Sudurpashim Khabar
No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
No Result
View All Result
Sudurpashim Khabar
No Result
View All Result

नेताहरूले गर्दा हाम्रो देश बिग्रियो : मन्त्री प्रेमबहादुर आले

सुदूरपश्चिमखबर संंवाददाता by सुदूरपश्चिमखबर संंवाददाता
माघ २२, २०७८
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री प्रेमबहादुर आलेले नेताहरूको कुदृष्टिको कारणले गर्दा देश बिग्रिएको बताएका छन् । शुक्रवार पर्यटन क्षेत्र पुनरुत्थान निर्देशक समितिको पहिलो बैठकलाई सम्बोधन गर्दै मन्त्री आलेले नेताहरूको कारण देश बिग्रिएको बताएका हुन् ।

मन्त्री आलेले आजको दिनसम्म मन्त्रालय अन्तर्गतको विभिन्न अनियमितताहरूको अध्ययन गर्नमै आफ्नो समय खर्च भइरहेको उल्लेख गरे । उनले तत्कालीन पर्यटन मन्त्री योगेश भट्टराईले बतास समूहसँग सेटिङ गरी सस्तोमा जग्गा भाडामा उपलब्ध गराउनेदेखि विभिन्न निकायहरूमा बतास समूहसँग सम्बन्धित मान्छेहरूलाई राजनीतिक नियुक्ति दिलाएको आरोप पनि लगाए । उनले भने – ‘पशुपतिमा धर्मशाला बनिसकेपछि त्यसको टेन्डर प्रक्रिया पनि पशुपति क्षेत्र विकास कोषको मिटिङ बसेर मिटिङले पास गरेपछि मात्र टेन्डर गर्न पाउने कुरा हो । परिषद्को मिटिङबाट त्यो पास पनि भएको छैन । हतार हतारमा टेन्डर निकालेर सेटिङमा त्यो पनि उहाँले लिनुभएछ । हेर्दाखेरी सबै प्रक्रिया गलत छ । उहाँ बतासकै पार्टनर रहेछन् डिमप्रसाद पौडेलजी । त्यही मान्छेलाई ल्याएर योगेश भट्टराईजीले के गर्नुभयो, निगमको एमडी बनाउनुभयो । बतासलाई यता धर्मशाला बुझाउनुभयो । यता ल्याएर निगमको एमडी बनाउनुभयो । बतास र धनन्जय रेग्मी पार्टनर । अनि उहाँलाई ल्याएर पर्यटन बोर्डको सिइओ बनाउनुभयो । कस्तो सेटिङ हेर्नुस् । अनि कसरी बन्छ त हाम्रो देश ? सबभन्दा बढी यसको गल्ती भनेको म आफैँलाई भन्छु, नेताहरूले गर्दा खेरी हाम्रो देश बिग्रिएको । नेताहरूको चरित्र असल भएको भए यो नेपाल अहिले यो अवस्थामा हुन्थेन । जम्मै नेताहरूको कुदृष्टिको कारणले गर्दा भएको हो । यो देश बिग्रिने पहिलो कारण भनको पोलिटिसिएन । सेकेण्ड चाहिँ ब्युरोक्रयाट पनि होलान् । तर सबभन्दा बढी दोषी भनेको पोलिटीसिएन हुन् ।’

उनले मन्त्रीहरुले राजनीतिक नियुक्ति दिलाउनको लागि बार्गेनिङ गर्ने गरेको देखेको पनि बताए । मन्त्रीसँग आर्थिक बार्गेनिङ गरेर नियुक्त भएको मान्छेले काम नगर्ने र पैसा कमाउने मात्रै उद्देश्य राख्ने पनि उनले उल्लेख गरे । उनले भने – ‘कतै चहिच्किचाएर म भन्न चाहान्छु, मन्त्रीहरू कतिपय मैले के देखेको छु भन्दाखेरी कुनै राम्रो लाभको पदमा पठाउनुप¥यो भने पहिल्यै बार्गेनिङ हुँदोरैछ त्यहाँ । अनि बार्गेनिङ भइसकेपछि उसले किन काम गर्छ त ? उसको मुख्य लक्ष्य हुन्छ कसरी कमाउने ? किनकि उसले त बुझाएर आएको हुन्छ नि त । उसको इन्ट्रेस्ट त त्यो हुन्छ नि ।’

मन्त्री आलेले सबै अप्ठ्यारो कानुनहरूलाई संशोधन गरेर पर्यटन क्षेत्रको प्रवर्द्धन गर्नुपर्ने बताए । सरकारले पर्यटकीय क्षेत्रको नयाँ गन्तव्य खोजी भइरहेको भन्दै उनले सो गन्तव्यहरूको विश्वभर प्रचार प्रसार गरेर धेरै भन्दा धेरै पर्यटक भित्राउनुपर्नेमा जोड दिए । रातोपाटी बाट सभार

 

सुदूरपश्चिमखबर संंवाददाता

सुदूरपश्चिमखबर संंवाददाता

सम्बन्धित

रास्वपा महाधिवेशन : चुनावी सरगर्मीसँगै प्रचारप्रसार तीव्र
राजनीति

रास्वपा महाधिवेशन : चुनावी सरगर्मीसँगै प्रचारप्रसार तीव्र

असार १०, २०८३
महाधिवेशन समय बढेपछि प्रतिनिधिसभा बैठक स्थगित, पर्सिका लागि निर्धारण
राजनीति

महाधिवेशन समय बढेपछि प्रतिनिधिसभा बैठक स्थगित, पर्सिका लागि निर्धारण

असार १०, २०८३
रास्वपा महाधिवेशन : केन्द्रीय सदस्य चयनका लागि मतदानको तयारी शुरू
राजनीति

रास्वपा महाधिवेशन : केन्द्रीय सदस्य चयनका लागि मतदानको तयारी शुरू

असार १०, २०८३

Discussion about this post

फेसबुक पेज

नयाँ प्रकाशित

स्वास्थ्य, शिक्षा र पूर्वाधारलाई प्राथमिकता दिँदै वेदकोटले ल्यायो १ अर्ब ३ करोड बढीको बजेट  

स्वास्थ्य, शिक्षा र पूर्वाधारलाई प्राथमिकता दिँदै वेदकोटले ल्यायो १ अर्ब ३ करोड बढीको बजेट  

असार १०, २०८३
रास्वपा महाधिवेशन : चुनावी सरगर्मीसँगै प्रचारप्रसार तीव्र

रास्वपा महाधिवेशन : चुनावी सरगर्मीसँगै प्रचारप्रसार तीव्र

असार १०, २०८३
मौद्रिक नीतिका लागि राष्ट्र बैंकलाई उद्योग परिसङ्घकाे सुझाव

मौद्रिक नीतिका लागि राष्ट्र बैंकलाई उद्योग परिसङ्घकाे सुझाव

असार १०, २०८३
महाधिवेशन समय बढेपछि प्रतिनिधिसभा बैठक स्थगित, पर्सिका लागि निर्धारण

महाधिवेशन समय बढेपछि प्रतिनिधिसभा बैठक स्थगित, पर्सिका लागि निर्धारण

असार १०, २०८३
अमेरिकामा पुर्‍याइएका नेपालका दुई ऐतिहासिक मूर्ति पुनः नेपाललाई फिर्ता

अमेरिकामा पुर्‍याइएका नेपालका दुई ऐतिहासिक मूर्ति पुनः नेपाललाई फिर्ता

असार १०, २०८३
विश्वकप २०२६ : नेयमार स्कटल्यान्डविरुद्ध ९० मिनेट पूरा खेल्ने तयारीमा

विश्वकप २०२६ : नेयमार स्कटल्यान्डविरुद्ध ९० मिनेट पूरा खेल्ने तयारीमा

असार १०, २०८३

आशिर्वाद मिडिया प्रा. लि.  द्वारा सञ्चालित

सुदूरपश्चिमखबर डट्कम

sudurpashimkhabar.com

कम्पनी दर्ता नम्बरः २२४७९७-०७६-७७

सूचना बिभाग दर्ता नम्बर: २१७५-०७७-०७८

प्रेस काउन्सिल सूचिकरण न : २३४५

सञ्चालक: मनिषा भट्ट

अतिथि सम्पादक: हिरा कुमारी भट्ट

सम्पादक: बिरेन्द्र कलौनी

कार्यकारी प्रमुख: प्रकाश भट्ट

फोटो पत्रकार: दिपक नाथ

संवाददाता: रबि भट्ट

सम्पर्कका लागि...

सुदूरपश्चिमखबर डट्कम

ठेगानाः वेदकोट-९ लालपुर, कञ्चनपुर

सम्पर्क नम्बर: 9848358880

इमेल: [email protected]

© 2026Aashirbad Media Pvt.Ltd. All rights reserved.

Design & Developed by: Donoo Logo

No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व