Sudurpashim Khabar
No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
No Result
View All Result
Sudurpashim Khabar
No Result
View All Result

यस्ता छन् हाम्रा आनीवानी जुन मधुमेह रोग निम्त्याउने कारक बन्छन्। !!

सुदूरपश्चिमखबर संंवाददाता by सुदूरपश्चिमखबर संंवाददाता
२०७८ माघ २५, मंगलवार २०:२३
0
SHARES
1
VIEWS
Share on FacebookShare on Twitter

‘खानदानी रोग।’ मधुमेह, उच्च रक्तचाप जस्ता रोगलाई हामी चलनचल्तीको भाषामा यसै भन्छौ। यसो भन्नुको खास अर्थ छ। यसले सौखिन र आरमदायक जीवन विताउन चाहनेहरु यस रोगका सिकार बन्छन्।

यसबाट के बुझ्न सकिन्छ भने मधुमेह रोग लाग्नुको पछाडि तपाईको जीवनशैली धेरै हदसम्म जिम्मेवार छ। हाम्रा कति आनीवानी यस्ता छन्, जसले मधुमेह रोग निम्त्याउने कारक बन्छ । के हुन् त ति बानी ?

१) राती अबेरसम्म बस्नुहुन्छ

यदी तपाई राती अवेरसम्म बस्नुहुन्छ , कम सुत्नु हुन्छ, अनिदो बस्नुहुन्छ भने तपाई बिस्तारै मधुमेहको चपेटामा पर्नुहुनेछ ।

चुरोट खाने तथा रातको समयमा भोजन गर्ने लगायतका बानीले पनि मधुमेह निम्त्याउँछ । तपाई आफ्नो तौलप्रति वेपर्वाह हुनुहुन्छ वा तौल नियन्त्रण गर्नुहुन्न भने त्यसले मधुमेहको खतरा सामान्य अवस्थामा भन्दा डेढ गुना बढी बढाउँछ ।

२) लामो समय टिभी हेर्नुहुन्छ

अनौठो लाग्नसक्छ, टेलिभिजन हेर्दा मधुमेहको खतरा ? सहि हो । पिट्सवर्ग विश्वविद्यालयको एक अध्ययनले यसै भन्छ । त्यस अनुसार तपाई जति धेरै लामो समय टेलिभिजनअघि विताउनुहुन्छ, उत्तिनै मधुमेहको खतरा हुन्छ ।

३) विहान नास्ता गर्नुहुन्न

तपाईले भोग्नुभएकै होला, जसले विहानका नास्ता गर्दैन, उसले दिनभरमा क्यालोरीयुक्त खानेकुरा तथा बढी चिल्लो खानेकुराको सेवन गरिरहेको हुन्छ । यसबाहेक, तपाईले शरीरलाई आवश्यक पर्ने खानेकुरा समेत खानुहुदैन । जसले गर्दा तपाईको इन्सुलिनको स्तर बढ्न सक्छ, र तपाईलाई मधुमेह हुनसक्छ ।

४) अल्छी गर्नुहुन्छ तर, मीठो खानुहुन्छ

नेपालीमा उखानै छ, ‘अल्छे तिघ्रो, स्वादे जिब्रो ।’ धेरैमा यस्तै बानी हुन्छ । काम गर्न वा शारीरिक गतिविधि गर्न जाँगर नचलाउने तर, खानेकुरा भने मीठा–मीठा चाहिने । यस्तो बानीले तपाईलाई चाडै मधुमेहको औषधी सेवन गर्नुपर्ने अवस्थामा पु¥याउँछ ।

५) अत्याधिक मात्रामा रिफाइन्ड कार्वोहाइड्रेटको सेवन

मैदायुक्त पाउरोटी, सेतो चामल, मैदा लगायतका खाद्यान्नको प्रयोगले तपाईको शरीरलाई ज्यादामात्रामा इन्सलिन उत्पादन गर्न प्रेरित गर्छ र त्यसलाई शरीरले छिटै सोस्ने गर्छ । यसले गर्दा तपाईलाई धेरै भोक लाग्ने गर्छ । परिणामस्वरुप तपाई ज्यादा खाना खानुहुन्छ । यसले मधुमेह निम्त्याउँछ ।

६) घाममा नबस्ने

हामीले घामबाट प्राकृतिक रुपमा भिटामिन डि प्राप्त गर्छौ । यद्यपी हामी घाममा बस्न रुचाउँदैनौ। यस्तो बानीले शरीरमा भिटामिन डीको अभाव हुनजान्छ । फलत टाइप २ मधुमेहको खतरा हुन्छ।

७) धेरै तनाव लिनुहुन्छ

तनाव तथा चिन्ता मधुमेहको एउटा प्रमुख कारण हुनसक्छ। किनकी तनाव तथा चिन्ता हुदाँ शरीरले कार्टिसोल नामक हर्मोनको उतपादन गर्छ, जसले इन्सुलिन एक्टिविटीलाई बढाउँछ, यसले तपाईको रगतमा चिनीको मात्रालाई समेत बढाउँछ ।

८) दिनभर बसेर काम गर्नुहुन्छ

कतै तपाई पनि पूरै दिन बसेर काम गर्नु त हुन्न ? अफिसमा झण्डै आठ घण्टा बसेरै काम गर्ने र घरमा गएर पनि टिभीमै दिन व्यतित गर्नुहुन्छ भने तपाईहरुलाई पनि मुटुरोग तथा मधुमेहको जोखिम बढी हुनसक्छ।

९) सस्तो भाडामा खाना तताउने बानी

न्युयार्क विश्वविद्यालयको एक वैज्ञानिकहरुले पत्ता लगाए अनुसार प्लाष्टिकको भाडामा खाना तताउनाले प्लाष्टिकको भाडामा पाइने दुई केमिकल्सले इन्सुलिनबाट तपाईको प्रतिरोधात्मक क्षमतालाई बढाउँछ, जुन मधुमेहको प्रारम्भिक लक्षण हो। यसले विशेषगरी, युवा तथा बालबालिकालाई हानी पु¥याउने गर्छ।

मधुमेह नियन्त्रणका लागि कति प्रभावकारी व्यायाम

मधुमेहबाट छुटकारा पाउने तीन बिधी हो, स्वास्थ्य खानपान, नियमित व्यायाम र योगा । मधुमेह नियन्त्रणका लागि व्यायाम निकै प्रभावकारी हुन्छ । यद्यपी व्यायाम गर्नुअघि थोरै सावधानी अपनाउनु पर्छ। किनभने बिना जानकारी व्यायाम गर्दा उसको ब्लड शुगरको स्तर धेरै वा कम हुनसक्छ।

कति र कहिले गर्ने व्यायाम ?

यदि तपाई मधुमेहलाई नियन्त्रण गर्न चाहनुहुन्छ भने नियमित व्यायामलाई आफ्नो दिनचर्यामा सामेल गराउनुहोस् । यद्यपी मधुमेह रोगीले व्यायाम गर्नुअघि ख्याल गर्नैपर्छ कि, कहिले र कित व्यायाम गर्ने ?

अमेरिकन हार्ट एसोसिएशनका अनुसार जुन व्यक्तिलाई मधुमेह छ उसले सप्ताहमा कम्तीमा पाँच दिन व्यायाम गर्नैपर्छ । एक पटकमा ३० मिनेट व्यायाम गर्नुपर्छ । स्वास्थ्य अनुसार हल्का वा भारी व्यायाम आवश्यक्ता हुन्छ।

जस्तो कि, तिब्र गतिमा हिँड्ने वा मध्यम गतिमा हिँड्ने । यसले तपाईको हृदयको धड्कनमा बढोत्तरी हुनसक्छ। यसका साथै टाइप २ मधुमेहको रोगीले हप्तामा कम्तिमा एक वा दुई पटक मांसपेशी बलियो बनाउने व्यायाम गर्नुपर्छ।

व्यायामको सुरुवात विस्तारै÷विस्तारै गर्नुहोस् । सुरुमा १५ मिनेट मात्र व्यायाम गर्नुहोस् । बिहान र बेलुकी १५÷१५ मिनेट टहल्नुहोस् । र, बिस्तारै व्यायामको समयलाई बढाउँदै लानुहोस् ।

वर्कआउट

आफ्नो दिनचर्यालाई सक्रिय बनाउनुहोस् । घरको सानोतिनो काम आफै गर्नुहोस्, जसले शारीरिक रुपमा सक्रिय तुल्याउँछ। टेलिभिजन हेरेको बेला होस् वा कम्प्युटरमा काम गरेको बेला नै, एकै स्थानमा लामो समय बस्नु हुँदैन। बेला बखत उठ्ने, शरीरलाई तन्काउने वा हल्का व्यायाम गर्ने गर्नुहोस् ।

घरमा कुकुर छ भने कुकुरलाई डोहो¥याएर बाहिर निस्कन सकिन्छ । बच्चासँग खेल्न सकिन्छ ।

सावधानी

यदि व्यायाम गरेको बेला, खेलेको बेला शारीरिक पीडा भयो भने त्यो काम बन्द गर्नुहोस् । जस्तो कि, सास बढ्यो, थकावट महसुष भयो, चक्कर लाग्यो भने चिकित्सकको परामर्श लिनुपर्छ ।

– यदि कम्पन, बेचैनी, कमजोरी महसुष भयो भने व्यायाम गर्न छाडौं ।

– यदि सामन्यभन्दा बढी पसिना आयो भने व्यायाम नगरौ ।

– यदि मुटुको धड्कन एकदमै तिब्र भयो भने व्यायाम नगरौ ।

– टाउको दुख्न थाल्यो भने व्यायाम बन्द गरौ ।

ब्लड शुगर लेभल कम भयो भने ?

व्यायामको क्रममा तपाईको ब्लड शुगर लेभल कम हुनसक्छ । खासगरी टाइप १ मधुमेह छ भने । यस स्थितीमा व्यायाम शुरु गर्नुअघि कम्तिमा एक वा तीन घण्टा पहिला केहि स्न्याक्स लिनुहोस् ।

व्यायाम गरेको बेला आफुसँग तीन वा पाँच ग्लूकोज ट्याब राखौ । थोरै मात्रामा फलको जुस वा हार्ड क्यान्डी पनि राख्न सकिन्छ। यसका साथै दुई चम्चा किशमिश राखौ।

खानपानमा सावधानी

मधुमेह रोगीले के खाने भन्ने कुरा जति महत्वपूर्ण हुन्छ उत्तिनै कहिले र कति खाने भन्ने कुराले पनि अर्थ राख्छ।

थोरै थोरै खाने

तिब्र वा छिटो छिनो खाने मान्छेले धेरै खान्छन्। शान्त र सहज रुपमा विस्तारै खाना खानुपर्छ। यसले खानाको स्वाद त बढ्छ नै, मधुमेह, मोटोपन जस्ता समस्या पनि हुँदैन।

राती लामो समय बसेर वा अबेरसम्मम खाना खानबाट बचौं। सुत्नुभन्दा तीन घन्टाघि खाना खाइसक्नुपर्छ। नयाँ पुस्ता बाट सभार

 

सुदूरपश्चिमखबर संंवाददाता

सुदूरपश्चिमखबर संंवाददाता

सम्बन्धित

बौद्ध र स्वयम्भूमा श्रद्धालुको घुइँचो
जीवनशैली

बौद्ध र स्वयम्भूमा श्रद्धालुको घुइँचो

२०७८ माघ २५, मंगलवार २०:२३
देशभरिका बालबालिकालाई भिटामिन ‘ए’ र जुकाको औषधि खुवाउन सुरु
स्वास्थ्य

देशभरिका बालबालिकालाई भिटामिन ‘ए’ र जुकाको औषधि खुवाउन सुरु

२०७८ माघ २५, मंगलवार २०:२३
काठमाण्डौको असनमा आजदेखि हरेक शनिबार सवारी साधन प्रवेश निषेध : मौलिकता फिर्ता गराउने उद्देश्य
जीवनशैली

काठमाण्डौको असनमा आजदेखि हरेक शनिबार सवारी साधन प्रवेश निषेध : मौलिकता फिर्ता गराउने उद्देश्य

२०७८ माघ २५, मंगलवार २०:२३

Discussion about this post

फेसबुक पेज

नयाँ प्रकाशित

‘वर्ल्ड लिङ्क बिट द स्पीड’ को तेस्रो संस्करणका लागि एन्ड्रयु लियोनार्ड महेन्द्रनगर आउँदै

‘वर्ल्ड लिङ्क बिट द स्पीड’ को तेस्रो संस्करणका लागि एन्ड्रयु लियोनार्ड महेन्द्रनगर आउँदै

२०७८ माघ २५, मंगलवार २०:२३
इन्धनको मूल्य समायोजनः पेट्रोल-डिजेल सस्तो, एलपी ग्यास महँगियो

इन्धनको मूल्य समायोजनः पेट्रोल-डिजेल सस्तो, एलपी ग्यास महँगियो

२०७८ माघ २५, मंगलवार २०:२३
बौद्ध र स्वयम्भूमा श्रद्धालुको घुइँचो

बौद्ध र स्वयम्भूमा श्रद्धालुको घुइँचो

२०७८ माघ २५, मंगलवार २०:२३
२५७०औँ बुद्ध जयन्ती देशभर श्रद्धापूर्वक मनाइँदै

२५७०औँ बुद्ध जयन्ती देशभर श्रद्धापूर्वक मनाइँदै

२०७८ माघ २५, मंगलवार २०:२३
आज १३७औँ अन्तर्राष्ट्रिय श्रमिक दिवस

आज १३७औँ अन्तर्राष्ट्रिय श्रमिक दिवस

२०७८ माघ २५, मंगलवार २०:२३
वेदकोटका तीन वडामा जोखिम नक्सांकन तथा क्षमता विश्लेषण सम्पन्न

वेदकोटका तीन वडामा जोखिम नक्सांकन तथा क्षमता विश्लेषण सम्पन्न

२०७८ माघ २५, मंगलवार २०:२३

आशिर्वाद मिडिया प्रा. लि.  द्वारा सञ्चालित

सुदूरपश्चिमखबर डट्कम

sudurpashimkhabar.com

कम्पनी दर्ता नम्बरः २२४७९७-०७६-७७

सूचना बिभाग दर्ता नम्बर: २१७५-०७७-०७८

प्रेस काउन्सिल सूचिकरण न : २३४५

सञ्चालक: मनिषा भट्ट

अतिथि सम्पादक: हिरा कुमारी भट्ट

सम्पादक: बिरेन्द्र कलौनी

कार्यकारी प्रमुख: प्रकाश भट्ट

फोटो पत्रकार: दिपक नाथ

संवाददाता: रबि भट्ट

सम्पर्कका लागि...

सुदूरपश्चिमखबर डट्कम

ठेगानाः वेदकोट-९ लालपुर, कञ्चनपुर

सम्पर्क नम्बर: 9848358880

इमेल: [email protected]

© 2026Aashirbad Media Pvt.Ltd. All rights reserved.

Design & Developed by: Donoo Logo

No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व