजक न्युजिल्यान्डसामु बंगलादेशले १ सय ४१ रनको लक्ष्य दिएको थियो। उक्त लक्ष्य न्युजिल्यान्डले ४२ बल बाँकी हुँदै १ विकेट गुमाएर पुरा ग¥यो।
प्रतियोगितामा पहिलो जित निकाल्ने क्रममा न्युजिल्यान्डले उत्कृष्ट ब्याटिङ गरेको थियो। टस हारेर पहिलो ब्याटिङ गरेको बंगलादेशका लागि ओपनर फरगना हकले सर्वाधिक ५२ रनको अर्धशतकीय इनिङ खेलेकी थिइन्। त्यस्तै अर्की ओपनर समीमा सुल्तानले ३३ रन बनाइन्।
यी दुईले पहिलो विकेटका लागि ५९ रनको साझेदारी गरेका थिए। तर त्यसपछि बंगलादेश सम्हालिन सकेन भने कुनै पनि ब्याटस्वुमनले विष्फोटक इनिङ खेल्न सकेनन्। न्युजिल्यान्डका लागि एमी सटरथ्वाइटले ३ विकेट लिएकी थिइन्।
१ सय ४१ रनको लक्ष्य लिएर मैदानमा उत्रिएको न्युजिल्यान्डले १ विकेट गुमाएर सहज रुपमा लक्ष्य पूरा ग¥यो। कप्तान सोफाइन डेभिन १४ रनमा नै आउट भएपनि त्यसपछि सुजाई बटेस र एमिलिया केरले दोस्रो विकेटका लागि १ सय ८ रनको अविजित साझेदारी गर्दै टीमलाई सहज जित दिलाए।
बाटेस ७९ रनमा अविजित रहँदा केर ४७ रनमा नटआउट रहिन्। बंगलादेशका लागि १ मात्र विकेट सलमा खातुनले लिएकी थिइन्।
प्रतियोगितामा न्युजिल्यान्डको यो पहिलो जित हो। यसअघि आफ्नो पहिलो खेलमा घरेलु टोली वेस्टइन्डिजसँग ३ विकेटले पराजित भएको थियो। यसअघि बंगलादेश भने दक्षिण अफ्रिकासँग ३२ रनले पराजित भएको थियो।
खेलमा म्यान अफ द म्याच घोषित बाटेसले १ हजार रन पूरा गरिन्। उनी यो उपलब्धि हासिल गर्ने विश्वकी छैटौं महिला खेलाडी बन्दा न्युजिल्यान्डका लागि भने दोस्रो खेलाडी बनिन्। थाहा खबर बाट सभार









Discussion about this post