सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

आज फागुन १६ गते सोमबार, यस्तो छ आजको पञ्चाङ्ग र राशिफल !!

पञ्चाङ्ग
वि.सं. फागुन १५, २०७८ । ई.सं. २८ फेब्रअरी २०२२ । शक संवत् १९४३ । नेपाल संवत् ११४२ सिल्लाथ्व । राक्षस, उत्तरायण शिशिर । सोमबार फाल्गुण कृष्णपक्ष । तिथि– त्रयोदशी, २६ः२४ बजे उप्रान्त चतुर्दशी । नक्षत्र– श्रवण, २८ः४५ बजे उप्रान्त धनिष्ठा । योग– वरियान्, १३ः४७ बजे उप्रान्त परिघ । करण– गर १५ः२२ बजेदेखि वणिज, २६ः२४ बजे उप्रान्त चतुष्पद । चन्द्रराशि मकर । आनन्दादि योग काण । दिनमान २८।४७ । सूर्योदय ६ः३२ । सूर्यास्त १८ः०३ । सोमप्रदोष व्रत ।

 

राशिफल
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) मनमा हर्ष, उमङ्ग र उत्साह छाउनेछ । जीवनसाथीको सल्लाहमा गरिएको कार्यमा अधिक सफलता मिल्नेछ । स्वादिष्ट भोजन पनि पाइनेछ ।

वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो) आफ्नै दक्षतामा विभिन्न कार्यहरू सम्पन्न हुनेछन् । कलाकारिता र साहित्यिक क्षेत्रमा रूचि बढ्नेछ । सहयोगी हातहरू पनि अघि बढ्नेछन् ।

World Link Ads
Mahakali Polytechnic

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा) झुटा आरोप आइपर्दा समस्या खेप्नुपर्नेछ । अनावश्यक धन खर्च हुँदा मानसिक चिन्ता बढ्नेछ । ताके अनुरूप काम नबन्नाले दिक्क लाग्नेछ ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) एउटै कामबाट दोहोरो लाभ मिल्नेछ । व्यावसायिक काममा राम्रै फड्को मार्न सकिनेछ । आत्मिक सन्तुष्टि मिल्नेछ । तीर्थाटनको योग पनि छ ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) आज पारिवारिक प्रेम र सद्भाव बढेर जानेछ । रोकिएका अधुरा पुराना कामहरू पुरा हुनेछन् । वैदेशिक क्षेत्रको काम पनि अघि बढ्नेछ ।

कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो) आज आकस्मिक धनलाभ हुनेछ । काम देखाएर अरूको मन लोभ्याउन सकिनेछ । महिला वा मित्रबाट विशेष सहयोग पनि मिल्नेछ ।

Sana Kishan

तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते) शुभ समाचार सुन्न पाइनेछ । मित्रबाट विशेष सहयोग मिल्नेछ । आफ्नो क्षेत्रमा प्रभुत्व जमाउन सकिनेछ । घरमा अतिथिको आगमन हुनेछ ।

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) आज लामो समयदेखि रोकिएका अधुरा कार्यहरू पुरा हुनेछन् । कुनै समाचारले मनमा शान्ति छाउनेछ । शुभ यात्राको योग पनि छ ।

धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे) आज इच्छा र आकाङ्क्षा पूर्ण हुनेछन् । ठूला व्यक्तिले तपाईँका मेहनतको प्रशंसा गर्नेछन् । धनार्जनका नयाँ स्रोतहरू पत्ता लाग्नेछन् ।

मकर (भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि) आज शुभकार्यको चर्चा चल्नेछ । अकस्मात् धन सम्पत्ति हात पर्नेछ । धर्म कर्म, परोपकार, समाजसेवा जस्ता कार्यमा मन लाग्नेछ ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा) आज जिद्दीपनाले गर्दा काम बिग्रने डर छ । प्रतिकूल समयले घेरेको छ, संयम रहनु होला । बोलीको विपरीत अर्थ पनि लाग्न सक्नेछ ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि) जोशजाँगर र हिम्मत बढ्नेछ । दैनिक कार्यहरूमा प्रगति हुनेछ । रमणीय र सुखद् यात्राको योग छ । नयाँ वस्त्र, अलङ्कारको प्राप्ति हुनेछ । राशिफल जे जस्तो भएपनि तपाईंको दिन शुभ रहोस् । मकालु खबर बाट सभार

 

Purnagiri Ads
Indreni
सम्वन्धित समाचार
New digital House
जवाफ छाड्नुस्

Your email address will not be published.