कप्तान सन्दीप लामिछानेले ३ विकेट लिएपछि ग्लोवल क्वालिफायरको तेस्रो स्थानका लागि नेपालले ओमानबाट ८८ रनको लक्ष्य पाएको छ । सेमिफाइनलमा पराजित भएपछि आईसीसी टी–२० विश्वकपमा छनोट हुन असफल नेपाल र ओमानबीच तेस्रो स्थानका लागि खेल जारी छ ।
मस्कटस्थित अल अमेरात रंगशालामा टस जितेर पहिले ब्याटिङ गरेको ओमानले निर्धारित ओभरमा ९ विकेट गुमाएर ८७ रनको योगफल खडा गरेको छ । नेपाली बलरहरू हाबी भएपछि ओमानका कुनै पनि ब्याटरले लामो इनिङ खेल्न सकेनन् । कप्तान जिसन मक्सुद (२१) र आयान खान (१६), नसिम खुसी (१५) र कलिमुल्लाह (१४) ले मात्र दोहोरो अंकको रन छुन सके ।
दोस्रो ओभरमै ओपनर जतिन्दर सिंह रनआउट भएपछि नेपालले पहिलो सफलता पाएको थियो । अर्को ओभरमा कमलसिंह ऐरीले सोएव खानलाई कप्तान सन्दीप लामिछानेबाट क्याच आउट गरे । पाँचौं ओभरमा ओमानका अर्का ओपनर कश्यप प्रजापतीलाई ५ रनको व्यक्तिगत स्कोरमा आउट गरेपछि पावर प्ले (६ ओभर)मा १९–३ को कमजोर स्थितिमा थियो ।
त्यसयता नेपाली स्पिनरहरू कप्तान लामिछाने, आरिफ शेख र सागर ढकालले विकेट लिइरहे । लामिछानेले ३ विकेट लिए । उनले चार ओभरमा १३ रन खर्चिए । आरिफ शेख, अविनाश बोहोरा, सागर ढकाल र कमलसिंह ऐरीले १–१ विकेट लिए । यो प्रतियोगितामा पहिलो खेल खेलेका सागरले ३ ओभरमा १९ रन खर्चिए । अनलाइनखबर बाट सभार









Discussion about this post