सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

सुदूरपश्चिम खप्तड गोल्डकप फागुन १९ गतेदेखि हुने

सुदूरपश्चिम खप्तड गोल्डकपको पाँचौ संस्करण फागुन १९ गतेदेखि आयोजना हुने भएको छ । आयोजक सुदूरपश्चिम–११ स्पोर्टस क्लबले बुधबार धनगढीमा पत्रकार सम्मेलनको आयोजना गरेर आगामी फागुन १९ गतेदेखि प्रतियोगिता हुने जानकारी दिएको हो ।

फागुन १९ गतेदेखि २८ गतेसम्म सञ्चालन हुने प्रतियोगिताका लागि तयारी समेत सुरु गरिएको आयोजक क्लबका अध्यक्ष सुरेश हमालले जानकारी दिए । सुदूरपश्चिम प्रदेश सरकारले प्रतियोगिता आयोजना गर्न सहयोग गर्ने भएपछि यसवर्ष प्रतियोगिताको नामाकरण ‘मुख्यमन्त्री अन्तराष्ट्रिय सुदूरपश्चिम खप्तड गोल्डकप २०७८’ गरिएको छ।

Sana Kishan

दुई विदेशीसहित १० टिम सहभागी हुने प्रतियोगिताको विजेतालाई २१ लाख तथा उपविजेतालाई १० लाख रुपैँयासहित ट्रफी, मेडल तथा प्रमाणपत्र प्रदान गरिने आयोजक क्लबका महासचिव प्रकाश शाहीले जानकारी दिए । धनगढी रंगशालामा हुने प्रतियोगितामा विभिन्न विधाका उत्कृष्ट खेलाडीलाई २०÷२० हजार र प्रत्येक खेलको म्यान अफ दि म्याचलाई १०÷१० हजार पुरस्कार प्रदान गरिने छ ।

World Link Ads
Mahakali Polytechnic

फिफा र एन्फाको नियमअनुसार हुने प्रतियोगिता आयोजनामा एक करोड ५० लाख खर्च लाग्ने अनुमान गरिएको छ । प्रतियोगितालाई दैनिक ५हजार दर्शकले प्रत्यक्ष तथा ५० लाख बढीले अप्रत्यक्ष रुपमा प्रतियोगिताबारे जानकारी पाउने आयोजकले दाबी गरेको छ । सगुन खबर बाट सभार

Purnagiri Ads
Indreni
सम्वन्धित समाचार
New digital House
जवाफ छाड्नुस्

Your email address will not be published.