सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

डडेल्धुरामा स्पिकिङ्ग आइडल : तेस्रो अडिसन गन्यापधुरामा

डडेल्धुरा — डडेल्धुरा स्पिकिङ्ग आइडल २०७८ को पालिका अडिशन शनिवार गन्यापधुरामा भएको छ । पालिका अडिसनको तेस्रो अडिसन पालिका सदरमुकाम वडालमा सम्पन्न भएको छ ।
पहिलो पालिका अडिशन परशुराम नगरपालिकामा,दास्रो अडिसन भागेश्वर गाउपालिकामा र तेस्रो अडिसन गन्यापधुरामा सम्पन्न भएको कार्यक्रमका संयोजक दिपक राज भट्टले जानकारी दिए ।

आज शनिवार सम्पन्न भएको अडिसनमा ६ विद्यालयका १२ जना विद्यार्थीहरु सहभागि रहेका थिए ।
पालिका अडिसनमा प्रथम हुनेमा निशा कार्कि,द्धितृीयमा आध्या अवस्थि,तृतीयमा प्रतिभा भट्ट र चर्तुथमा नरेश भट्ट छनौट भएको कार्यक्रमका सह संयोजक सुर्दशन ओझाले बताए ।
पुरुस्कार क्रमश रु पाच हजार,तीन हजार,२ हजार र १ हजार नगद सहित प्रमाण पत्र दिएको शुरेश भट्टले बताए ।
कार्यक्रममा प्रमुख अथिती पालिका प्रमुख नवल मल्ल , विशिष्ठ अथितीमा मीन वहादुर बिष्ठ रहेका थिए भने अथितीमा शिखर बहुउद्धेशीय विकास समाज डडेल्धुरा अध्यक्ष, पालिका वडा अध्यक्षहरु,शिक्षा शाखा प्रमुख, प्रतिनीधि, खबरदारी मिडिया हाउस प्रतिनिधि लगायतको सहभागिता रहेको थियो ।
पालिका अडिशनबाट २ जनालाई जिल्ला अडिशनका लागि छनोट गरिएको छ ।
गन्यापधुरा पालिका अडिसनको आयोजक शिक्षा शाखा गन्यापधुरा रहेको थियो भने प्रर्बद्धकमा शिखर बहुउद्धेशीय विकास समाज डडेल्धुरा र मिडिया पार्टनर खबरदारी न्युज साप्ताहिक रहेको थियो ।

World Link Ads
Mahakali Polytechnic
Sana Kishan

Dirghayu Ads

पालिका अडिशनबाट छनोट गरिएका २ विद्यार्थीलाई जिल्ला अडिशनमा सहभागी गराइने र उनीहरुको सबै खर्च आयोजकले दिने कार्यक्रमका संयोजक भट्टले बताए। सातै पालिकामा पालिका अडिशन गरेर त्यसपछि जिल्ला अडिशन गर्ने तयारी रहेको छ।

जिल्ला अडिशनको मुख्य आयोजक खबरदारी न्यूज रहेको छ भने सह आयोजकमा शिखर वहुउद्धेशीय विकास समाज, समाजसेवी विनय प्रकास मल्ल र युवा मञ्च डडेल्धुरा रहेका छन्। यस्तै प्रर्वद्धका रुपमा बोलन्या थली युनिट डडेल्धुरा रहेको छ।

Purnagiri Ads
Indreni
सम्वन्धित समाचार
New digital House
जवाफ छाड्नुस्

Your email address will not be published.