सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

वैशाखमा स्थानीय तहको निर्वाचन गर्नुपर्छ : ढकाल

नेकपा (एमाले)का नेता भानुभक्त ढकालले वैशाखभित्र स्थानीय तहको निर्वाचन गर्नुपर्ने बताएका छन् ।

एमालेका पत्रकारको संगठन प्रेस चौतारीको २४ औं स्थापना दिवसमा मोरङमा आयोजित कार्यक्रममा बोल्दै उनले वैशाखभित्र निर्वाचन गर्नुपर्ने बताएका हुन् ।

स्थानीय तहको निर्वाचित जनप्रतिनिधिको पदावधि जेठ ५ गते सकिने बताउँदै उनले वैशाखभित्र स्थानीय तहको निर्वाचन गर्नुपर्ने बताएका हुन् ।

World Link Ads
Mahakali Polytechnic
Sana Kishan

संविधान र कानुनले स्थानीय तहको रिक्ततालाई व्याख्या नगरेको बताउँदै पदावधि सकिन २ महिनाअघि निर्वाचन गर्नुपर्ने बताए ।

अवधि सकिएको ६ महिनापछि चुनाव गर्नुपर्ने तर्क गलत रहेको उनको भनाइ छ ।

यसैबीच, प्रेस चौतारीको स्थापना दिवसको अवसरमा मोरङ शाखाले कृष्णप्रसाद सिग्देल स्मृति युवा पत्रकारिता पुरस्कार नेत्र पि अधिकारी र घनश्याम भण्डारीलाई प्रदान गरेको छ । अनलाइनखबर बाट सभार

Purnagiri Ads
Indreni
सम्वन्धित समाचार
New digital House
जवाफ छाड्नुस्

Your email address will not be published.