जनमत पार्टीका अध्यक्ष सीके राउतले किसान आन्दोलनका मुद्धा पूरा गर्न सरकारसँग माग गरेका छन्। बुधबार वीरगञ्जमा पत्रकार सम्मेलन गर्दै राउतले यस्तो बताएका हुन्।
किसानका माग पूरा नभए स्थानीय तहको निर्वाचन अवरोध गर्ने चेतावनी दिएका छन्। राउतले पत्रकार सम्मेलनमा भने, ‘मुख्य कुरा किसानको मुद्धा हो। किसानको मुद्धामा सरकार संवेदनशिल हुनुपर्छ। त्यसपछि मात्रै स्थानीय तहको निर्वाचनको परिकल्पना गरौं। नत्र तराई मधेशमा झापादेखि बाँके, बर्दिया, कैलाली कञ्चनपुरसम्म अवरोध गर्नेछौं।’
अहिले मधेशमा राउतको नेतृत्वमा रहेको जनमत पार्टीले किसान आन्दोलन गर्दै आएको छ। कृषि मन्त्री मधेशकै भएपनि किसानको माग सुन्न नचाहेको राउतको आरोप छ। राउतले किसानका मुद्धा सम्बोधन गर्न सरकार गम्भिर नभए अर्को चरणको आन्दोलन घोषणा गर्ने बताए। अन्नपूर्ण पोस्ट बाट सभार









Discussion about this post