अहिलेको समयमा कपाल झर्ने समस्याबाट धेरै मानिस हैरान भएका हुन्छन्। महिलामा कपाल झर्ने समस्या वंशानुगत भन्दा धेरै लाइफस्टाइलसँग जोडिएको हुन्छ।
किनकी महिलाको कपाल सामान्यता धेरै लामो हुने गर्छ। त्यस कारण यिनीहरु हरेक दिन कपाललाई ध्यान दिन समय पाउँदैनन्। केही खास मौसममा कपालका लागि पनि उपचारको जरुरत हुने गर्छ। जस्तै वर्षा र गर्मी मौसममा धेरै नुहाउनु पर्छ भने जाडो महिनामा कपालमा स्याम्पुभन्दा बढी हाइड्रेशनको आवश्यक हुने गर्छ। यदी तपाई गर्मी र वर्षायाममा हप्तामा ३ दिन स्याम्पु गर्ने हुन्छ भने जाडोमा २ दिन मात्र पनि काफी हुने गर्छ। तर तेलको आवश्यक बढी हुने गर्छ।
त्यसैले चिसो मौसममा कपाललाई मुलायम र सुन्दर राख्नका लागि हाइड्रेशनको जरुरत पर्छ। कपाललाई हाइड्रेशन राख्नका लागि तपाईले हप्तामा दुई पटक तेल लगाउनुहोस्। र कमसेकम एक पटक हेयर मास्क जरुर लगाउनुहोस्। हाइड्रेशनका लागि सबैभन्दा राम्रो हेयर मास्क अण्डा हुने गर्छ।
तपाई एउटा अण्डालाई भाँडोमा राखि राम्रोसँग फिट्नुहोस्। साथै यसमा दुई चम्चा तोरीको तेल मिलाउनुहोस्। तोरीको तेलले अण्डाको गन्ध गटाउन पनि सहयोग गर्छ र कपालको जरामा ऐन्टिब्याक्टेरियल प्रोटिन पनि मिल्छ।
जाडोमा कपालको रुखोपन कसरी हटाउने ?
जाडोमा तपाई आफ्नो कपाललाई ड्राई स्याम्पुले नुहाउन सक्नुहुन्छ।
कपाललाई धेरै समयसम्म खुल्ला नराख्नुहोस्।
कपाललाई कुनै कुनै दिन तेल नलगाएर पनि राख्नुहोस्।
नुहाउनुभन्दा पहिला कपालमा तेल अवश्य लगाउनुहोस्।
स्याम्पुपछि कण्डीशनर अवश्य लगाउनुहोस्।
गुच्छाका रुपमा कपाल झर्न थाल्यो भने
यदी तपाईको कपाल गुच्छाका रुपमा झर्न थाल्यो भने यसको कारण तपाईको डाइटमा भएको कुनै परिवर्तन पनि हुनसक्छ। यदी तपाईले डाइटमा कुनै नयाँ जोड्नुभएको छ वा परिवर्तन गर्नुभएको छ भने कपाल झर्ने समस्याको सामना पनि गर्नुपर्ने हुन्छ। यस्तो समस्या अधिक रुपमा देखियो भने तपाईले डाइटिसियनसँग सल्लाह लिनु राम्रो हुन्छ।
मौसम परिवर्तन र खानपानमा देखिएको परिवर्तनका कारण पनि कपाल झर्ने समस्या देखिने गर्छ। त्यसैले बेला बेलामा मौसम सम्बन्धी भोजन र पोषण तत्व अवश्य खानुहोस्। तपाईले जुन डाइट अप्नाएपनि त्यसमा न्युट्रिशनको पूरा ध्यान राख्न आवश्यक हुन्छ। जस्तै प्रोटिन र क्याल्सिमको मात्राबीच सुन्तुलन कायम राख्नु ।
कपाल झर्ने समस्या अधिक रुपमा भइरहेको छ भने तपाईले भिटामिन डी र भिटामिन बी १२ का साथसाथ सिमित मात्रामा भिटामिन सीको पनि सेवन गर्न आवश्यक हुन्छ। तर यस भिटामिन डोजका बारेमा विशेषज्ञसँग सल्लाह लिनु निकै राम्रो हुन्छ। नयाँ पुस्ता बाट सभार









Discussion about this post