सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

एमसीसीका विषयमा तत्काल निर्णय गर्न कठीन छ : प्रचण्ड

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ’प्रचण्ड’ले अमेरिकी परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी)बारे तत्काल निर्णय गर्न कठीन रहेको बताएका छन्। पार्टीको कर्णाली प्रदेश बैठकलाई भर्चुअल सम्बोधन गर्दै उनले यही अवस्थामा एमसीसीबारे निर्णय लिन कठीन भएको बताएका हुन्।

’एमसीसीबारे तत्काल निर्णय गर्न कठीन छ। एमसीसीका विभिन्न बुँदाहरुमा धेरै जनाको असहमति रहेको छ। ती बुँदाहरुलाई संसोधन गरेर हुन्छ या कसरी हुन्छ, छलफल र विमर्ष गरेरमात्र यसबारे निर्णय गर्न सकिन्छ,’ बैठकमा उनले भने।

उनले एमसीसीमा संशोधन गर्ने बुँदाहरुबारे सत्तारुढ गठबन्धन दलका नेताहरुबीच छलफल भइरहेको बताए। ’कुन बुँदा संशोधन गर्ने भन्ने विषयबारे पनि छलफल भइरहेको छ। छलफलपछि बल्ल निचोड निस्किने हो,’ प्रचण्डको भनाइ उद्धृत गर्दै माओवादीका एक नेताले भने।

World Link Ads
Mahakali Polytechnic
Sana Kishan

प्रचण्डले कुनै पनि हालतमा सत्ता गठबन्धन नटुट्ने बताए। ’प्रतिगमनको खतरा व्यापक छ। अहिले जसरी पनि गठबन्धन भत्काउन खोजिएको छ। तर निश्चित कार्यको लागि गठबन्धन बनेकाले यो अहिल्यै टुट्दैन,’ उनले भने। प्रचण्डले पछिल्लो राजनीतिक परिस्थितिबारे सम्बोधन गर्दै आगामी स्थानीय निर्वाचन तयारीका लागि पार्टी पंक्तिलाई निर्देशन दिएका थिए।

प्रधानमन्त्री शेरबहादुर देउवाले जसरी पनि एमसीसी पास गर्नुपर्ने सत्तारुढ दलहरुबीच प्रस्ताव गरेका छन्। उनले गठबन्धन भत्काएर भए पनि एमसीसी पास गर्ने रणनीति लिएपछि अहिले एमसीसीका विषयमा व्यापक छलफल भइरहेको छ। माओवादीभित्र एमसीसीको विषयमा विभिन्न धारहरु रहेको भन्दै प्रचण्डलाई यस विषयमा धारणा बनाउन अफ्ठ्यारो भएको उनी निकट नेताहरु बताउँछन्। अन्नपूर्ण पोस्ट बाट सभार

Purnagiri Ads
Indreni
सम्वन्धित समाचार
New digital House
जवाफ छाड्नुस्

Your email address will not be published.