सुदूरपश्चिम खबर
sudurpashimkhabar.com
Bedkot Samudayik Ban

श्रीलङ्कासँगको टी–२० क्रिकेट श्रृङ्खला भारतलाई

97
Sana Kishan

भारतले दोस्रो टी–२० मा पाहुना टोली श्रीलङ्कालाई ७ विकेटले हराएको छ । गएराति भएको खेलमा श्रीलङ्कालाई ७ विकेटले हराउँदै घरेलु टोली भारतले तीन खेलको श्रृङ्खला एक खेल अगाडि नै जितेको छ ।

श्रीलङ्काले दिएको १ सय ८४ रनको लक्ष्य भारतले १७ ओभर १ बलमा तीन विकेट गुमाएर भेट्टायो । भारतका लागि श्रेयस ऐरले अविजित ७४ रनको अर्धशतकीय पारी खेले । त्यस्तै रविन्द्र जडेजा ४५ रनमा अविजित रहे । श्रीलङ्काका लाहिरु कुमाराले दुई विकेट लिए । यसअघि पहिले ब्याटिङ गरेको श्रीलङ्काले २० ओभरमा ५ विकेट गुमाएर १ सय ८३ रन बनाएको थियो ।

Arus
Karnali Traders

श्रीलङ्काका पाथुम निशान्काले ७५ रनको अर्धशतकीय पारी खेले । डसुन सनकाले अविजित ४७ रन जोडे । भारतका भुवनेश्वर कुमार, जस्प्रित बुमराह, हर्षल पटेल, युजभेन्द्र चाहल, रविन्द्र जडेजाले एक÷एक विकेट लिए । पहिलो खेलमा भारत ६२ रनले विजयी भएको थियो । दुई देशबीचको तेस्रो तथा अन्तिम टी–२० आज हुनेछ । उज्यालो अनलाइन बाट सभार

Nepali Khaja

kfg mit mart
Indreni
सम्वन्धित समाचार
Ganesh Samudayik Ban
जवाफ छाड्नुस्

Your email address will not be published.

4  +    =  14