Sudurpashim Khabar
No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
No Result
View All Result
Sudurpashim Khabar
No Result
View All Result

सुरक्षाको भरपर्दाे व्यवस्था गर्न प्रधानमन्त्री शेरबहादुर देउवाको निर्देशन

सुदूरपश्चिमखबर संंवाददाता by सुदूरपश्चिमखबर संंवाददाता
माघ २१, २०७८
0
SHARES
1
VIEWS
Share on FacebookShare on Twitter

प्रधानमन्त्री शेरबहादुर देउवाले सुरक्षाको भरपर्दो व्यवस्था गर्न रक्षा मन्त्रालय र मातहतका सबै निकायलाई निर्देशन दिनुभएको छ । रक्षा मन्त्रालयको कार्यभारसमेत सम्हाल्नुभएका प्रधानमन्त्री देउवाले सुरक्षा सुशासन र विकासको पूर्वसर्त भएको उल्लेख गर्दै त्यसको भरपर्दो व्यवस्था गर्न सम्बन्धित सबै मन्त्रालय र निकायलाई निर्देशन दिनुभएको हो ।

आज शुक्रवार सिंहदरबारमा रक्षा मन्त्रालयको दोस्रो चौमासिक समीक्षा बैठकमा बोल्दै उहाँले विकास, निर्माणको कामलाई सहज ढङ्गले अघि बढाउन पनि सुरक्षाजस्तो संवेदनशील विषयलाई उच्च प्राथमिकता दिनुपर्ने स्पष्ट पार्नुभयो । त्यस अवसरमा प्रधानमन्त्री देउवाले चालु आर्थिक वर्षको कार्यक्रम समयमै सम्पन्न गराउन पनि आफ्नो मन्त्रालयलाई सचेत गराउनुभएको रक्षा सचिव किरणराज शर्माले जानकारी दिनुभयो ।

उहाँले भन्नुभयो, ‘प्रधानमन्त्रीज्यूले रक्षा मन्त्रालय देशको सुरक्षा तथा प्रतिरक्षाजस्तो महत्त्वपूर्ण र संवेदनशील जिम्मेवारी बोकेको मन्त्रालय हो । सुरक्षा, सशासन र विकासको पूर्वसर्त हो । भरपर्दो सुरक्षा प्रबन्ध नभइ देशमा एकातिर विकास, निर्माणका कामहरूलाई सहज रूपमा अघि बढाउन सकिन्न भने अर्कोतर्फ यसले पार्ने असरहरूलाई पनि हेर्नुपर्ने हुन्छ भनेर प्रधानमन्त्रीज्यूले यसलाई सम्बन्धित मन्त्रालय, निकायहरूले उच्च प्राथमिकतामा राख्न निर्देशन दिनुभएको छ । कैयौँ संवेदनशील विषयहरूमा समेत प्रधानमन्त्रीज्यूले निर्देशन जारी गर्नुभएको छ । त्यसलाई हामीले शतप्रतिशत रूपमा कार्यान्वयन गरेर चालु खर्चलाई सीमामा राख्ने, पुँजीगत खर्चलाई वृद्धि गर्ने र समयमै आयोजनाहरू सम्पन्न गर्ने र सबै कार्यक्रमलाई उच्च प्राथमिकतामा राखेर समयमै सम्पन्न गर्ने हामीले यथेष्ट लक्ष्य राखेका छौँ । यसमा सबैको सहयोग, समन्वय र सहजीकरण भइराखेको छ ।’

त्यस अवसरमा नेपाली सेनाको सबलीकरण, आधुनिकीकरण, सैनिक विश्वविद्यालयको स्थापनालगायतका विषयमा पनि छलफल गरिएको रक्षा मन्त्रालयले जनाएको छ । रक्षा सचिव शर्माले बैठकमा आएका महत्त्वपूर्ण निर्देशन तथा सुझावलाई आत्मसात् गर्दै कार्यान्वयनमा लैजाने प्रतिबद्धता व्यक्त गर्नुभएको थियो । उज्यालो अनलाइन बाट सभार

सुदूरपश्चिमखबर संंवाददाता

सुदूरपश्चिमखबर संंवाददाता

सम्बन्धित

रास्वपा महाधिवेशन : चुनावी सरगर्मीसँगै प्रचारप्रसार तीव्र
राजनीति

रास्वपा महाधिवेशन : चुनावी सरगर्मीसँगै प्रचारप्रसार तीव्र

असार १०, २०८३
महाधिवेशन समय बढेपछि प्रतिनिधिसभा बैठक स्थगित, पर्सिका लागि निर्धारण
राजनीति

महाधिवेशन समय बढेपछि प्रतिनिधिसभा बैठक स्थगित, पर्सिका लागि निर्धारण

असार १०, २०८३
रास्वपा महाधिवेशन : केन्द्रीय सदस्य चयनका लागि मतदानको तयारी शुरू
राजनीति

रास्वपा महाधिवेशन : केन्द्रीय सदस्य चयनका लागि मतदानको तयारी शुरू

असार १०, २०८३

Discussion about this post

फेसबुक पेज

नयाँ प्रकाशित

स्वास्थ्य, शिक्षा र पूर्वाधारलाई प्राथमिकता दिँदै वेदकोटले ल्यायो १ अर्ब ३ करोड बढीको बजेट  

स्वास्थ्य, शिक्षा र पूर्वाधारलाई प्राथमिकता दिँदै वेदकोटले ल्यायो १ अर्ब ३ करोड बढीको बजेट  

असार १०, २०८३
रास्वपा महाधिवेशन : चुनावी सरगर्मीसँगै प्रचारप्रसार तीव्र

रास्वपा महाधिवेशन : चुनावी सरगर्मीसँगै प्रचारप्रसार तीव्र

असार १०, २०८३
मौद्रिक नीतिका लागि राष्ट्र बैंकलाई उद्योग परिसङ्घकाे सुझाव

मौद्रिक नीतिका लागि राष्ट्र बैंकलाई उद्योग परिसङ्घकाे सुझाव

असार १०, २०८३
महाधिवेशन समय बढेपछि प्रतिनिधिसभा बैठक स्थगित, पर्सिका लागि निर्धारण

महाधिवेशन समय बढेपछि प्रतिनिधिसभा बैठक स्थगित, पर्सिका लागि निर्धारण

असार १०, २०८३
अमेरिकामा पुर्‍याइएका नेपालका दुई ऐतिहासिक मूर्ति पुनः नेपाललाई फिर्ता

अमेरिकामा पुर्‍याइएका नेपालका दुई ऐतिहासिक मूर्ति पुनः नेपाललाई फिर्ता

असार १०, २०८३
विश्वकप २०२६ : नेयमार स्कटल्यान्डविरुद्ध ९० मिनेट पूरा खेल्ने तयारीमा

विश्वकप २०२६ : नेयमार स्कटल्यान्डविरुद्ध ९० मिनेट पूरा खेल्ने तयारीमा

असार १०, २०८३

आशिर्वाद मिडिया प्रा. लि.  द्वारा सञ्चालित

सुदूरपश्चिमखबर डट्कम

sudurpashimkhabar.com

कम्पनी दर्ता नम्बरः २२४७९७-०७६-७७

सूचना बिभाग दर्ता नम्बर: २१७५-०७७-०७८

प्रेस काउन्सिल सूचिकरण न : २३४५

सञ्चालक: मनिषा भट्ट

अतिथि सम्पादक: हिरा कुमारी भट्ट

सम्पादक: बिरेन्द्र कलौनी

कार्यकारी प्रमुख: प्रकाश भट्ट

फोटो पत्रकार: दिपक नाथ

संवाददाता: रबि भट्ट

सम्पर्कका लागि...

सुदूरपश्चिमखबर डट्कम

ठेगानाः वेदकोट-९ लालपुर, कञ्चनपुर

सम्पर्क नम्बर: 9848358880

इमेल: [email protected]

© 2026Aashirbad Media Pvt.Ltd. All rights reserved.

Design & Developed by: Donoo Logo

No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व