Sudurpashim Khabar
No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
No Result
View All Result
Sudurpashim Khabar
No Result
View All Result

पानी नआएको महसुल बक्यौता र जरिवाना मिनाह गर्नुपर्छ : मन्त्री चौधरी

सुदूरपश्चिमखबर संंवाददाता by सुदूरपश्चिमखबर संंवाददाता
फाल्गुन १, २०७८
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

खानेपानी मन्त्री उमाकान्त चौधरीले काठमाडौं उपत्यका खानेपानी लिमिटेड (केयुकेएल)को लागि सबैभन्दा ठूलो चुनौति माग अनुसार खानेपानीको आपूर्ति गर्न नसक्नु नै रहेको बताएका छन्।

केयुकेएलको १४औं वार्षिकोत्सव समारोहको आइतबार सिंहदरबारमा उद्घाटन गर्दै चौधरीले उपत्यकावासीको पानीको अभावलाई कम गर्न बैकल्पिक व्यवस्थापनको लागि सिस्नेरी स्रोतको सम्भाव्यता अध्ययन सुरु भएको जानकारी दिए।

कोभिड संक्रमणलाई ध्यान दिँदै भर्चुअलमाध्यमबाट केयुकेएलका पदाधिकारी र कर्मचारीलाई संवोधन गर्दै मन्त्री चौधरीले एसियाली विकास बैंकले मेलम्चीमा आएको बाढी र पहिरोको क्षतिको विवरण, त्यसको कारण र स्थायी समाधानका उपायको लागि जलाधार संरक्षण गर्ने विषयमा अध्ययन गरिरहेको र त्यसको प्रतिवेदन आएपछि कार्ययोजना बनाई कार्यान्वयन गरिने बताए।

मन्त्री चौधरीले खानेपानीको समय सापेक्ष, वैज्ञानिक एवं व्यवहारिक महशुल निर्धारण गर्न मन्त्रालयले महशुल निर्धारण आयोग गठन प्रकृया अगाडि बढाइएको बताए।

‘केयुकेएलका कर्मचारीहरु, व्यवस्थापन, संचालक समिति एक ढिक्का भई ग्राहकहरूलाई सेवा प्रवाह गर्नुपर्छ। खानेपानी मन्त्रालय त्यसका लागि पूर्ण सहयोग गर्न तयार छ’, मन्त्री चौधरीले भने, ‘स्वच्छ र गुणस्तरीय खानेपानी उपलब्ध गराउनु राज्यको दायित्व भएकोले सोझै धाराबाट पानी पिउन सक्ने अवस्था सिर्जना गर्न म सम्बद्ध निकायहरूलाई निर्देशन दिन चाहन्छु।’

मन्त्री चौधरीले मेलम्चीको पानी काठमाडौं उपत्यकाबासीलाई यसै वर्षभित्र खुवाउने भनी सरकारले गरेको घोषणा र प्रधानमन्त्री शेरबहादुर देउवाले देशवासीको नाममा सम्वोधन गरेको समय अवधिभित्रै काठमाडौंमा पानी ल्याउने कार्य अघि बढिरहेको बताए।

उनले भने, ‘केयुकेएलले कर्मचारीहररूका जायज मागहरू पूरा गर्न युनियनहरूसँग भएको सम्झौता अविलम्ब कार्यान्वयन गर्न र कर्मचारीले पनि आफ्नो पदिय दायित्व पूरा गर्नु हुनेछ भन्ने विश्वास लिएको छु। केयुकेएलले ग्राहकहरूलाई पानी नआएकोमा पानी नआएको महसुल बक्यौता र जरिवाना छुट र मिनाह गर्ने नीति तयार गरी तुरुन्त व्यवस्थापन गर्न जरुरी छ।’

मेलम्ची खानेपानी आयोजना, आयोजना कार्यान्वयन निर्देशनालय, केयुकेएल, काठमाडौं उपत्यका खानेपानी व्यवस्थापन बोर्डबीच समन्वयात्मक कार्य गर्न आवश्यक देखिएको भन्दै मन्त्री चौधरीले खानेपानीका स्रोत तथा मुहानहरूको संरक्षण गर्दै सुकेका मूलहरूमा पुनः मूल फुटाउन मन्त्रालयले ‘मूल फुटाउ अभियान’ यसै वर्षदेखि सुरु गर्ने जानकारी दिए।

मन्त्री चौधरीले नेपालमा उपलब्ध खानेपानीको गुणस्तरको नियमित जाँच गर्नुपर्ने आवश्यकता औंल्याउँदै उपभोक्ताहरूलाई प्रशोधित, शुद्ध र गुणस्तरिय पानी वितरण गर्न मन्त्रालयबाट विशेष अभियान संचालन गरिने जानकारी दिए।

कोभिड संक्रमणको महामारीमा स्वास्थ्य जोखिमलाई ध्यानमा राख्दै आम सेवाग्राही÷ग्राहकवर्गको सुविधाका लागि अनलाइनमार्फत महशुल भुक्तानी गर्ने प्रणालीको सुरु गरेकोमा केयुकेएल परिवारलाई धन्यबाद दिँदै मन्त्री चौधरीले भने, ‘पूर्वप्रधानमन्त्री कृष्णप्रसाद भट्टराईले सुरु गर्नुभएको मेलम्ची खानेपानी आयोजनाको पानी काठमाडौं उपत्यकामा पथान्तरण गर्न पुनर्निर्माणको काम भइरहेको जानकारी दिन चाहन्छु।’

उनले मेलम्चीको पानी उपत्यकामा वितरण गर्ने प्रणालीलाई चुस्त र दुरुस्त गर्न मेलम्ची सव–प्रोजेक्ट २ अन्तरगत हालसम्म ३६० मिटरको सर्ट रन टेस्ट पूरा भई पानी संचालनको लागि तयारी भएको बताए। मन्त्री चौधरीले केयुकेएलको वार्षिकोत्वसको अवसरमा तयार गरिएको वार्षिक प्रतिवेदनको विमोचन, खानेपानीको महशुल अनलाइन भुक्तानी प्रणाली र नयाँ डीप ट्वीवेलको उद्घाटन गरे।

केयुकेएल संचालक समितिका अध्यक्ष तिरेशप्रसाद खत्रीको अध्यक्षतामा भएको उद्घाटन समारोहमा मन्त्रालयका सचिव सुरेश आचार्य, केयुकेएलका निमित्त प्रमुख कार्यकारी अधिकृत ज्ञानेन्द्रबहादुर कार्की, काठमाडौं उपत्यका खानेपानी व्यवस्थापन बोर्डका कार्यकारी निर्देशक संजीवबिक्रम राणा, आयोजना कार्यान्वयन निर्देशनालयका निर्देशक कमलराज श्रेष्ठ, संचालक रुद्रप्रसाद गौतम केयुकेएलका क्रियाशील ट्रेड युनियनका अध्यक्षहरुले मन्तब्य राखेका थिए। थाहा खबर बाट सभार

सुदूरपश्चिमखबर संंवाददाता

सुदूरपश्चिमखबर संंवाददाता

सम्बन्धित

रास्वपा महाधिवेशन : चुनावी सरगर्मीसँगै प्रचारप्रसार तीव्र
राजनीति

रास्वपा महाधिवेशन : चुनावी सरगर्मीसँगै प्रचारप्रसार तीव्र

असार १०, २०८३
महाधिवेशन समय बढेपछि प्रतिनिधिसभा बैठक स्थगित, पर्सिका लागि निर्धारण
राजनीति

महाधिवेशन समय बढेपछि प्रतिनिधिसभा बैठक स्थगित, पर्सिका लागि निर्धारण

असार १०, २०८३
रास्वपा महाधिवेशन : केन्द्रीय सदस्य चयनका लागि मतदानको तयारी शुरू
राजनीति

रास्वपा महाधिवेशन : केन्द्रीय सदस्य चयनका लागि मतदानको तयारी शुरू

असार १०, २०८३

Discussion about this post

फेसबुक पेज

नयाँ प्रकाशित

स्वास्थ्य, शिक्षा र पूर्वाधारलाई प्राथमिकता दिँदै वेदकोटले ल्यायो १ अर्ब ३ करोड बढीको बजेट  

स्वास्थ्य, शिक्षा र पूर्वाधारलाई प्राथमिकता दिँदै वेदकोटले ल्यायो १ अर्ब ३ करोड बढीको बजेट  

असार १०, २०८३
रास्वपा महाधिवेशन : चुनावी सरगर्मीसँगै प्रचारप्रसार तीव्र

रास्वपा महाधिवेशन : चुनावी सरगर्मीसँगै प्रचारप्रसार तीव्र

असार १०, २०८३
मौद्रिक नीतिका लागि राष्ट्र बैंकलाई उद्योग परिसङ्घकाे सुझाव

मौद्रिक नीतिका लागि राष्ट्र बैंकलाई उद्योग परिसङ्घकाे सुझाव

असार १०, २०८३
महाधिवेशन समय बढेपछि प्रतिनिधिसभा बैठक स्थगित, पर्सिका लागि निर्धारण

महाधिवेशन समय बढेपछि प्रतिनिधिसभा बैठक स्थगित, पर्सिका लागि निर्धारण

असार १०, २०८३
अमेरिकामा पुर्‍याइएका नेपालका दुई ऐतिहासिक मूर्ति पुनः नेपाललाई फिर्ता

अमेरिकामा पुर्‍याइएका नेपालका दुई ऐतिहासिक मूर्ति पुनः नेपाललाई फिर्ता

असार १०, २०८३
विश्वकप २०२६ : नेयमार स्कटल्यान्डविरुद्ध ९० मिनेट पूरा खेल्ने तयारीमा

विश्वकप २०२६ : नेयमार स्कटल्यान्डविरुद्ध ९० मिनेट पूरा खेल्ने तयारीमा

असार १०, २०८३

आशिर्वाद मिडिया प्रा. लि.  द्वारा सञ्चालित

सुदूरपश्चिमखबर डट्कम

sudurpashimkhabar.com

कम्पनी दर्ता नम्बरः २२४७९७-०७६-७७

सूचना बिभाग दर्ता नम्बर: २१७५-०७७-०७८

प्रेस काउन्सिल सूचिकरण न : २३४५

सञ्चालक: मनिषा भट्ट

अतिथि सम्पादक: हिरा कुमारी भट्ट

सम्पादक: बिरेन्द्र कलौनी

कार्यकारी प्रमुख: प्रकाश भट्ट

फोटो पत्रकार: दिपक नाथ

संवाददाता: रबि भट्ट

सम्पर्कका लागि...

सुदूरपश्चिमखबर डट्कम

ठेगानाः वेदकोट-९ लालपुर, कञ्चनपुर

सम्पर्क नम्बर: 9848358880

इमेल: [email protected]

© 2026Aashirbad Media Pvt.Ltd. All rights reserved.

Design & Developed by: Donoo Logo

No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व