सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

जेठमा हुने स्थानीय चुनावमा पनि गठबन्धन मिलेर अघि बढ्छ : माधव नेपाल

नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले जेठमा हुने स्थानीय तह निर्वाचनमा पनि सत्तारुढ गठबन्धनका दलहरु मिलेर जाने बताएका छन् ।

बुधबार पार्टीको विद्यार्थी संगठनले गरेको रक्तदान कार्यक्रममा उनले स्थानीय तह निर्वाचनमा गठबन्धनलाई निरन्तरता दिने विषयमा छलफल चलाइरहेको बताए ।

‘जेठमा चुनाव हुन गइरहेको छ । त्यो चुनावमा पनि गठबन्धनका दलहरु मिलेर अगाडि बढ्नेछ’ उनले भने, ‘ त्यसका लागि हामीले छलफल चलाइरहेका छौं ।’

World Link Ads
Mahakali Polytechnic
Sana Kishan

अध्यक्ष नेपालले कसैले चाहना राख्दैमा सत्तारुढ गठबन्धन नटुट्ने पनि बताए । ‘कसैले चाहना राखेका होलान्, गठबन्धन तोडौं भनेका होलान्, गठबन्धन तोड्नुस् साथ दिन्छौं पनि भनेका होलान् । सबै खालका कोशिस भइरहेको होलान् । तर उनीहरुको गलत मनसाय सफल हुनेवाला छैन’ उनले भने । ।

Dirghayu Ads

सत्तारुढ गठबन्धनका कारण दक्षिणपन्थी शक्तिहरुमा त्रास पैदा भएको भन्दै नेता नेपालले राष्ट्रिय सभा निर्वाचनबाट सुरु भएको चुनावी गठबन्धन प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा पनि जारी रहने बताए । अनलाइनखबर बाट सभार

 

Purnagiri Ads
Indreni
सम्वन्धित समाचार
New digital House
जवाफ छाड्नुस्

Your email address will not be published.