सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

कांग्रेसले सभामुखमाथि महाभियोग लगायो भने हामी साथ दिन्छौं : एमाले सचिब टोपबहादुर रायमाझी

नेकपा (एमाले) का सचिव टोपबहादुर रायमाझीले नेपाली कांग्रेसले सभामुख अग्निप्रसाद सापकोटामाथि महाभियोगको प्रस्ताव ल्याए आफूहरुले साथ दिने बताएका छन्।

बिहीबार काठमाडौंमा आयोजना गरेको एक साक्षात्कार कार्यक्रममा बोल्दै नेता रायमाझीले भने, ‘यदि कांग्रेसले सभामुखमाथि महाभियोग लगायो भने हामी साथ दिन्छौं । उहाँ विधिसम्मत रुपमा चल्नुभएको छैन। तर, हामीले सभामुखमाथि महाभियोग लगाउनेबारे सोचेका छैनौं। सरकारसँग बहुमत छ।’

Sana Kishan

एमसीसीको सवालमा पार्टीले अहिले नै आधिकारिक धारणा नबनाएको स्पष्ट पारे।  उनले आगामी निर्वाचनमा आफ्नो पार्टीले कसैसँग पनि गठबन्धन नगर्ने स्पष्ट पारे।

World Link Ads
Mahakali Polytechnic

उनले भने, ‘एमाले आफ्ना एजेण्डा लिएर जनताको बीचमा जान्छ। त्यसकारण एमालेलाई तत्काल कुनै पार्टीको साथ र सहारा चाहिँदैन। नेपाली जनताको समर्थन र सहारा चाहिएको छ। जनताको माहोल अहिले एमालेतिर छ।’

Dirghayu Ads

उनले एमालेलाई पत्तासाफ गर्छु भनेर प्रचण्डले भनेको हो भने पहिले चुनाव गराउन सुझाव दिए। प्रचण्डलाई चुनौती दिँदै भने, ‘यदि प्रचण्डले एमालेलाई चुनावमा पत्तासाफ गर्छु भनेको हो भने पहिले चुनाव गराएर हेर्नुहोस, अनि को हुन्छ पत्तासाफ? प्रचण्डको कुरा हावादारी कुरा हो। २०७४ सालको चुनावमा एमालेसँग नमिलेको भएमा माओवादीको हालत के हुन्थ्यो? प्रचण्ड उकालो लाग्ने भए उहाँले किन गठबन्धनतिर लाग्नु पर्दथ्यो र?’उनले आफूहरुले पाँच दलीय गठबन्धन तोड्न नखोजेको पनि स्पष्ट पारे। गोदावरी न्युज बाट सभार

 

Purnagiri Ads
Indreni
सम्वन्धित समाचार
New digital House
जवाफ छाड्नुस्

Your email address will not be published.